बैंक / सेयर

सिटिजन्स बैंक हुम्लाको सर्केगाडमा

sarkegad
काठमाडौं, १२ कात्तिक-  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ । यही कार्तिक ०९गते यस बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । उक्त समारोहमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु साथै नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभावहरुलाई देशैभरी फैलिएका यस बैंकको ६४ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्निउपलब्ध गराउँदै आएको छ ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा सहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्यगर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले झापाको हल्दिबारी, महोतरीको औरही, र दांङको बंगलाचुलीमाथपशाखा संचालनगर्ने योजना अगाडी सारेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी दिए । कात्तिक १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस