साहित्य

किताब लेखेर तनावमा परे नुवाजुद्दीन, महिला आयोगमा दर्ता भयो उजुरी


मुम्बई – बितेका केही दिनदेखि नुवाजुद्दीन सिद्दीकी आफ्नो आत्मकथा ‘एन अर्डनरी लाइफ’ लाई लिएर चर्चामा छन् । उक्त आत्मकथामार्फत उनका फ्यानलाई सिद्दीकीका बारेमा जान्ने मौका मिलेको छ । तर उनलाई यतिबेला तनाव पनि झेल्न परिरहेको छ । उनको विपक्षमा राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ ।

कारण के भने, यस पुस्तकमा उनले आफ्नो जिन्दगीसँग् जोडिएका केही किस्सालाई पेश गरेका छन् । तिनै किस्साले उनलाई विवादमा तानेको हो । उनको किताबको केही हिस्सा, केही दिन पहिले वेबसाइटमा प्रकाशन भएको थियो । त्यो हिस्सा (आलेख) मा उनका केही प्रेमका किस्सा पनि थिए । उक्त आलेखमा को–स्टार निहारिका सिंहको नाम पनि थियो । तर निहारिकाले ती सबै कुरालाई झूटो भनेकी छिन् । अब यही कुरा राष्ट्रिय महिला आयोगमा समेत पुगेको छ ।

नवाजले लेखेका छन् – निहारिका पहिलो मसँग धेरै नै फ्रेन्डली थिइन् । तर उनले अचानक मसँग दूरी बढाइन् । एक दिनमा निहारिकाका साथ डान्स सिक्वेन्सको शूटिङ गरिरहेको थिएँ । त्यतिबेला उनी मसँग धेरै टाढा बन्न खोजिन् । उनी चुप नै थिइन् । मैले कतिपटक त के भयो भनेर पनि सोधें, एक दिन मैले उनलाई आफ्नो घरमा खाना खान निम्ता दिएँ । उनी घर आइन् र खानाको तारिफ पनि गरिन्...

मिडियाका अनुसार दिल्लीका वकिल गौतम गुलाटीले राष्ट्रिय महिला आयोगमा नवाजका विरुद्ध रिपोर्ट लेखाएका छन् । किताबमा लेखेका कुराले महिलाको जीवनमा असर पर्ने सक्ने उनले बताएका छन् । कात्तिक १४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस