संगीत

विष्णु माझीको नयाँ गीतः नरुने मन


काठमाडौं, १९ कार्तिक – लोक गायिका विष्णु माझी र अमृत बाबु रोकायाको स्वरमा लोक दोहोरी गीत ‘नरुने मन’ सार्वजनिक भएको छ ।

प्रेम र वियोगका भावना समेटिएको गीतमा दान मल्लका शब्द रहेका छन् भने प्रकाश विष्टले गीतमा संगीत भरेका छन् । गीतको भिडियोमा विमल अधिकारी र अञ्जली अधिकारीले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका छन् भने कपिल लामाले निर्देशन गरेका छन् ।
कात्तिक १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस