बैंक / सेयर

सिटिजन्स बैंक इन्टरनेसनलको ६६ औं शाखा महोत्तरीको औरहीमा

काठमाडौं, २१ कात्तिक— संघीयतालाई दह्रो बनाउन र स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ क्षेत्रहरु, ७६६ वटै स्थानीय तहमा पुग्नुपर्ने नियमन निकाय र सरकारको चाहना अनुसार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६६ औं शाखा महोत्तरीको औरहीमा संचालनमा ल्याएको छ । 
मंगलबार  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ी बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । 
उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले   प्रसाद सिंह उच्च माध्यमिक विद्यालय लाई २ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको गर्यो । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  बोधराज देवकोटा र औरही नगरपालीकाका मेयर सुनिल यादवले संयुक्त रूपमा गरेका हुन् । 
शाखाका इन्चार्ज  सन्दिप अधिकारीेले सो क्षेत्रमा कृषि कर्जा , पशु पालन, तथा अन्य व्यवसायिक क्षेत्रमा प्रशस्त लगानी गर्ने बैंकको उद्देश्य रहेको जानकारी दिए । 
मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता  गणेश राज पोखरेलले जानकारी दिए । 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर हाल ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको जनाएको छ । 
 

कात्तिक २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस