सिनेमा

चलचित्र ‘पद्मावती’ को विवादः सडकमा उत्रिए प्रदर्शनकारी

मुम्बई – चलचित्र पद्मावतीलाई लिएर भारतमा विवाद बढिरहेको छ । महाराष्ट्र, राजस्थान र गुजरातमा फिल्मको ट्रेलरलाई लिएर प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले भन्दै आइरहेका छन् कि, महारानी पद्यिनीको भूमिकालाई ऐतिहासिक भूमिकाभन्दा फरक तरिकाले प्रस्तुत गर्न खोजिएको छ । तोडमोड गरेर गरेर देखाइएको भूमिकालाई आफूहरुले स्वीकार नगर्ने पनि बताएका छन् ।


यिनै विरोध प्रदर्शनका बीच राजपूतकरणी सेनाका प्रधान संरक्षक लोकेन्द्र सिंह कालवीले फेरि पनि आपत्ति जनाएका छन् । गुजरातको राजपूत समाज मैदानमा रानी पद्यिनीको सम्मानमा एक सम्मलेनको आयोजना पनि गरिएको थियो । श्री राजपूत क्षेत्रीय स्वाभिमान सम्मलेनमा लोकेन्द्र सिंहले भनेका थिए, ‘यो फिल्म होइन, इतिहास हो, फिल्मका नाममा तपाईले जे पनि गर्ने छुट छैन ।’


 

कात्तिक २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस