सम–सामयिक

पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी

अपडेट : राती अबेरसम्म पनि  पाटन औद्योगिक क्षेत्रको  आगलागी नियन्त्रणमा आउन सकेन

काठमाडौं, २८ कात्तिक— ललितपुरको पाटन  औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । 
औद्योगिक क्षेत्रभित्र रहेको प्लास्टिक उद्योगमा आगलागी नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।  मंगलबार साँझ ६ बजेतिर सुरु भएको आगलागी  यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन सकेको छैन । 
आगलागी  प्रहरी, बारुणयन्त्र, स्थानीयलगायत मिलेर नियन्त्रणको प्रयास भइरहेको छ । 
आगलागीको कारण खुल्न बाँकी रहेको छ । केहि दिनअघिमात्रै त्रिपुरेश्वरस्थित एक मोटरसाइकल वर्कशपमा आगलागी  हुँदा एक जनाको मृत्यु भएको थियो । 
 

कात्तिक २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस