काठमाडौं, १० साउन– तस्वीरमा देखिएका व्यक्ति हुन्, झापाको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएका जयनारायण राजवंशी । हेर्दा जति सामान्य लाग्छन्, उनको धन्दा भने त्यति नै असमान्य छ । उनका कारण यतिवेला ७ जना नेपाली ‘घर न घाट’का भएका छन् ।
यिनले माल्दिभ्स पठाइदिन्छु भन्दै ७ जना नेपालीबाट २ लाख १० हजार देखि २ लाख ७० हजारसम्मका दरले करिव २० लाख रुपैयाँ उठाए । र फरार भए । त्यस क्रममा यिनका महत्वपूर्ण साझेदार रहे भोजपुरको भोजपुर नगरपालिका–४ का ज्ञान बहादुर बिष्ट ।
यिनिहरुको सञ्जाल यति ठूलो छ कि सामान्य व्यक्तिले सहजै अनुमान लगाउन सकिने अवस्था छैन । पूर्वको झापादेखि सुदूरपश्चिमको डडेल्धुरासम्मका व्यक्तिलाई यिनिहरुले फसाएका छन् ।
घटनाको सुरुवात व्यक्तिअनुसार फरक–फरक तरिका र ठाउँमा हुन्छ । तर जब दाङको तुलसीपुर नगरपालिका–४ स्थायी घर भएकी निलम केसी यसमा मिसिन पुग्छिन्, तब घटनाले अर्कै रुप धारण गर्छ ।
निलम काठमाडौंको धापासीमा रहेको एसओएस म्यानपावरमा बजार प्रतिनिधिका रुपमा काम गर्थिन् । र यी ७ जना उनकै सम्पर्कमा आए । निलमले नै ७ जनाको पासपोर्ट लिन्छिन् । पहिलोपल्ट खाडी मुलुकमा जाने भनेर ७ जनाले निलमलाई पासपोर्ट बुझाउँछन् ।
तर त्यसपछि बिचमा आउँछन्, जयनारायण राजवंशी र ज्ञान बहादुर बिष्ट । उनीहरुले माल्दिभ्सको राजधानी मालेमा माछा प्याकिङ गर्ने काममा कामदारको माग आएकोे भन्दै निलमसँग मान्छे खोजिदिन भने । ज्ञान बहादुर बिष्टसँग निलमको राम्रै चिनजान भएको बताइन्छ । जो काठमाडौंको सिनामंगलस्थित होराइजन म्यानपावरमा काम गर्दथे ।
निलमले आफूसँग कामको खोजीमा रहेका ७ जना व्यक्ति भएको वताइन् । र उनीहरुको पासपोर्ट पनि देखाइन् । पोसपोर्ट निलमलाई बुझाएर गएका सातै जनालाई काठमाडौं बोलाइयो । उनीहरु २०७३ फागुन १३ गते काठमाडौं पुगे । र, निलमले नै उनीहरुलाई काठमाडौंको गोंगवुस्थित नेपालगन्ज गेस्ट हाउमा बस्ने व्यवस्था मिलाइन् ।
एक हप्तामै उड्ने भनेर बोलाइएका उनीहरुलाई १२ वैशाख २०७४ सम्म काठमाडौंमै राखियो । त्यसबीचमा खाडीमा भन्दा माल्दिभ्समा राम्रो काम भएको र आम्दानी पनि राम्रो हुने भन्दै जयनारायण र ज्ञान बहादुरले ७ जनालाई अनेकन प्रलोभन दिए र उनीहरुलाई माल्दिभ्स जान राजी गरियो । जसबापत व्यक्तिपिच्छे २ लाख १० हजारदेखि २ लाख ७० हजार रुपैयाँ टिकट लाग्ने भन्दै असुल पनि गरियो ।
तर उनीहरुले माल्दिभ्स उड्नका लागि नेपालको विमानस्थल नभइ भारतको चेन्नेईस्थित विमानस्थलसम्म जानुपर्ने भने ।
१३ वैशाख २०७४ मा सातै जनालाई काठमाडौंबाट बसमा नेपाल–भारत सीमा झापाको काँकडभिट्टा पुर्याइयो । त्यहाँबाट रिक्सामा चढेर नाका काट्न भनियो । त्यसपछि उनीहरु ११ दिन भारतको सीलगुढीमा बसे । सीलगुढी पछि उनीहरुलाई भारतको केरेला पुर्याइयो ।
भारतको केरेला र चेन्नेईमा गरी उनीहरुलाई ६० दिन त्यहाँ राखियो । त्यसबीचमा केही नक्कली कागजात पनि बनाइयो । जसमा नक्कली हवाइ टिकटदेखि माल्दिभ्सको इमिग्रेसन डिपार्टमेन्टले रोजगारका लागि अनुमति दिएको नक्कली प्रमाणपत्रसम्म पनि उनीहरुलाई देखाइयो ।
जयनारायण र ज्ञान बहादुरका दलाल नेपालमा मात्र हैन भारतमा पनि थिए । जसमध्येका एक नेपालकै गोपाल नेपाली हुन् भने अर्का भारतीय नागरिक सकिल अली ।
गोपालले भारतमा बसेर नक्कली कागजात बनाउनेदेखि अन्य काम गर्थे भने सकिलले स्थानीय स्तरमा आवश्यक अन्य व्यवस्था मिलाउँथे ।
भारतमै मार्न खोजियो
नेपालबाट भारतको चेन्नेई पुगेर उनीहरुलाई चेन्नेइको विमानस्थलबाट २०१७ मे २९ तारिखमा उडाउने भनिएको थियो । तर त्यो दिन सेटिङ नमिलेको भन्दै उनीहरुलाई पुनः केरेला बोलाइयो । केरेलाको एक गेस्ट हाउमा बसेको बेला ७ जनामाथि नै आक्रमण भयो । विभिन्न घरेलु हतियार लिएर आएका व्यक्तिले उनीहरुमाथि आक्रमण गर्न थाले ।
आक्रमण गर्ने व्यक्तिको उनीहरुले अनुहार देख्न सकेनन् । किनकी आक्रमणकारीले मुख छोपेका थिए । ‘त्यहाँबाट बल्लतल्ल बचेर त आइयो । तर अब घर कसरी जाने ?’ काठमाडौंमा भेटिएका डडेल्धुराका एक पीडितले लोकान्तरसँगको कुराकानीमा भने, ‘विभिन्न व्यक्तिबाट ऋण मागेर २ लाख १० हजार बुझाएको थिएँ । सबै डुब्ने भयो ।’
निलम केसी भन्छिन्, ‘म पनि पीडित हो’
घटनाकी मूख्य पात्र निलम केसी दुईजना व्यक्ति जयनारायण राजवंशी र ज्ञान बहादुर बिष्टबाट आफूपनि पीडित भएको बताउँछिन् ।
‘उनीहरुले मेरो पनि ३ लाख ५० हजार रुपैयाँ लगेको छन्,’ लोकान्तरसँगको कुराकानीमा निलमले भनिन्, ‘मैले उहाँ भाइहरु (पीडित ७ जना)लाई फसाएको हैन । मैले त कामका लागि कुरा मात्रै गरेकी हुँ । त्यसमा मेरो कुनै गल्ती छैन ।’
उनीहरु (जयनारायण र ज्ञानेन्द्र)सँग चिनाउन आफूले भूमिका खेलेपनि त्यसपछिको प्रक्रियामा भने आफ्नो कुनै संलग्नता नरहेको निलमको दावी छ । ‘उनीहरु कस्तो काममा जान लागेका हुन्, त्यसपछि के कुरा भयो मलाई केही थाहा छैन,’ निलमले भनिन्, ‘अहिले हामी सबै (पीडित ७ जना) सहित मिलेर वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेका छौं ।’
‘एमालेका कार्यकर्ता हौं, कारबाही गर्ने कसको हिम्मत’
पीडक राजवंशी र बिस्टले आफूहरु नेकपा एमालेको कार्यकर्ता भएको भन्दै पीडितलाई धम्की दिने गरेका छन् । हाल भारतको नयाँ दिल्लीमा रहेका उनीहरुले फेसबुक र फरक फरक नम्बरबाट फोन गरेर मुद्दा दर्ता नगर्न भन्दै आफूलाई धम्क्याउने गरेको पीडितले बताए ।
‘जयनारायण राजवंशीसँग फेसबुकमा कुरा भइरहन्छ । मुद्दा दिए जे पनि हुन सक्छ । चुप लागेर बस भनेर धम्की दिन्छन्,’ लोकान्तरसँगको कुराकानीमा एक पीडितले भने, ‘जे गरेपनि गर्ला भनेर विभागमा मुद्दा दर्ता गरेका छौं ।’
आफू एमालेको कार्यकर्ता भएकाले आफूविरुद्ध मुद्दा दर्ता हुँदैमा कसैले केही गर्न नसक्ने भन्दै उनीहरुले धम्की दिने गरेको अर्का पीडितको भनाइ छ । ‘एमालेका विभिन्न नेताको नाम बताउँदै, उनीहरुसँग बसेका फोटो देखाउँदै कसैले केही गर्न नसक्ने भन्दै धम्की दिने गर्छन्,’ ति पीडितले भने, ‘मिडियामा समाचार आए एमालेका कार्यकर्ता लाएर कुटाउने धम्की पनि दिएका छन् ।’
वैदेशिक रोजगार विभागको असहयोग
ज्यान बचाएर नेपाल फर्किएका पीडितको पक्षमा काम गर्नु पर्नेमा सरकारी निकाय वैदेशिक रोजगार विभाग नै उनीहरुका लागि असहयोगी बनेको छ ।
जयनारायण र ज्ञानेन्द्रविरुद्ध उजुरी दर्ता गर्न जाँदा वैदेशिक रोजगार विभागका कर्मचारीले असहयोग गरेको पीडितले बताए ।
‘हामीले उजुरी दर्ता गर्न खोज्दा प्रक्रिया पुगेन, पीडितका अभिभावक पनि आउनु पर्यो भनियो,’ लोकान्तरसँगको कुराकानीमा एक पीडितले भने, ‘मुद्दा शाखामा काम गर्ने पूर्णबहादुर थापाले त उजुरी नै दर्ता गर्न मान्नुभएको थिएन । पछि १२ नम्बर कोठामा तोक लगाएर ५६६ दर्ता नम्बर रहने गरी मुद्दा दर्ता गरेका छौं । तर कर्मचारीको व्यवहार हेर्दा उनीहरुले मुद्दाको प्रक्रिया अगाडि बढाउलान् जस्तो छैन ।’
पूर्णबहादुर थापा महान्यायाधीवक्ताको कार्यालयबाट विभागमा खटाइएका शाखा अधिकृत हुन् । उनले मुद्दा दर्ता गर्न खोज्दा पीडितका आफन्त पनि उपस्थित हुनुपर्ने भन्दै मुद्दाको फाइल बुझ्न नमानेको पीडितले बताए ।
जबकि वैदेशिक रोजगार ऐनको धारा (६१)मा वैदेशिक रोजगार ऐन विपरितको अपराध गरेको भन्ने उजुरी परे अथवा अनौपचारिक जानकारी आएमा पनि त्यसउपर छानविन गरिने व्यवस्था गरेको छ ।
वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारी जस्तोसुकै अवस्था आएपनि उजुरी दर्ता गरिने बताउँछन् । ‘मौखिक उजुरीका आधारमा पनि छानविन गर्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘मुद्दा नै दर्ता गर्न खोज्दा दर्ता गर्न नमान्ने भन्ने हुँदैन ।’
अरु पनि छन् पीडित
जयनारायण र ज्ञानेन्द्रबाट ठगिएका अन्य धेरै पीडित छन् । जयनारायणले झापाका आफ्नै गाउँलेबाट समेत विदेश पठाइदिने भनेर लाखौं रुपैयाँ उठाएको बुझिएको छ । तर उनीहरुले पैसा दिएको सबै प्रमाण नस्ट गर्न लगाएर आफूहरुले उजुरी गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।
‘आफन्तलाई धम्क्याएर पैसा तिरेका सबै भौचर र कागज नस्ट गर्न लगाइयो,’ झापाका एक पीडितले भने, ‘जयनारायणले घरमै पुगेर सबै प्रमाण नस्ट गर्न लगाएको रहेछ ।’
जयनारायण वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति भएको बुझिएको छ । ज्ञान बहादुर भने विभिन्न म्यानपावरको एजेन्ट बनेर वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठग्ने कार्यमा संलग्न रहेको पाइएको छ ।
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...