×

NMB BANK
NIC ASIA

जनकपुर अस्पताल भित्र ‘दाँत फुक्लिएको’ डेन्टल विभाग [लोकान्तर खोज-४]

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
जनकपुरधाम, ११ साउन — एक महिना अघि २५ बर्षिय आशिष साह दाँतको उपचार गराउन जनकपुर अञ्जल अस्पताल पुगे । ओपिडीका डाक्टर अजय साहले केही औषधी लेखिदिए ।

पछिल्ला पाँचौ र छैठौं दाँतलाई चाहिँ आरसिटी गर्नुपर्ने उनले बताए । तर पछिल्ला दाँतको आरसीटी अञ्चल अस्पतालमा नहुने भएकोले बाँकी उपचार निजी क्लिनिकमै गर्न सुझाए ।

विरामी साहले १२ हजार खर्च गरेर नजिकैको निजी क्लिनिकमा उपचार गराए । ‘सरकार अस्पताल भए दुई तीन हजारमै उपचार हुन्थ्यो,’ साह भन्छन्, ‘तर अञ्चल अस्पताल आफैं दाँत फुक्लिएको अवस्थामा छ ।’

साह मात्रै होइन अञ्चल अस्पतालमा दाँतको समस्या लिएर जाने जो कोहीले पनि यस्तै समस्या ब्होरेका छन् । अञ्चल अस्पतालका डाक्टरहरुले सुरुमा जति ठूलो समस्या भएपनि केही औषधी लेख्छन् । अर्को पटक पनि विरामी आएमा एक्सरे गर्छन् । दाँतको आरसीटी गर्नुपर्ने देखिएमा चाहिँ बाहिर जान सुझाउँछन् ।

एउटा दाँत उखेल्नु परेमा एक हप्ता भन्दा बढी समय अस्पतालले लगाइदिन्छन् । अस्पतालको ढिलासुस्तीका कारणले पनि विरामीहरू बाहिर जान बाध्य छन् ।

अञ्चल अस्पतालका डाक्टरहरुले मौका मिलेमा विरामीलाई ‘यहाँ उपचार हुँदैन मेरो क्लिनीकमा आउनू’ सम्म भन्ने विरामीहरु बताउँछन् । अञ्चल अस्पतालमा उपचार नगर्ने डाक्टरले निजी क्लिनका चाहिँ विरामीको उपचार गर्छन् ।

जनकपुर अञ्चल अस्पतालको डेन्टल डिपार्टमेन्टमा पाँच जना चिकित्सकहरु कार्यरत छन् । डेन्टल सर्जनको रुपमा १८/२० बर्ष देखि कार्यरत सबैभन्दा पुराना चिकित्सक डा. शशिकुमार ठाकुर, अस्पताल विकास समितिको तर्फबाट ज्यालादारीमा डेन्टल सर्जन डा.कुन्दन मिश्रा, भोलन्टियरको रुपमा डेन्टल सर्जन डा.अजय कुमार साह कार्यरत छन् ।

डा.निमु यादव अनधिकृत रुपमा कार्यरत छन् । स्वास्थ्य मन्त्रालयबाट ३ बर्ष अघि करारमा नियूक्त भएका डा. यादवको करार गत पुष २०७३ मा सकियो ।

तत्कालिन मेडिकल सुप्रिटेन्डेन्ट डा.गौराङ्ग मिश्रको कार्यकालमा उनको करार अवधि मन्त्रालयले थप गरेन । भोलन्टियरको रुपमा पनि उनलाई राखिएन ।

तर, अहिले अस्पतालका बहालबाला मेसु डा.रामपरिक्षण यादवले उनलाई विना कुनै नियूक्तिको कागजात अनधिकृत रुपमा खटाएका छन् । विभाग प्रमुख डा. शशि ठाकुर भन्छन्, ‘मेसु डाक्टर यादवले डाक्टर निमु यादवलाई काम गराउ भनेर मौखिक आदेश दिएकोले काम गराएको हो । निर्वाचन आचार संहिता लागु रहेका कारण नियूक्ति पत्र दिइएको छैन ।’

नवौं तहमा कार्यरत डा. निशा महतोलाई मन्त्रालयले करारमा नियूक्त गरेको थियो । यस अघिको मेसु मिश्रले बरिष्ठताको आधारमा उनलाई विभाग प्रमुखको रुपमा जिम्मेवारी प्रदान गरेका थियो । तर, ५ अषाढ देखि मेसु यादवले उनलाई उक्त जिम्मेवारीबाट मुक्त गरी कनिष्ठ डा.शशि ठाकुरलाई विभाग प्रमुखको जिम्मेवारी प्रदान गरे ।

अञ्चल अस्पतालमा दन्त परीक्षण, दाँत निकाल्ने, दाँत अस्थायी र स्थायी रुपमा भर्ने, दाँत सफा गर्ने, अगाडीको दाँतमा आरसिटी (दाँत जरैदेखि भर्ने) काम भइरहेको छ ।

तर, पछाडीको दाँतमा आरसिटी सेवा उपलब्ध गराइएको छैन । अस्पतालमा अधिकांश विरामीहरु पछाडीको दाँतमा आरसिटी गराउन आउँछन् । जबकी उक्त सेवा दिनका लागि त्यहाँ कार्यरत डा.निशा महतो विशेषज्ञ नै हुन ।
तर त्यो सेवा सुरु भएको छैन । जबकी उक्त काम त्यहाँ कार्यरत चिकित्सकहरुले बाहिर आफ्नो निजी क्लिनिक र अस्पतालमा गरिरहेका छन् ।

आरसिटी सम्मको काम विडिएस गरेका चिकित्सकले गर्नुपर्ने काम हो । तर, गर्नुपर्ने काम नगरी दाँतको एक्सरे गर्ने काम चिकित्सकले अञ्चल अस्पतालमा गरिरहेका छन् ।

डा.कुन्दन मिश्राले त्यो काम गरिरहेका छन् । जबकी उक्त काम एक्सरे टेक्निसियनले गर्नुपर्ने हो । मेजर सर्जरीका लागि नवौ तहका चिकित्सक त्यहाँ छैन ।

जनकपुर अञ्चल अस्पतालमा पान पराग तथा सुर्ती जन्य पदार्थहरु निषेध गरिएको छ । त्यस्तो गरेको पाइएमा ५ सय ५१ रुपैयाँ जरिवाना समेत तोकिएको छ । तर, डेन्टल विभागको विभाग प्रमुख डा.शशि ठाकुर आफै पान पराग र गुटखा खाँदै विरामीहरुलाई उपचार गरिरहेको पाइन्छ ।

दाँतको उपचार गर्ने चिकित्सकले नै सुर्ती जन्य पदार्थ सेवन गरी उपचार गर्दा विरामीलाई अप्ठयारो समेत महसुस हुने गरेको भएपनि डा.ठाकुरलाई कुनै असर परेको छैन ।

उपकरणको रुपमा त्यहाँ एउटा मात्र डेन्टल चेयर छ । अर्को डेन्टल चेयर भाँचिएको छ । त्यसलाई मर्मत गराइएको छैन । जबकी एउटा निजी क्लिनिकमा समेत डाक्टरहरुले दुईवटा डेन्टल चेयर राख्ने गरेका हुन्छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x