×

NMB BANK
NIC ASIA

साझाको कार्यक्रममा भाँडभैलो, महाप्रबन्धकमाथि कर्मचारीले हात हाल्न मात्रै बाँकी राखे

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

Muktinath Bank

काठमाडौं, १६ साउन – आइतबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा रमिता भयो । साझा प्रकाशनमा अनियमिता भएको र भित्रै वेथिति बढेको आरोप बाहिर आएपछि साझा प्रकाशनका कर्मचारीले महाप्रबन्धकलाई विभिन्न आरोप लगाउँदै आएका र आफूले तलबसमेत नपाएको आरोप लगाएपछि साझा प्रकाशनले ‘पत्रकार सम्मेलन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम’ को आयोजना ग¥यो ।

उक्त कार्यक्रममा साझा प्रकाशनको तर्फबाट अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले विभिन्न सञ्चारमाध्यममा आएका गलत समाचारलाई खण्डन गर्ने र वास्तविकता बताउने कार्यक्रम थियो । तर कार्यक्रम उल्टो भयो ।

कार्यक्रम शुरु भएसँगै महाप्रबन्धकले आफूले गरेका कार्यक्रम र आयव्यय रिपोर्टका नमूना प्रस्तुत गरिरहँदा उपस्थित कर्मचारीले औंला ठड्याउँदै विभिन्न आरोपहरु लगाउन थाले । उक्त आरोपको खण्डन गर्दै डोलिन्द्र शर्माले पनि आफ्ना विचारहरु राखिरहेका थिए । तर, उनले धेरैजसो आरोपको स्पष्टीकरण नै दिन सकेनन् । बरु उनी आफूले दिनुपर्ने उत्तर तथा पत्रकारका प्रश्नलाई नै ‘आरोप प्रत्यारोप नगर्ने’ भन्दै तर्किए ।

कार्यक्रम शुरु भएसँगै महाप्रबन्धकले आफ्नो प्रेस विज्ञप्ति सुनाउँदै गर्दा नै उपस्थित कतिपय कर्मचारीले उनको विज्ञप्ति सुनेर आक्रोश व्यक्त गरिसकेका थिए । ‘साझा प्रकाशनको प्राङ्गणमा जिम्मेवारीसहित प्रवेश गर्दा कर्मचारी साथीहरुले फूल लिएर स्वागत त गरेका थिए तर उनीहरुको हातमा रहेका फूलहरु मात्र होइन, उनीहरुको मन नै ओइलाएको अवस्थामा मैले पाएको थिएँ ।’ डोलिन्द्रले आफ्नो प्रेस विज्ञप्ति पढेर सुनाउँदै थिए, ‘साझालाई मासेर निजी स्वार्थ सोझ्याउने र विगतका आफ्ना कर्तुत छोप्ने तथा साझा बचाउ अभियानलाई असफल बनाउने दुष्प्रयास पनि नभएका होइनन् तर हामीले कहिल्यै हरेश खाएनौं र खाने छैनौं ।’

आफ्नो स्पष्टीकरण दिँदै विज्ञप्ति पढिसक्दा भने साझा प्रकाशनका महाप्रबन्धकलाई केही पत्रकारले समेत प्रश्न तेस्र्याए । कार्यक्रममा सञ्चालक समितिका पूरै कर्मचारीको पनि उपस्थिति थिएन ।

पत्रकारका केही प्रश्नपछि पछाडि बसेर प्रेस विज्ञप्ति सुनिरहेकी साझा प्रकाशनकी पूर्वकर्मचारी तथा शेयर होल्डर तारा चालिसे सरासर अगाडि गइन् र महाप्रबन्धकलाई प्रश्न गर्न थालिन् । उनले महाप्रबन्धकलाई इंगित गर्दै ‘फूलबुट्टे विज्ञप्ति’ का कुनै पनि कुरामा आफू सहमति नभएको पनि जनाइन् ।


‘उहाँ साझा प्रकाशनमा आउँदा कसैले खुशीले र कसैले वाध्यताले फूलमाला लगाएका हुन् ।’ चालिसेले डोलिन्द्र शर्मालाई प्रश्न गरिन्, ‘साझामा तेल हाल्ने पैसा थिएन भने तेल हालेर किन गाडी चढनुपथ्र्यो?’ साथै उनले पूर्वमहाप्रबन्धक क्षेत्रप्रताप अधिकारीले ड्राइभर पनि नलिइकन हिड्ने तर डोलिन्द्रले भने लामो आउनासाथ गाडीको माग गरेकोमा पनि उनले विरोध जनाइन् । ‘वाह्य प्रकाशनमार्फत किताब प्रकाशन हुन्छ, त्यसको पनि कुनै हिसाब हुँदैन ।’ चालिसेले थपिन्, ‘कर्मचारी धेरै भयो भनेर सबै सेवा सुविधा दिएर कर्मचारी हटाउने निर्णय गरियो भने फेरि आसेपासेकालाई किन जागिर दिइयो?’

यी कुनै प्रश्नको पनि उत्तर दिएनन् डोलिन्द्रले । बरु उनले आफूले गरेका केही राम्रा काम र केही साहित्यकारले ‘साझा प्रकाशन’ बाट पुस्तक निकाल्ने मन गरेको समेत स्पष्ट पारे । ‘साझा प्रकाशनको बेथिति देखेर कतिपय साहित्यकारले यो प्रकाशनबाट पुस्तक प्रकाशन नगर्ने सोच बनाउनु भएको थियो तर मेरो कारणले उहाँहरु अहिले साझाबाट पुस्तक प्रकाशन गर्न चासो दिनुभएको छ ।’

उनले आफ्नो तारिफ आफै गर्दै भने, ‘कर्मचारी साथीहरुले मैले राम्रो गर्न खोज्दा पनि विरोध गरिरहनुभएको छ, मैले त बाहिरी जिल्लामा अठार महिनादेखि तलब खान नपाएका कर्मचारीलाई पनि तलबको व्यवस्था गरेको छु ।’
उनको कुरामा एक महिला कर्मचारीले सहमत पनि जनाइन् । साझाका एक शुभचिन्तकले भने अगाडि गएर साहित्यकारले साझा प्रकाशनबाट किताब निकाल्न खोज्नुको कारण महाप्रबन्धकको कारणले नभइ साझाको लोगोले भएको जनाउँदा उपस्थित कर्मचारीले परर ताली बजाएका थिए ।

महाप्रबन्धकले आफ्नो बचाउका रिपोर्ट सुनाउँदै गर्दा कर्मचारीले हल्ला गरेका थिए । ‘२०५४ सालदेखिका लेखाका बिल डोलिन्द्रले क्लियर गर्छ भने त्यसबाट तपाई आफै स्पष्ट हुनुहुन्छ कि, पहिले नै लेखाको हालत के थियो भन्ने?’ शर्माले थपे, ‘मैले त मिलाउन मात्र खोजेको हुँु, साझा प्रकाशनले काटेका चेक समेत बाउन्स हुन्थे, हाम्रो पालामा कुनै पनि चेक बाउन्स भएका छैनन् ।’ उनले पूर्वमहाप्रबन्धकलाई समेत आरोप लगाए र उक्त काम आफूले मिलाउँदै आएको पनि बताए । साझामा पहिले लेखा नै नभएको बताउँदै शर्माले थपे, ‘साझा प्रकाशनमा त लेखा नै छैन रैछ अडिट कसरी हुन्थ्यो?’ कार्यक्रममा साझाका कर्मचारीहरु महाप्रबन्धक माथि खनिए । कार्यक्रमभर महाप्रबन्धक माथि हावी भएका कर्मचारीले हात हाल्न मात्रै बाँकी राखेका थिए ।

शर्माले पहिलेदेखि नै कर्मचारीले हिसाब बिगारेको र मासिक रुपमा तिर्नुपर्ने कर सरकारलाई नतिर्दा करोडौं रकम तिर्नुपर्ने भएको बताउँदा कर्मचारीले रकम तिर्नुपर्ने कुरा उठाए । ‘सबैको नेपाली किताब केन्द्रीय कार्यालयबाट एउटा किताब पनि खुद्रा विक्रेताकोमा गएको छैन तर बजारमा कतैपनि किताबको अभाव छैन । उक्त किताब विश्वभाषाबाट मात्र २९०० प्रति विक्री भएको छ । यही किताब काठमाडौंका सबैजसो पुस्तकमा पाइन्छ, कसरी गयो?’ कर्मचारी समेत रहेका रामशरण केसीले आक्रोशका साथ यो प्रश्न उठाउँदा भने महाप्रबन्धक चुप बसे । उता कर्मचारीले भने पत्रकारमाझ दुई करोड भ्रष्टाचार गरेको आरोप लगाए ।

सबैको नेपाली, लिंक इङ्लिस र एक चिहान किताब साझा प्रकाशनबाट सधै अपुग हुन्थ्यो तर आजभोलि साझाबाट पुस्तक नछापिँदा पनि कसरी बजारमा यसको अभाव किन भएन भन्दै कर्मचारीले एकजुट भएर प्रश्न गरे । ‘पहिले सबै कर्मचारीसँग पारदर्शी हुन्थे । अहिले भने कर्मचारीलाई कुनै पनि कुरा थाहा हुँदैनन् ।’ हरिकृष्ण पोखरेलले आक्रोश पोख्दै भने ‘महाप्रबन्धकको काम सिधै बिल काट्ने हो? एक चिहान, सबैको नेपाली र लिंक इङ्लिस बेचेर नै हामीलाई तलब खान पुग्थ्यो । अहिले तिनै किताबको पनि कुनै हिसाब छैन ।’

सार्वजनिक सुनुवाई कार्यक्रममा कर्मचारीले डोलिन्द्र शर्मालाई ठाडै भ्रष्टाचार गरेको आरोपसमेत लगाए । साथै कार्यक्रममा शर्माले आफ्नै अफसेट प्रेस अल्पाइन अफसेट प्रेस र अक्सफोर्ड प्रेसका नाममा साझाका किताब प्रकाशन गरेर विक्री गरेको समेत आरोप लगाए ।

उता महाप्रबन्धकले भने आरोपको यहाँ खण्डन नगर्ने बरु कुनै कुरामा आफूलाई शंका भए कार्यालयमा आएर पनि जानकारी लिन सक्ने जानकारी जिकिर गरिरहेका थिए तर पत्रकार तथा कर्मचारीले सोधेका दर्जनौं प्रश्नसँग भने उनी तर्किए ।

विवाद लम्बिदै गएपछि साझा प्रकाशनको वास्तविकता बुझ्न शिक्षा मन्त्रालयबाट छानबिन समिति गठन भएको छ । साझा प्रकाशनले आफूलाई स्पष्ट पार्न गरेको पत्रकार सम्मेलनमा कर्मचारी तथा पत्रकारका प्रश्नका भने उत्तर आउन सकेनन् । केही प्रश्नको उत्तर आएपनि धेरैजसो प्रश्नको सम्बोधन गर्नमा भने महाप्रबन्धक तर्केका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x