×

NMB BANK
NIC ASIA

प्रसङ्गमा प्रधानमन्त्रीको भारत-भ्रमण : सन्तुलन खल्बलिने खतरा

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

संक्रमणकालमा रहेको नेपाल । संविधान जारी भैसकेपछि वैधानिकता सकिएको संविधान सभा । त्यस सभालाई रुपान्तरण गरिएको व्यवस्थापिका संसद् । अनि त्यस्तो संसद्का सदस्यहरूले ‘निर्वाचित’ गरेको प्रधानमन्त्री । सुशील कोइरालापछि त्यस पदमा आलोपालो गरी खड्ग ओली, पुष्पकमल दाहाल र अहिले शेरबहादुर देउवाले बहाल गरेको स्थिति छ ।

Sagarmatha Cement
Muktinath Bank

मुलुकमा शासन-प्रशासनको थिति मिल्न सकेको छैन । स्थानीय निर्वाचनपछि क्रियाशील हुनुपर्ने संयन्त्र कानूनको आधार नहुँदा निष्कृय अवस्थामा छ । माथि नै भनियो, ऐन-कानून तर्जुमा गराउने निकाय नै वैधानिकता गुमाएको हैसियतमा छ; त्यसैले झिनो, कागजी वैधताको टेकोमा उभिएको संसद्‌ले कसरी बेथितिको अन्त्य गर्ला र ? हरेक कार्य अन्तरीम अर्थात् काम-चलाउको शैलीमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पृष्ठभूमि यस्तो छ, तर संक्रमणकालीन प्रधानमन्त्री भने भारत-भ्रमणमा जाने तयारीमा रहेको बुझिन्छ । भाद्रको दोस्रो साता दिल्लीको यात्रामा जाने विषय चर्चामा आएको छ । सामान्य समयमा नेपालका प्रधानमन्त्री उता जानु र उनका भारतीय समकक्षी नेपाल आउनु नियमित कूटनीतिक अभ्यास हुन्छन् ; सीमा जोडिएका मुलुकबीचका सम्पर्क र संवाद निरन्तर रहनु पनि पर्छ । यसमा शङ्का वा द्विविधा छैन । तर समय, सन्दर्भ र आवश्यकताको आफ्नो महत्व हुन्छ । त्यसमा विवेक विचार नपु-याए भ्रमण फलदायी नहुन सक्छ ; उल्टो प्रत्त्युत्पादक हुन बेर लाग्दैन ।


Advertisment
Nabil box
Kumari


देउवाको प्रस्तावित भनिएको दिल्लीको औपचारिक भ्रमण मूलत: दुइटा कारणले समयोचित देखिँदैन : (१) भारत र चीनबीच चर्को तनाउ छ र लडाञी हुने खतरा विद्यमान छ । यस्तो बखतमा देउवाको यात्रालाई चीनले अमैत्रीपूर्ण मान्न सक्दछ ; शत्रुपक्षसित निकट हुन गएको ठान्न सक्दछ ; (२) अस्थिर राजनीतिका कारण कमजोर धरातलमा उभिएको नेपालका प्रधानमन्त्रीसित संवेदनशील र दूरगामी असर पर्ने विषयहरूमा सन्धि, सम्झौता गराउने दिल्लीका शासकहरूको सोच हुनसक्छ । विगतमा पटक-पटक यस्तो तीतो अनुभव भएको हुनाले जनस्तरमा यस्तो आशङ्का रहेको हो ।

Vianet communication
Laxmi Bank


नेपालको राजनीतिक भूगोलले यस मुलुकलाई उत्तर र दक्षिण दुबैतिरका छिमेकीसँग सन्तुलित सम्बन्ध राख्न निर्देश गर्दछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले दुबैतर्फ ‘ घा ‘ राख्नू (गर्नू) भनी दिव्य-उपदेशमा दिएको सन्देशको मर्म पनि सके यही हो । राष्ट्रिय हितलाई सर्वोपरि राखेर मात्र अघि बढ्ने प्रतिबध्दता भएका नेताले देश-काल-परिस्थिति अनुकूलका काम मात्र गर्छन् । त्यसैले देउवाले यस्तो जन-अपेक्षाको सम्मान गर्ने कुरामा हामी ढुक्क भएका हौं । विज्ञेषु किमधिकम् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x