×

NMB BANK
NIC ASIA

तीजको गीतमा प्रतिस्पर्धा : उत्ताउला गीत, हेर्न नसकिने भिडियो

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २२ साउन– कुनै समय तीजका गीतलाई बेदनाको पर्वको समेत रुपमा लिइन्थ्यो । सासूले बुहारीलाई गरेको दमन तथा चेलीले आफ्नो जन्मघर जान नपाएका वेदना गीतमा प्रस्तुत गरिन्थ्यो । अहिले भने समय ठ्याक्कै उल्टो भएको छ । गीतले पीडालाई भन्दा पनि मनोरञ्जनलाई तीजका गीत जोड्दै आएको छ ।

अझ अर्को पक्ष त के छ भने मनोरञ्जनका नाममा गीतमा भव्य विकृति हुँदै गएको लोक कलाकर्मी बताउँछन् । ‘राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल’ का सचिव समेत रहेका शंकर विसीले निर्देशन गरेको तीजको गीत नै उत्ताउलो छ । जब कि, प्रतिष्ठानमा आवद्ध कलाकारले यस्ता गीतलाई प्रश्रय नदिने भनेरसहमति जनाएका छन् ।

तर प्रतिष्ठानको कार्यसमितिले समेत यस्ता खालका गीत बजारमा ल्याउने चलनमा कमी भएको छैन ।
त्यसो त यस्ता खालका गीतले युट्युबमा राम्रै भिअर्स पनि पाएका हुन्छन् । त्यही भिअर्सको लोभमा पनि यस्ता गीतले मौलाउने मौका पाएको धेरैको बुझाइ छ ।

गोपाल नेपाल र चर्चित गायिका पूर्णकला बिसीले स्वर दिएको शंकर चालिसेको गीत ‘कट्टुमा बुट्टा’ बोलको गीतमा अंगप्रदर्शनलाई फोकस गरिएको छ । अपलोडरले आफ्नो बचाउका लागि कमेन्टस् समेत डिसेबल गरेका छन् ।

गीतमा मात्र विकृति होइन । यस्ता गीतमा चर्चित कलकारले समेत अभिनय गरेका छन् । ‘कान्छी कहाँ सुत्न जाऊ’ बोलको गीतमा चर्चित हास्य कलाकार शिवहरि पौडेल, निरु खड्कासमेतले अभिनय गरेका छन् । भलै गीतको भिडियोमा भने त्यति भल्गर शब्दको प्रयोग गरिएको छ ।

गायिका ज्योति मगरले लोकान्तरसँग भनिन्, ‘तीजका गीत बिगारेको हामीले होइन, पुरुषले हो, हामीले भन्दा पहिले नै उहाँहरुले तीजको गीत गाएर विकृति ल्याइसक्नुभएको छ ।’

तर, उनले अभिनय गीतमा शब्द चयन र भिडियो दुवै उत्तेजक हुन्छन् । कुनै नयाँ गायकले गाउनुप¥यो भने पनि ज्योतिले यस्ता गीत गाउन सम्झन्छन् । यही वर्ष बजारमा आएको ‘केरा काटेर’ बोलको गीत एक्लै बसेर हेर्नुपर्ने खालको छ । तीजका गीतमा देखिएको यस्तो विकृतिलाई कुनै पनि संस्थाले औंला ठड्याउन खोजेको देखिँदैन । लोकगीतको जर्गेनामा लागेका संस्थाले समेत यस विषयमा आवाज उठाएको पाइँदैन ।
गीतको भिडियोमा आएका प्रतिक्रियामा दर्शकले अपाच्य गाली त गर्छन् तर यस्ता खालका गीत हेर्न पनि छोड्दैनन् । यसको कारण बदलिँदो समाज नै हो ।

युट्युबभरी यस्ता गीत छाएका त छन् नै यस्तै विकृतिलाई उठाएका गीत पनि तीजका भाका बनेका छन् । त्यसैको उदाहरणका रुपमा लिन सकिन्छ ‘छोरो गयो साउदीको खाडीमा’ बोलको गीतलाई ।

गौरव गिरीको शब्द र संगीत रहेको गीतमा यस्तै विकृतिलाई उठाउन खोजेको छ । गीतमा गौरव गिरी, समुन्द्र गिरी, कुमारी चेपाङ, गिताञ्जली, विनिता गुरुङ, प्रशन्ना पाठक लगायतका कलाकारले स्वर दिएका छन् ।कतिपयले भने विकृतिको व्यङ्ग्यका नाममा यस्तै गीत बजारमा ल्याएका छन् । ‘चाइनिज लुगा’ बोलको गीतमा यस्तै प्रयोग देख्न सकिन्छ । व्यङ्ग्यका नाममा अंगप्रदर्शन गरिएका यस्ता गीतमा दर्शकले गाली अपाच्य नै हुन्छन् । गीतका शब्द राम्रा हुने तर भिडियोलाई एक्लै लुकेर हेर्नुपर्ने गीत निर्माणको क्रम ह्वात्तै बढेको छ ।

यस्ता खालका गीतले बजार तताउनुको कारण भने सबैको बुझाइमा एउटै छैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिव समेत रहेका शंकर बिसीले यस्ता अश्लीलता झल्कने भिडियोको निर्देशन गरेका छन् तर उनको प्रतिक्रिया छ, ‘तीजका गीतमा विकृति आउनु बिल्कुलै राम्रो होइन, यस्ता कुराको विरोध गरिनुपर्छ ।’

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x