×

NMB BANK
NIC ASIA

‘कभर गीत’ को चलन, एउटा गीतमा एक लाख खर्च

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ असोज– नेपाल आइडलको टप नौबाट बाहिरिएकी सन्ध्या जोशी आइडलमा भाग लिनुभन्दा पहिले युट्युबमा आफ्ना कभर गीत अपलोड गर्ने गर्थिन् । तिनै गीतले उनलाई सानोतिनो परिचय दिइसकेका थियो । कभर गीत हुँदै नेपाल आइडल पुगेकी सन्ध्या अहिले संगीतमा सेलिब्रेटी बनेकी छिन् । पब्लिक हेल्थकी विद्यार्थी सन्ध्याका लागि गीत संगीत जीवनको एउटा अध्याय बनिसकेको छ ।

डिजिटल युगले क्यासेट तथा सिडीको उत्पादनलाई ओझेलमा पारिदिए पनि आफ्नो रुचिलाई मार्न नचाहने धेरैका लागि कभर गीत राम्रो मञ्च बनेको छ आजभोलि । स्टुडियोमा क्यासेट तथा सिडी रेकर्ड गराउने समयमा आफ्नो गायनलाई सहजै प्रस्तुत गर्न पाउने अवस्था सबैलाई जुर्दैनथ्यो । संगीत क्षेत्रमै साधना गरिरहेका र पहुँचमा भएका सीमित कलाकार बाहेक अरुलाई गायन ‘सपना’ मात्र हुन्थ्यो । तर आजभोलि नेपाली सांगीतिक क्षेत्रमा ओर्जिनल गीतजत्तिकै कभर गीत सार्वजनिक हुन थालेका छन् युट्युबमार्फत ।

प्रविधिको विकास सँगसँगै गीत रेकर्डिङ सुविधा पनि प्रायको पहुँचमा पुगेको छ ।

रहर पूरा गर्न मात्र होइन, कभर गीत गाएर धेरै कलाकारले संगीत क्षेत्रमा आफ्नो परिचय खोज्न थालेका छन् । कभर गीतकै माध्यमबाट संगीतप्रेमीबीच परिचय स्थापित गरेका केही गायकलाई युट्युबमा धेरैले पछ्याएका पनि छन् । एउटै गीतलाई पनि सयौंले गाएर युट्युबमा अपलोड गर्ने ‘ट्रेन्ड’ बसेको छ संगीत क्षेत्रमा ।

चलचित्रकर्मीले फिल्म प्रचारका लागि ‘कभर गीत प्रतियोगिता’ राख्ने चलन त पुरानो भइसकेको छ ।

युट्युबमा सक्रिय ब्याण्ड ‘जटायु रेकडर्स’ कभर गीत गाएरै चर्चामा छ । अङ्ग्रेजी गीत ‘शेप अफ यु’ को कभरले विदेशी मिडियामा समेत चर्चा पाएको थियो उक्त समूहले ।

पोखराका प्रयत्न श्रेष्ठले कभर गीत गाएरै हजारौं प्रसंशक कमाएका छन् । ‘टुङ्नाको धुनमा’ को कभरले धेरै दर्शकमाझ परिचय थपिदिएको प्रयत्न स्वीकार्छन् । आफ्ना गीतले भन्दा पनि कभर गीतले चर्चा दिलाएको छ उनलाई । ‘आफ्नै गीत पनि गाएको छु तर मैले कभर गरेका गीतलाई दर्शकले रुचाइदिनुभयो,’ प्रयत्न थप्छन्, ‘कभर गीतको माध्यमबाट दर्शकले चिन्नुभएको छ, अब यही हप्ता नयाँ गीत सार्वजनिक गर्दैछु ।’

टुङ्नाको धुनमा, सम्झना छ छाडी जानेलाई, रेलीमै लगायतका उनका भिडियो युट्युबमा धेरै हेरिने भिडियोमध्ये पर्छन् ।

सजिलो त के भएको छ भने जसले पनि गाउन मन लागेको गीत एकैछिनमा गाएर युट्युबमा अपलोड गर्न सक्छन् आजभोलि । बस्, एउटा मोबाइल र इन्टरनेट भए पुग्यो । चले चल्छ, नचले पनि घाटा हुँदैन ।

यसरी गाइएका गीत युट्युबमा टन्नै भेटिन्छन् । ती गीतमध्ये केही गीतले राम्रै दर्शक पाएका छन् । मोबाइलको भरमा गीत गाएर सामाजिक सञ्जाल युट्युब, फेसबुक तथा इन्स्टाग्राममा अपलोड गरिएका गीतमा दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेका हुन्छन् ।

‘शेप अफ यु’ गाएर चर्चामा आएकी पाल्साङ लामाले रहरैरहरले गीत गाउँदा दर्शकले रुचाएको प्रतिक्रिया दिन्छिन् । ‘केही नयाँ सिकौं भनेर यो गीत गाएकी थिएँ, आखिर यही गीतले धेरै दर्शकमाझ चिनायो,’ जटायु रेकर्डस् नामक च्यानलसँग आवद्ध लामा सुनाउँछिन् । उनलाई अहिले कभर गीतले नै संगीतको मूलधारमा पुग्न हौस्याएको छ ।

अहिले कभर गीत गाउनुलाई अवसर खोजीको विकल्पका रुपमा पनि हेर्ने गरिएको छ । नेपाली मात्र होइन, हिन्दी, अङ्ग्रेजी गीत पनि नेपालीले गाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छन् ।

गायिका अञ्जु पन्तले केही महिनाअघि लता मंगेस्करको चर्चित गीत ‘तुझ्से नाराज’ लाई कभर गरेकी थिइन् । उक्त गीतको भिडियोलाई युट्युबमा ६ लाखभन्दा बढीले हेरिसकेका छन् । कमेन्ट्समा सयौंले प्रशंसा गरेका छन् । सुगम संगीतको माध्यमबाट लाखौं प्रशंसक कमाएकी पन्तको गीत सुन्ने दर्शकले उक्त कभर गीतलाई रुचाएका छन् ।

युट्युबमा नब्बे हजार भन्दा धेरै युट्युब प्रयोगकर्ताले फलो गरेका छन् निक्की कार्कीलाई । हिन्दी र नेपाली गीत गाउने कार्कीलाई धेरैले सकारात्मक प्रतिक्रिया दिन्छन् । कभर गीत गाउने गायकमा उनको नाम पनि खोजी गरिने नाम भइसकेको छ । त्यस्तै दिक्षा जे थापा, अक्षता अधिकारी, स्वप्निल सुमन, तिर्सला गुरुङ, वर्षना श्रेष्ठ लगायतका कभर गायक कभर गीतकै माध्यमबाट लाखौं फ्यानका प्रिय गायक बनेका छन् ।

पेशाले संगीत शिक्षकसमेत रहेका ज्योवन भुजुलाई युट्युबमा तीस हजारभन्दा धेरैले पछ्याएका छन् । नेपालमा कभर गीतको ट्रेन्ड शुरु हुँदा नै युट्युबमार्फत आफ्ना गीत सार्वजनिक गर्न थालेको भुजु बताउँछन् । तर कभर गीत गाएर युट्युबमा ‘हिट’ भए पनि चल्तीका कलाकार (मूलधारका संगीतकर्मी) झैं हाइपमा आउन गाह्रो हुने धारणा राख्छन् भुजु । ‘जिरोदेखि शुरु गरेर आफूलाई चिनाउन कभर गीतले सपोर्ट त गर्छ तर मूलधारे संगीत क्षेत्रमा पुग्न गाह्रो छ, धेरै गीतका कभर गीत गाएपनि खासै परिचय दिन सकिएको छैन ।’, भुजु भन्छन्, ‘तर स्टुडियो नपाउनेका लागि कभर गीत, कला प्रस्तुत गर्ने अवसर बनेको छ ।’

भुजु भन्छन्, ‘घरमै स्टुडियो छ, भिडियो इडिटिङ पनि आफै गर्छु ।’ भुजुले जस्तै धेरैले आफै भिडियो बनाउने र अपलोड गर्ने सयौं छन् । व्यक्तिगत स्टुडियो ।

कभर गीत गाएरै चर्चामा आएकी अक्षता अधिकारीलाई बुबा अमनप्रताप अधिकारीको सहयोग त छ नै । प्रशंसकले पनि सकारात्मक प्रतिक्रिया दिने दिन्छन् अक्षतालाई । म त ठूलो हुँदै होइन, म त लालीगुराँस भएछु लगायतका कभर गीत र आलोप, तिहारको भैलोका गीत गाएर चर्चा कमाएकी अक्षता संगीतकी विद्यार्थी हुन् । ‘अक्षतालाई संगीत क्षेत्रमा चिनाएको कभर गीतले नै हो ।’ बुबा अमनप्रताप अधिकारी भन्छन्, ‘यदि उनले कभर गीत नगाएको भए उनी आज सबैले चिन्ने अक्षता हुँदिनथिन् ।’

कति लाग्छ एउटा कभर गीत तयार पार्न ?

युट्युमा खासगरी दुई खालको ट्रेण्ड भेटिन्छ – व्यक्तिगत र व्यावसायिक । व्यक्तिगत भिडियोमा लगानीविना नै सिधै गीत तथा भिडियो तयार पारेर अपलोड गरिन्छ । व्यवसायिक रुपमै लागेका केही च्यानल÷समूहले कभर गीतलाई स्तरीय गीत तयार पार्नमा ध्यान दिन्छन् । यसरी गीत तयार पार्न समय पनि लाग्छ र लगानी पनि । ‘हामीले संगीतमा भविष्य देखेरै अहिले लगानी गरेका हौं, एउटै गीत तयार पार्न डेढ महिनासम्म लाग्छ,’ जटायुका सदस्य निरन डंगोल सुनाउँछन्, ‘एउटा गीत र भिडियो तयार पार्दा एक लाखसम्म खर्च हुन्छ ।’

संगीत निर्देशक अमन प्रताप अधिकारीको बुझाइ पनि उस्तै छ । उनका अनुसार तयार पार्न खोजेको गीत र भिडियो हेरेर लगानीको अड्कल गर्न सकिन्छ । ‘व्यावसायिक हिसाबले कभर गीत गाउँदा लगानी लाग्नु स्वभाविकै भयो ।’ उनी थप्छन्, ‘एउटा गीत तयार पार्न कम्तीमा पच्चीस हजार र डेढ महिनासम्म लाग्न सक्छ ।’

व्यक्तिगत होस् या व्यावसायिक । आजभोलि कभर गीतको ट्रेन्ड मौलाउँदै गएको छ । दैनिकजसो नयाँ कभर गीत सार्वजनिक भएका हुन्छन् । कतिपयले उही गीतमा आफ्नो भिडियो राखेर अपलोड समेत गर्ने गर्छन् । अधिकारी भन्छन्, ‘कभर गीत गाउनुलाई गलत भन्न मिल्दैन तर ओर्जिनल गीतको मर्म भने मर्नुभएन, कभर गीतले ओर्जिनल गीतलाई पुनर्जीवित बनाउँछन् ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x