×

NMB BANK
NIC ASIA

माओवादी नेता लेखराजमाथि आर्थिक अनियमितताको आरोप, ‘कारबाही’ गर्न प्रचण्डलाई आग्रह

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २४ असोज– नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेशका इञ्चार्ज तथा पूर्वमन्त्री लेखराज भट्टमाथि आर्थिक अनियममितताको आरोप लागेको छ ।

प्रदेश इञ्चार्ज लेखराजमाथि स्थानीय तह निर्वाचनका बेला पार्टीको केन्द्रीय कार्यालयबाट लिएको रकम खर्चमा अनियमितता भएको आरोप लागेको हो ।

नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा ७ नम्बर प्रदेशका प्रभावशाली नेता खगराज भट्टले लेखराजमाथि यस्तो आरोप लगाएका हुन् ।

खगराज भट्ट


नेता खगराज भट्टले पार्टी अध्यक्ष प्रचण्डलाई पत्र लेख्दै ७ नम्बर प्रदेशका इञ्चार्ज लेखराजलाई ‘कारबाही’ गर्न समेत आग्रह गरेका छन् ।

आगामी निर्वाचनमा पार्टीलाई जिताउन आफूलगायत अन्य नेताले पार्टीको नीतिअनुसार नै काम गरिरहे पनि प्रदेश इञ्चार्ज लेखराजको तर्फबाट इमान्दारिता नदेखिएको खगराजको भनाइ छ । ‘पार्टी निर्माण तथा आगामी निर्वाचनमा विजय सुनिश्चित गर्न हाम्रो तर्फबाट इमान्दारितापूर्वक कोशिश भए पनि प्रदेश इञ्चार्जको इमान्दारिता नदेखिएको गम्भीर अनुभूति भएको छ,’ पार्टी अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा खगराज भट्टले भनेका छन् ।

स्थानीय तह निर्वाचनका लागि भनेर पार्टी केन्द्रकाट आएको रकमको हिसावकिताव प्रदेश इञ्चार्ज लेखराज भट्टले अहिलेसम्म पनि पार्टीका अन्य नेतासमक्ष सार्वजनिक नगरेकाले आगामी निर्वाचनमा पनि आर्थिक अपचलन हुने खगराजले चिन्ता प्रकट गरेका छन् ।

लेखराज भट्टले आर्थिक अनियमितता गरेको आरोपसहित माओवादी नेता खगराज भट्टले पार्टी अध्यक्ष प्रचण्डलाई लेखेको पत्र


नेता खगराजले प्रदेश इञ्चार्जले पार्टीभित्र गुटबन्दी गरेको समेत आरोप लगाएका छन् । पार्टी प्रदेश कार्यालयको हालै सम्पन्न बैठकमा निर्वाचन केन्द्रित विभिन्न समितिहरु निर्माण गर्दा एकपक्षीय रुपमा निर्णय गर्न खोजिएको खगराजको भनाइ छ ।

प्रदेश इञ्चार्ज लेखराजले पार्टी कमिटीको संस्थागत निर्णय प्रक्रिया छलेर एकल निर्णय गर्ने आफ्नो पुरानै प्रवृत्ति दोहर्याएको खगराजको आरोप छ । लेखराजको प्रवृत्तिका कारण आगामी निर्वाचनमा पार्टीले ७ नम्बर प्रदेशमा गम्भीर हारको सामना गर्नुपर्ने पनि खगराजले उल्लेख गरेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x