×

NMB BANK
NIC ASIA

एशियन पेन्ट्सको रंगमा मानव स्वास्थ्यलाई असर गर्ने लिडको अत्यधिक प्रयोग

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं १० कात्तिक- नेपालमा सर्वाधिक बिक्री बितरण भइरहेका अधिकांश रंग(पेन्ट्स)मा अत्यधिक लिड (सिसा) मिसावट भएको सार्वजनिक भएको छ । पेन्ट्समा मानव स्वास्थ्यका लागि खतरा मानिने सिसाको प्रयोग भएको तथ्य सार्वजनिक भएपछि सर्वसाधारणको चासो बढेको हो ।

एशियन पेन्ट्समा अत्यधिक सिसा

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र तथा लिडर्स नेपालले काठमाडौं उपत्यकालगायत पश्चिम नेपालका केही बजारबाट संकलन गरिएका १८ रंग उद्योगका ३७ वटा रंगको नमूनाको प्रयोगशाला परीक्षण गर्दा ५९ दशमलव ४६ प्रतिशत रंग सरकारले तोकेको ९० पिपिएम (पार्टस् पर मिलियन) मापदण्डभित्र रहेको र बाँकी रंगमा अत्यधिक सिसा प्रयोगमा रहेको जनाएको थियो ।

अनुसन्धानमा बजारको ठूलो हिस्सा ओगटेको एशियन पेन्ट्सले अत्यधिक सिसाको मिसावट गरी जनताको स्वास्थ्यसँग खेलवाड गरिरहेको पाइएको छ । एशियन पेन्ट्सले अहिले कूल बजारको करिब ३० प्रतिशत हिस्सा आगटेको छ ।

योसँगै गौरीशंकर, जस्मिन, जेजिस, एपोलो, अर्ति, जी–७, अमेरिकन पेन्ट इण्डष्ट्री, पशुपति पेन्टस, तथा नेपाल पेन्टस इण्डष्ट्रीका रंगमा तोकेको मापदण्डभन्दा धेरै गुणाबढी सिसा भेटिएको तथ्य सार्वजनिक गरिएको थियो । ९० पीपीएमको अधिकतम मात्रा तोकिएको लिडको प्रयोग एशियन पेन्ट्समा करिब एक लाख पीपीएम रहेको स्रोतले बताएको छ ।

यसअघि सन् २०१५ को अवधिमा वातावरण विभागले सार्वजनिक गरेको विवरणअनुसार मानव स्वास्थ्यको लागि हानिकारक लिडको मात्रा अत्यधिक हुने पेन्ट्स कम्पनीमा रिलायन्स पेन्ट्स, शालिमार पेन्ट्स , एशियन पेन्ट्स रहेको थियो भने यो वर्ष पनिएशियन पेन्ट्स पनि अत्यधिक लिड प्रयोग गर्नेमा यथावत रहेको भन्दै सारोकारवालाहरुले सचेत गराएका छन् ।

लिड फ्रीको दाबी

नेपालका पेन्ट्स कम्पनीहरुले भने आफ्ना उत्पादनहरु लिड फ्रि (सिसा रहित) रहेको दाबी गरेका छन् । एशियन पेन्ट्सले एक विज्ञप्ती जारी गरेरै आफ्नो उत्पादनमा पुर्वाग्रही तरिकाले आरोप मात्रै लगाइएको दाबी गरेको छ । एशियन पेन्ट्सकी मिडिया कोर्डिनेटर रुची श्रेष्ठ एशियन पेन्ट्सका रंगमा लिडको मात्रा बढी नभएको दाबी गर्छिन्् । उनले लोकान्तरसँग भनिन्, ‘एशियन पेन्ट्स लिड फ्री हो, हामीले ९९ पिपिएम को मापदण्डभित्र रहेरै काम गरेका छौं, ग्राहकहरुलाई हामी कहिल्यै पनि धोका दिन्नौ ।’

तर जनसंख्या तथा वातावरण प्रवद्र्धन केन्द्रसँग मिलेर अनुसन्धान गरिरहेको लिडर्स नेपालले भने सर्बसधारणको स्वास्थ्यसँग खेलवाड गर्ने गरी गैरजिम्मेवार तरिकाले सिसाको प्रयाग भएको बताएको छ ।

यसअघि गत आईतबार राजधानी एक पत्रकार सम्मेलन गरी जनसंख्या तथा वातावरण प्रवद्र्धन केन्द र लिडर्स नेपालले नेपालमा वर्षेनी पाँच वर्ष मुनिका बालबालिकामा हुने लिड असरबाट एक खर्ब ५६ अर्ब रुपैयाँ बराबरको क्षति हुने र त्यसैमा भित्तामा लगाउने पेन्ट्स नै सबैभन्दा खतरा बनिरहेको बताएका थिए ।

काठमाडौं उपत्यकाका ३१२ बालबालिकासहित वीरगञ्जका विद्यालयका ५० छात्रछात्रामा गरिएको अध्ययनअनुसार ती बालबालिकाको रगतमा लिडको मात्र ९० पिपिएमभन्दा बढी पाइएको सो केन्द्रले बताएको थियो । ६० प्रतिशत बालबालिकाको रगतमा ९० पिपिएमभन्दा बढी लिड पाइएको थियो ।

लिडको सम्पर्कबाट विश्वमा वर्षेनी आठ लाख मानिसको मृत्यु हुने गरेको छ भने मध्यम आय भएका मुलुकमा हरेक वर्ष ९७७ अर्ब डलरको क्षति हुने गरेको बताइन्छ ।

गैर जिम्मेवार सरकार

सरकारले स्वास्थ्यको लागि लिड हानिकारक रहेको भनेर कुनै पनि पेन्ट्समा लिडको मात्रा ९० पीपीएमभन्दा बढी हुन नहुने भनेर स्पष्टसँग तोकेको छ । यो मापदण्ड नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको हो तर मापदण्डले तोकेकोभन्दा हजारौं गुणा बढी लिड प्रयोग गर्दा अनुगमन भने निकै सुस्त देखिएको छ ।

आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने सिसाको खुल्मखुल्ला यसरी प्रयोग गर्दा समेत सरकारी निकाय लाचार बनिरहेको उपभोक्ताकर्मीको भनाई छ । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारकै कमजोरीका कारण व्यपारीहरुले ज्यानमारा पेन्ट्सहरू खुल्लमखुल्ला बजारमा विज्ञापन गरेर बेचिरहेको दाबी गरेका छन् ।

यता विभागले भने आवश्यक अनुगमन भइरहेको र दोषी भेटिए कडा कारबाही समेत गरिरहेको दाबी गरेको छ । विभागकी प्रवक्ता रोमी मानन्धरले लोकान्तरसँग भनिन्, ‘विभागले निरन्तर अनुगमन गरिरहेको छ, दोषी भेटिए कारबाही पनि गरिरहेको छ ।’

मानव स्वास्थ्यका लागि खतरा लिड

लिड मानव स्वास्थ्यको लागि आवश्यक नै नरहेको चिकित्सकहरूको दाबी छ । १ सय एमएल रगतमा भएको लिडको थोरै माइक्रोग्राम पनि खतरनाक हो । यदि यो एकपटक हाम्रो शरीरमा छि¥यो भने शरीरका सबै ग्रन्थीहरुमा जान्छ । शरीरमा प्रवेश गरेपछि यो मृगौलामा जम्मा हुन्छ, हड्डीमा जम्मा हुन्छ अनि दिमागमा जान्छ । यदि २ देखि ५ माइक्रोग्राम लिड १ सय एमएल रगतमा भेटियो भने पनि यसले डिएनए संरचनामा समेत परिवर्तन ल्याउन सक्छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता सुजेन्द्र तामाङका अनुसार प्न्ट्सहरुको अत्यधिक प्रयोग बढिरहेकाले बच्चाकै रगतमा यसको प्रयोग बढ्ने खतरा रहेको बताए । उनले भने, ‘आजभोली बच्चाहरुको बडरुपममा मज्जाले रंग लगाइएको हुन्छ । तर रंगको धूलो रुपमा कोठामा फैलिँदा बच्चाको शरीरमा असर गर्छ, यसले बच्चाको बौद्धिक क्षमतासँगै सिक्ने र सुन्ने क्षमतालाई पनि असर गर्दछ ।’

चिकित्सकहरुका अनुसार श्वासप्रश्वास र शरीरबाट लिड प्रवेश गर्दा बच्चामा क्याल्सियम र मिनरललाई निष्क्रिय बनाएर शारीरिक सन्तुलनमा समस्या ल्याउन सक्नेछ । रगतमा सिसाको मात्रा १० माइक्रोग्रामभन्दा माथि भए श्रवणशक्तिमा कमी आउने, अल्छी हुने समस्या देखापर्छ । रगतमा सिसाको मात्रा बढी भए वयस्कलाई पनि डिप्रेसन, उच्च रक्तचाप, सम्झने शक्ति ह्रास हुँदै जाने, तौल कम हुँदै जाने समस्या समेत आउनसक्ने चिकित्सकहरु बताउँछन् । अदुवा, धनियाँ, बेसार, लसुनको प्रयोगले शरीरमा भएको सिसालाई हटाउन मद्दत गर्ने उनको भनाइ छ ।

रगतमा सिसाको मात्रा परीक्षण नहुँदा धेरैजसो मानिसमा पेट दुख्ने, टाउको दुख्ने, मानसिक रोगी हुने, रगतको कमी हुने गरेको पाइएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x