×

NMB BANK
NIC ASIA

नेपालमै महिनाको साढे १० लाख कमाउन कर्ण शाक्यको टिप्स

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
karna
काठमाडौं, ३ माघ — उद्यमी कर्ण शाक्यले थोरै पैसामा पनि धेरैनै आम्दादानी गर्न सकिने युवा पुस्तालाई सुझाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा ‘यसरी सम्भव छ उद्यमशीलता बढाउन’ शीर्षकमा लेख लेखेका उनले मासिक १० लाख ५० हजार कमाउने सजिलो उपाय सुझाएका छन् ।

उद्यमशीलता कसरी बढाउने ?

उनले भनेका छन् — उद्योगमा लगानी आवश्यक छ । तर लागानी सबथोक हैन । सबभन्दा ठूलो विषय विचार हो । पैसा नभइ काम गर्न सकिन्छ भन्न खोजेको होइन, तर कुन काम ? के काम ? भन्ने विषय निर्धारण गरेपछि पैसा ठूलो विषय होइन ।

उद्योगका लागि सबैभन्दा पहिले विचार चाहिन्छ । म कहाँ समुह बनाएर युवाहरु यति पैसा छ के गर्ने भनेर सोध्न आउँछन् । थोरै पैसामा धेरै कमाउने हो भने हामी मोमो बेच्न सक्छौं ।karna_shakya_1

उदाहरणका लागि आज म २० — २२ वर्षको तन्नेरी भएको भए । बिए पास गरेको भए । धेरै लगानी नभएको भए । मलाई कमाउने इच्छा भएको भए । सबैभन्दा पहिले मोमो बनाउने योजना बनाउँथेँ । अर्को एउटा साथीलाई खोज्थेँ । आधा आधा लगानी गरेर काम सुरु गर्थें ।

एउटा आकर्षक नाम दिन्थेँ । रेलिमा, रेलिमाइ लाहुरे दाइको रेलिमाइ भनेर मामोको नाम राख्थेँ । यस्तो नाम होस जुन सजिलै जिब्रोमा झण्डिन सफल होस् ।

नेपालमा धेरै भाषण हुन्छ । भाषण हुने ठाउँमा ब्यानर सहित प्याकिङ मोमो राख्थेँ । सफा कपडा लगाएर बस्थेँ । भाषण सुनेर भोक लागेको मान्छेले पक्कै पनि खाजा त खाइहाल्छ ।

त्यहाँबाट हिँड्ने बेलामा कुनै फोहोर राख्दिनथेँ । सोँच्नुहोस त दिनको पाँच सय प्लेट मोमो नजाला ? एक प्लेट मोमो को १०० रुपैयाँ । पाँच सयको ५० हजार आम्दानी ।

ख्र्च ३० प्रतिशत होला । बाँकी ७० प्रतिशत नाफा हुन्छ । अरुलाई गाली मात्रै गरेर समस्याको समाधान हुँदैन । काम गर्ने दिमाग र इच्छा शक्ति चाहिँ हुनुपर्छ । यहाँका धनी मान्छेले यसरीनै प्रगति गरेका हुन् ।

एक दिनमा ५० हजारको मोमो बेच्यो भने मासिक १५ लाखको मोमो बेच्न सकिन्छ । १५ लाखबाट ३० प्रतिशत खर्च कटाउँदा ४ लाख ५० हजार खर्च हुन्छ । १० लाख पचास हजार बँच्छ ।

यो विषयमा उनले आफ्नो टुइटरमा लेखेका छन् कि — एक वर्षमा एउटा गाडी किनेर गाडीबाटै मोबाइल मोमो पसल संचालन गर्न सकिन्छ । विस्तारै करोडको पाइला पनि चाल्न सकिन्छ ।

(कर्ण शाक्य सोँच, खोज र मोज पुस्तकका लेखक हुन । उनी सकारात्मक सोँचका प्रबद्र्धक समेत हुन । उनले नेपालमा अरबौं लगानीमा होटल व्यवसाय संचालन गरेका छन् । आफू क्यान्सर पीडित भएपनि उनी निकै उत्साहका साथ बाँचिरहेका छन् ।)

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x