×

NMB BANK
NIC ASIA

एक नेपाली चिकित्सक, जसले उडिरहेको जहाजमा हृदयघातका विरामीलाई जोगाए

कात्तिक २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ कात्तिक – हवाइजहाजमा यात्रा गर्दै गर्दा गम्भीर हृदयघातको समस्यामा परेका एक विदेशी नागरीकलाई  नेपाली डाक्टर रविन्द्र बास्कोटाले बचाएका छन् ।

Muktinath Bank


दुई साता अघि एक साताको इजिप्ट भ्रमण गरेर नेपाल फर्कने क्रममा इजिप्टको अलेकजेन्ड्रिया इन्टरनेशनल एयरपोर्टबाट युएईको सारजाहका लागि उडेका  नेपाली डाक्टर बास्कोटाले सोहि जहाजमा यात्रा गरेका  करीब ६० बर्षको इजिष्ट अरेवियन नागरिकको ज्यान बचाएका हुन् । 
 स्वास्थ्य सेवा विभागको कुष्ठरोग नियन्त्रण केन्द्रमा कार्यरत डा. बास्कोटा डर्माटोलोजिमा बीर अस्पतालबाट एमडी गरेका छन् । पढाइको सिलसिलामा बीर अस्पतालबाट एडभान्स कार्डियाक लाइफ सपोर्टको तालिम लिएका डा बास्कोटाले आफुले लिएको तालिमको सदुपयोग गरे । 
तालिममा हर्ट एट्याक भएका बेला तत्काल कसरी उपचार गर्न सकिन्छ भनेर सिकेका उनले समयमै अरवियन नागरीको समस्याको  केश पत्ता लगाएर उपचार गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


अरेवियाका पाइलटले जहाजमा चढेको ४५ मिनेट पछि नै विमानभित्र ‘यात्रामा रहनुभएका मध्ये कोही डाक्टर नर्स वा प्यारामेडिक्स हुनुहुन्छ ? भनेर ‘एनाउन्स’ गरेपछि  नेपाल फर्कदै गरेका डा. बास्कोटाले क्रियू मेम्बरसंग आफू चिकित्सक भएको जानकारी गराए । 
‘मैले आफु चिकित्सक भएको कुरा जनाकारी गराएपछि उनीहरुले एक बृद्ध यात्रुको स्वास्थ्य अवस्था विग्रिएको भन्दै हेरिदिन आग्रह गरे ।’ उनले भने, ‘म विरामी नजिकै गएर हेरे विरामीको अवस्था कमजोर थियो । विरामीले एकदमै स्वास फेर्न गाह्रो भएको बताए । हातखुट्टा र शरीर निलो हुँदै गएको थियो । बोल्न सक्ने अवस्थामा थिएनन् ।’


Advertisment
Nabil box
Kumari


विरामीको अवस्था हेरेर डा. बास्कोटाले उनलाई हृदयघात भएको थाहा पाए । अरबी भाषा मात्रै बोल्ने बिरामीको संवादलाई क्रु मेम्बरले अंग्रैजीमा परिवर्तन गरेर उनको उपचार गरेको बास्कोटाको भनाइ छ ।
‘विरामीलाई अक्सिजनको आवश्यकता थियो मैले क्रु मेम्बरलाई भनेर अस्किजन लगाइदिएँ । जहाजको इमरजेन्सी बक्समा औषधीहरु रहेछ । त्यसमा हेरे हृदयघातका बेला आवश्यक पर्ने एस्पीरिन नमक औषधी पनि रैछ । उनलाई त्यो पनि खान दिए ।’ बास्कोताले विस्तारमा सुनाए, ‘करीब ४ घण्टाको सो फ्लाइटमा सबा तीन घण्टा विरामीसंगै रहें । औषधी र अस्किजन दिएको एक घण्टामा विरामीको अवस्थामा क्रमिक रुपमा सुधार आयो । छाती दुखाई कम भयो भने, विरामीको निलो भइसकेको शरीरले नर्मल अवस्थाको रुपम लियो ।’

Vianet communication
Laxmi Bank


यात्रामा रहेको ४ घण्टा पछि सारजाह एयरपोर्टमा पुगेपछि  विमानस्थल भित्रै एमबुलेन्स र डाक्टरको टोली आएर विरामीको उद्धार गरेपछि  डा. बास्कोटा विरामीसंग छुटिए ।
बास्कोटाले त्यो समयको स्मरण गर्दै भने, ‘हृदयघातको समस्यामा परेका विरामीलाई मैले प्रथमिक उपचार मात्रै गरेको थिए । त्यतिवेला प्राथमिक उपचार नपाएको भए उनको मृत्यु पनि हुन सक्थ्यो । छुटिने बेलामा विरामीले म तिर हेर्दै कृतज्ञता प्रकट गरे । मलाई पनि खुसी लाग्यो ।’


तालिम लिएर सो रोगको लक्षणसम्बन्धी ज्ञान भएकाले नआत्किकन उपचार गर्न सफल भएकोमा खुसी लागेको उनने बताए । 
बास्कोटाले भने, ‘अस्पतालहरुमा त अन्य चिकित्सकहरु पनि हुन्छन् तर त्यहा म एक्लै थिए । भाषा बुझिँदैन थियो तर पनि आफुले जाने अनुसार प्रयास गर्दा एक अन्जान विरामीको ज्यान जोगाउन सकें । सबैले राम्रो काम भनेर प्रोत्साहन गरे खुसी लाग्यो ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x