मंसिर १४, २०८०
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
काठमाडौं, २३ मंसिर– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम देशभरबाट सार्वजनिक भइरहेको छ । मत परिणामले वाम गठबन्धनलाई निकै बलियो बनाइदिएको छ भने नेपाली कांग्रेसलाई निकै कमजोर अवस्थामा पुर्याएको छ ।
हालसम्म वाम गठबन्धनले ३६ सिट जितिसकेको छ भने नेपाली कांग्रेसले ६ सिट मात्रै जितेको छ । निर्वाचनको परिणामलाई दलहरुले आफ्नै तरिकाले विश्लेषण त गर्ने नै छन् । तर यसपालीको निर्वाचनमा दुई हाइफ्रोफाइल नेता निकै ‘अभागी’ सावित भएका छन् ।
वाम गठबन्धन बन्दै गर्दा नयाँ शक्तिको अभियान चलाएका बाबुराम भट्टराई पनि सोही गठबन्धनमा आए । टिकट बाँड्ने बेलामा भट्टराईले आफूले जित्दै आएको गोरखा क्षेत्र नम्बर दुईलाई रोजेका थिए । उनले कुनै पनि हालतमा सो क्षेत्र छोड्न चाहेनन् । तर वाम गठबन्धनका नारायणकाजी श्रेष्ठले पनि सोही क्षेत्रमा दावी गरे ।
अन्तत भट्टराई सोही कारणले गर्दा गठबन्धनबाट बाहिरिए । भट्टराईले श्रेष्ठलाई गोरखाको क्षेत्र नम्बर एकबाट चुनावव उठ्न सुझाव दिएका थिए । तर श्रेष्ठले बाबुरामलाई पेलेर जाने धारणा राखे । माओवादीमा दोस्रो बरियतामा रहेका चु्नावी प्रतिस्पर्धामा भने बाबुरामलाई रोक्न सकेनन् ।
गोरखा क्षेत्र नम्बर एकमा चुनाव लडेको भएपनि श्रेष्ठ सेफ जोनमा हुन्थे । जहाँ अहिले पनि वाम गठबन्धनले नै अग्रता कायम गरिरहेको छ । त्यो नभए उनी समानुपातिकमा बस्न पनि सक्थे तर उनले त्यो पनि चाहेनन् । बाबुरामलाई रोक्ने उनको मानसिकता नै उनका लागि घातक बन्यो । भट्टराईले उनलाई फराकिलो मत अन्तरले गोरखा दुईमा हराइदिएका छन् ।
वाम गठबन्धनका लागि आफू सुत्रपात भएको दावी गर्ने श्रेष्ठले चुनाव हारेपछि उनी एक स्टेप ब्याक भएको विश्लेषण गर्न सकिन्छ । गोरखामा विकासका थुप्रै अभियान चलाएका भट्टराई कांग्रेसको सहयोगमा आँखा चुनाव चिन्ह लिएर चुनाव जिते । श्रेष्ठले चुनाव हारेसँगै माओवादी अध्यक्ष प्रचण्डलाई श्रेष्ठलाई व्यवस्थापन गर्न थप सहज भएको छ ।
गोरखा दुई सँगै झापा तीनमा पनि त्यस्तै परिणाम आउने लगभग पक्का भएको छ । झापा ३ मा नेपाली कांग्रेसका नेता कृष्ण सिटौला चुनाव लडिरेहका छन् जहाँ राप्राका महामन्त्री राजेन्द्र लिङदेनले सिटौलालाई चुनौती दिइरहेका छन् ।
वाम गठबन्धन बनेपछि नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउने कोशिश गर्यो । सोही क्रममा कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई रोज्यो । सोही क्रममा झापा क्षेत्र नम्बर तीन कांग्रेसले छोड्ने निर्णय गर्यो ।
जहाँ कांग्रेसका कृष्ण सिटौलाले टिकट पाउँथे । सिटौलालाई नेपाली कांग्रेसले समानुपातिकको सुचीमा पहिलो नम्बरमा राखेको थियो । तर सिटौला पार्टी निर्णय विरुद्ध गए । जसरी पनि टिकट पाउनुपर्ने उनको माग देउवाले सम्बोधन गरे ।
सिटौलाले झापा ३ बाट टिकट त पाए तर चुनावी परिणाममा उनी निकै पछि देखिन्छन् । लिङदेनले पनि मोर्चा छोडेनन् । पार्टी नेतृत्वले कांग्रेससँग गठवन्धन गर्दा पनि झापा तीनमा राप्रपा र कांग्रेसबीच सहकार्य भएन ।
झापा ३ मा राप्रपाले २३ हजार मत ल्याउँदै गर्दा सिटौलाले १५ हजार मत ल्याएका छन् । सिटौला अहिलेसम्म ८ हजार मतले पछि परेका छन् । सम्भवत उनले पनि चुनाव हार्नेछन् ।
पार्टी सभापति शेरबहादुर देउवाको कुरा मानेर समानुपातिमा बसेको भए सिटौला सेफ हुन्थे । तर उनले त्यो चाहेनन् । झापामा ग्राउन्ड लेभलमा कमजोर बनेको कांग्रेसको अवस्था बुझ्दा बुझ्दै पनि सिटौलाले प्रत्यक्षमा चुनाव लडे ।
अन्तिम चरणमा आएर जसरी भएपनि चुनाव लडेकोमा सिटौलाप्रति मतदाताले सद्भाव राखेनन् । जुन कुरा मतपरिणामले देखाइरहेको छ ।
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...