×

NMB BANK
NIC ASIA

जनताले वामपन्थी गठबन्धनलाई दिएको अन्तिम मौका

मंसिर २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भर्खरै सम्पन्न निर्वाचनबाट वामपन्थी गठबन्धनले जनताको अभूतपूर्व समर्थन पाएको छ । वामपन्थी गठबन्धनप्रति देखिएको जनलहरबाट मूलतः नेपालका कम्युनिस्टहरू एक ठाउमा जम्मा हुनुपर्छ भन्ने मत देखियो र अहिले उनीहरू एक ठाउँमा भएको सन्देश दिनेबित्तिकै यसको पक्षमा उत्साहजनक समर्थन आयो । 

Muktinath Bank

दोस्रो कुरा, लामो समयसम्मको राजनीतिक अस्थिरता र त्यसले पैदा गरेको अव्यवस्था नेपालको ठूलो समस्याको रूपमा रहेको थियो । राजनीतिक अस्थिरताविरुद्ध स्थिर सरकार र सुशासनको पक्षमा हामी वामहरूले नारा दिएका थियौं र यी दुईवटा नारा या कारणले वामपन्थीको पक्षमा जनलहर आएको मेरो बुझाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख दुई वामपन्थी दलको एजेन्डा स्थापित भयो र त्यसलाई जनताले अनुमोदन गरिदिए । जनताले खोजेको र चाहेको एजेन्डा नै प–यो, त्यसो हुनाले जनताबाट अनुमोदित भयो । अर्कोतर्फ, लामो समय सत्ताको नेतृत्वमा रहेको कांग्रेसप्रतिको वितृष्णा पनि वामपन्थी गठबन्धनको पक्षमा जनलहर आउनुको कारण हो । 


Advertisment
Nabil box
Kumari

जनताबाट पाएको अपार समर्थनलाई अब हामीले सदुपयोग गर्नुपर्नेछ । त्यसका लागि पहिलो कुरा नेताहरूले जनता र राष्ट्रको पक्षमा सोच्छन् भन्ने एउटा सकारात्मक सन्देश दिन जरूरी छ । पदको भागबण्डा, लोभ ,कचिंगल, गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा दुई पार्टीका बीचमा सरकार गठनकै बेलामा चटक्क छोडेर निकै राम्रो सन्देश दिन जरूरी छ । नेताहरूले क्षणिक स्वार्थभन्दा पनि विशुद्ध जनताको पक्षमा काम गरेर सन्देश दिन जरूरी छ । 

Vianet communication
Laxmi Bank

जनतालाई निराश नबनाउन ठूला ठूला जम्बो मन्त्रिमण्डल बनाउने भन्दा पनि योग्य मानिसको सानो टीम बनाएर काम गर्नुपर्छ । दोस्रो कुरा चाहिँ, पार्टी र नेताहरूले गरेका प्रतिबद्धता कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने विश्वास दिलाउन सक्नुपर्छ । चुनावमा बोलेका कुरा पूरा नहुन सक्छन् भन्ने गलत परम्पराको पुनरावृत्ति हुन दिनुहुँदैन । घोषणापत्र कार्यान्वयन हुँदैन, केवल लेखिएका कुरा हुन् भनेर एकप्रकारको वितृष्णा छ जनता र बुद्धिजीवीमा । यसलाई हामीले हटाउन जरूरी छ ।  

घोषणापत्रप्रति पार्टीहरू र नेताहरू उत्तरदायी हुन्छन् भन्ने कुराको सन्देश दिन सकियो भने र घोषणापत्रमा उल्लेख गरिएका एक वर्षे, दुई वर्षे, पाँच वर्षे योजना कार्यान्वयन गर्दै जान सक्यौं भने जनताको विश्वास जित्न सकिन्छ । त्यसले वामपन्थी गठबन्धन मात्र होइन, अन्य राजनीतिक दलहरूलाई पनि विश्वासको वातावरण बनाउन मद्दत गर्छ, दलहरूले घोषणा गरेको कुरा पूरा हुन्छ भनेर । यो प्रमुख कुरा हो, त्यसरी नै लागू गर्न जरूरी छ । 

२०६४ सालमा पनि माओवादीले जनलहर ल्याएको थियो, तर जनताले सोचेको उपलब्धि हासिल हुन सकेन । सबभन्दा ठूलो कुरा राजनीतिमा इमान्दारिता देखाउन सक्नु प–यो, सरकार गठनदेखि नै सकारात्मक सन्देश दिनुप–यो, नेताहरू पदीय भागबण्डाको लोभमा छैनन् भन्ने खालको सन्देश दिनुप–यो । दोस्रो कुरा चाहिँ घोषणापत्रमा उल्लेख गरिएका कुरालाई सही ढंगले कार्यान्वयन गर्नुप–यो र छिटोभन्दा छिटो पार्टी एकीकरणको प्रक्रियालाई अगाडि बढाउने, दुईवटा पार्टीलाइ एक.गरेर अरू कम्युनिस्टलाई पनि एउटै धु्रवमा ल्याउने प्रक्रिया अघि बढायौं भने सकारात्मक सन्देश दिन सक्छौं । 

जनतामाझ गरिएका वाचा पूरा गर्न सक्यौं भनेमात्र एउटा निर्वाचनपछि अर्को निर्वाचनमा जाँदा परिणाम उल्टिने विगतको इतिहासलाई हामीले रोक्न सक्छौं । यसपटक विगतका गल्ती दोहोरिँदैनन्, जनता निराश हुनुपर्दैन । जनताले वामपन्थी गठबन्धनलाई दिएको अन्तिम मौका हो यो भन्ने मैले बुझेको छु । 

(माओवादी युवा नेता बराल प्रदेशसभाका नवनिर्वाचित सांसद हुन् ।) 
कुराकानीमा आधारित 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x