पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
काठमाडौं, २६ मंसिर— नेपालको २ सय ७५ सिट रहेको प्रतिनिधिसभामा १६५ सीट प्रत्यक्ष चुनावको माध्यमबाट तथा ११० सिट समानुपातिक प्रतिनिधि प्रणालीबाट तय हुनेछ । १६५ सीटका लागि भएको प्रत्यक्ष चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेसम्म ११४ सिट हात पारेका छन् । अब थप ३ सिटमा पनि वामपन्थीहरुकै अग्रता छ ।
केही सिटको गणना बाँकी रहेको बेलामा एमालेको ७६ र माओवादीको ३८ सिट छ । दुबैले क्रमशः १०३ तथा ६० सिटमा मात्र उम्मेदवारी दिएका थिए ।
देशको पुरानो र भारत समर्थकको रुपमा लिइने नेपाली कांग्रेसका सबैभन्दा धेरै १५३ उम्मेदवार मैदानमा थिए । तर, उसले २१ सीटमा मात्र जित निकालेको छ ।
नेपाली कांग्रेसको यति नराम्रो अवस्था यसअघि कहिल्यै भएको थिएन । राजतन्त्र र हिन्दू राष्ट्र समर्थक पार्टीहरुलाई जनताले पूर्णरुपमा नकारदिएका छन् । राप्रपाले केबल एक सिट मात्र जितेको छ । जबकी हिन्दु राष्ट्र तथा राजतन्त्रको समर्थक दलका अध्यक्ष कमल थापाले चुनाव हारेका छन् ।
हिन्दू हृदय सम्राट
अब यी पार्टीलाई समानुपातिक भोटबाट केही आश रहेको छ । देशको कूल सात प्रदेशको चुनावको नतिजाको अवस्था पनि यस्तै छ । केबल २ नम्बर प्रदेशमा वामपन्थीको अवस्था कमजोर देखिएको छ । बाँकी ६ प्रदेशमा बामपन्थीको सरकार बन्ने छ ।
अब यो तय भएको छ कि केन्द्रमा एमालेका नेता केपी ओलीको नेतृत्वमा यदी दुई तिहाइ नपुगेपनि बहुमतको सरकार बन्ने छ ।
नेपालका लागि यो निकै राम्रो संकेत हो किनकी २००८ देखि जब देशमा गणतन्त्र आयो तबबाट कुनै सरकारले पनि पूर्ण कार्यकाल काम गर्न पाएको छैन । अब नेपालमा राजनीतिक स्थिरतको शुरुवात हुन सक्छ ।
नेपालमा वामपन्थीको यो जीत यस्तो बेलामा भएको छ जब भारतसहित विश्वमा विभिन्न देशमा दक्षिणपन्थी शक्ति सत्ताको बागडोरमा छ । भारतमा पनि आज त्यहि शक्ति सत्तामा छ । जो नेपाललाई फेरि हिन्दू राष्ट्र बनाउने सपना देखिरहेको छ । जो नेपालका राजालाई अहिलेपनि हिन्दु हृदय सम्राट मान्छ ।
मधेसको समस्या
यो चुनावले उनीहरु( भारतीय)को योजनामा धक्का पुगेको छ । यस चुनावमा भारत सरकारको नेपाल नीति कमजोर भएको सतहमा देखिएको छ ।
यसै वर्ष अक्टुबर महिनामा जब दुवै कम्युनिष्ट पार्टीले मोर्चा बनाए, त्यस समयमा भारत सरकारको तर्फबाट यो मोर्चा नबनाउनका लागि भरपुर प्रयास भएको थियो । तर माओवादी नेता प्रचण्ड र एमाले नेता केपी ओलीले यस असम्भव समिकरणलाई सम्भव बनाएर सबैलाई चकित पारिदिए ।
धेरैले सिट बाँडफाँडका क्रममा एकता टुट्ने(जसरी बाबुराम भट्टराई मोर्चाबाट बाहिरिएका थिए) अनुमान गरेका थिए । तर यस्तो केही भएन ।
सेप्टेम्बर २०१५ मा भारत सरकारका विदेश सचिव जयशंकर नेपाल पुगेर प्रमुख राजनीतिक दलका नेतालाई संविधान जारी नगर्न दवाब दिएका थिए । यसकालागि उनले मधेसको समस्यालाई बाहना बनाएका थिए तर कारण भने अरुनै केही थियो ।
यसको खुलासा केही दिनपछि भाजपा नेता भगत सिंह कोशियारीले एक अन्तर्वार्तामा गरेका थिए । जहाँ उनले आफू र सुष्मा स्वराजले प्रचण्डलाई संविधानबाट धर्मनिरपेक्षता हटाउन सुझाव दिएका बताएका थिए । तर प्रचण्डले उनीहरुको सुझावको वास्ता गरेनन् ।
भारत र नेपाल
आश्चर्य होइन की संविधान २० सेप्टेम्बरमा जारी भयो र २१ सेप्टेम्बरको रातिबाट नै नेपालमाथि नाकाबन्दी लगाइयो । नेपाली जनताले यसमा आपत्ति जनाए । यसलाई भारत सरकारको कदम त्यतिबेला भनियो जतिबेला उसले संविधानमा असन्तुष्ट मधेसी जनाताले यो कदम उठाएका हुन् ।
त्यतिबेला नेपालमा केपी ओली प्रधानमन्त्री थिए । जो दशकौं देखि भारतका निकट मानिएका थिए । तर ओलीको अपीललाई पनि मोदी सरकारले ध्यान दिएन र नेपाली जनताले नाकाबन्दीको दुखलाई झेल्नु पर्यो ।
अन्ततः केपी ओली आफ्नो अर्को छिमेकी चीनसँग मद्यत माग्न पुगे र ओलीलाई मोदी सरकारले कालो सूचीमा राख्यो ।
जुलाई २०१६ मा नेपाली कांग्रेस र प्रचण्डको पार्टीले अविश्वसको प्रस्तावको माध्यमबाट ओलीको नौ महिना लामो सरकार ढाले । प्रचण्ड प्रधानमन्त्री बने र सेप्टेम्बरमा भारतको भ्रमण गरेका थिए ।
जसलाई नेपाली जनताले मोदी सरकारको अक्षम्य गल्तीको रुपमा लिए ।
ओलीको जवरजस्त समर्थन मिल्नुको पछाडिको पृष्ठभूमि यस्तो रहेको छ । र, जो मानिस यो एकताको भविष्यलाई लिएर शंका व्यक्त गर्छन् उनीहरुको दिमागमा पनि यी घटनाहरु छन् । यसकारण म मान्दछु कि यस मतदानको माध्यमबाट नेपाली जनताले आफ्नो सम्प्रभुतालाई स्वीकृत गरेका छन् ।
ओलीको नेतृत्वमा बन्ने सरकारले यदी थोरै लचकता देखाएर मधेसी जनताको बाँकी समस्या समाधान गर्न सक्यो भने उसको यो सवैभन्दा ठूलो उपलव्धि हो ।
( नेपाल मामिला जानकार भारतीय विश्लेषक आनन्द स्वरुप वर्माको यो लेख बीबीसी हिन्दीबाट भावानुवाद गरिएको हो । )
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...