चैत २५, २०७९
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
पुस ४, २०७४
भारतीय सेनाका अवकाशप्राप्त जनरल अशोक मेहता नेपालको राजनीतिक मामिलामा गहिरो चासो राख्छन् । नेपाली भाषा बोल्नसक्ने मेहता नेपालका विषयमा नियमित कलम चलाउँछन् । भारतको द पायोनियर पत्रिकामा उनका लेखहरू नियमित प्रकाशित हुन्छन् । उनको भनाइ भारतीय संस्थापनको आवाजसँग मिल्दोजुल्दो पाइन्छ । नेपालमा वामपन्थी गठबन्धनले भारी बहुमत पाएको सन्दर्भमा नयाँ बन्ने सरकारसँग भारतले कस्तो व्यवहार गर्ला भनेर लोकान्तरका लागि अजय अनुरागीले सोमवार साँझ मेहतासँग टेलिफोन अन्तर्वार्ता गरेका थिए । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश :
नेपालमा भर्खरै सम्पन्न भएको निर्वाचन परिणामलाई तपाईंले कसरी लिनुभएको छ ?
म त त्यो परिणामलाई धेरै राम्रो दृष्टिकोणले हेरिरहेको छु । धेरै लामो समयपछि नेपालमा बहुमतको सरकार बन्नेछ । अब देश राजनीतिक स्थिरतातर्फ अगाडि बढ्नेछ । संविधान निर्माण भइसकेको छ । अब नेपाल आर्थिक उन्नतिको बाटोमा अगाडि बढ्नेछ । जसरी हाम्रो प्रधानमन्त्री मोदीजीले भन्नुहुन्छ नि ‘सबका विकास’, त्यसैगरी नेपाल पनि विकासको बाटोमा अग्रसर हुनेछ । राजनीतिक स्थिरता भएमा मात्र विकास सम्भव हुन्छ । गठबन्धन सरकारको प्रस्ट बहुमत हुन्छ ।
माओवादी र एमालेबीच एकता हुन्छ भने झन् राम्रो हो तर मलाई तिनीहरूबीच अहिले नै पार्टी एकता हुन्छ जस्तो लाग्दैन । तैपनि तिनीहरूबीच गठबन्धन कायमै रहन सक्यो भने त्यो नेपालको लागि पनि धेरै राम्रो कुरा हुनेछ । त्यसले नेपालको उन्नतिका लागि बाटो खोल्नेछ । अर्को कुरा म के भन्न चाहन्छु भने नेपालको संविधानअनुसार पनि सरकारविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव संसदमा लान सकिन्न । त्यसले पनि राजनीतिक स्थिरता कायम रहन मद्दत गर्नेछ अनि देशको आर्थिक उन्नति हुनेछ ।
तपाईंले माओवादी र एमालेबीच तत्कालै पार्टी एकता सम्भव छैन भन्नुभयो । किन एकता सम्भव छैन तत्कालै ?
मलाई के लाग्छ भने ती दुई पार्टीहरूबीच सम्झौता भइसकेको भएपनि एकता चाहिँ तत्कालै सम्भव छैन । एकता बिल्कुलै असम्भव छ पनि म भन्दिनँ । तिनीहरूबीच पार्टी एकता पनि हुनसक्छ । तर फेरि केही दिन बितेपछि अलग्गिने सम्भावना पनि जीवितै रहेको कुरालाई नकार्न पनि त सकिन्न ।
नेपालमा भारतको प्रभाव बिस्तारै कम हुँदै गएको हो ?
यो त पूरै दक्षिण एसियामै देखिएको छ । चीन अहिले आफ्नो आर्थिक शक्तिको भरपूर प्रयोग गरिरहेको छ । अपÞm्गÞानिस्तानलाई सामिल गर्दै चीनले दक्षिण एसियाका देशहरूमा आफ्नो प्रभाव बढाइरहेको छ । चाहे त्यो पाकिस्तान, श्रीलंका, बंगलादेश, बर्मा वा नेपाल नै किन नहोस् — त्यहाँ उसले आफ्नो प्रभाव बढाइरहेको छ । भुटानबाहेक अन्यत्र सबैतिर उसको प्रभावशाली उपस्थिति छ । चीनले पहिलेपहिले ‘हामी अरू देशको आन्तरिक मामिलामा कुनै चासो राख्नेछैनौं’ भन्ने गर्थ्यो । तर अब चीन पहिलेजस्तो छैन । चीन १०(१५ वर्ष पहिले ‘नो पोलिटिकल इन्टरफेरेन्स इन् देयर इन्टर्नल अफेयर्स’ भन्थ्यो । तर अब त्यो कुरा छैन । अब हरेक ठाउँमा आफ्नो आर्थिक तागतका कारण उसले हस्तक्षेप गरिरहेको छ । नेपालमा पनि उसको हस्तक्षेप पछिलो समयमा अत्यन्तै बढेको छ ।
नेपालमा अब बन्न गइरहेको वामपन्थी दलहरूको नेतृत्वको सरकारसँग भारतको सम्बन्ध कस्तो होला ?
अहिले बन्न गइरहेको सरकार ‘लेफ्ट अलायन्स’ (वाम गठबन्धन) को हो । त्यो अलायन्सको सोच चीनसँग मिल्दोजुल्दो छ भन्ने कुरामा धेरै मानिसलाई शंका नभएको होइन । तर नेपाली वामहरूको सोच फरक किन पनि छ भने नेपालका लेफ्ट पार्टीहरू ‘डेमोक्रेटिक सोसियलिजम’ (लोकतान्त्रिक समाजवाद) मा विश्वास गर्छन् । चीनको र नेपालका लेफ्ट पार्टीहरूको राजनीति गर्ने तरिकामा नै फरक छ । केही कÞुराहरूमा तिनीहरूबीच समानता पनि हुन सक्छ । तर राजनीति र लोकतन्त्रको कुरा आउँदा उनीहरूबीचको फरक देखिन्छ ।
माओवादी अब मूलधारमा आइसकेको छ । एमाले पनि लोकतान्त्रिक पार्टी नै हो । चाहे त्यो लेफ्ट पार्टी नै किन नहोस् । यो कुरा पनि सत्य हो — नेपालका लेफ्ट पार्टीहरूको प्रभाव चीनसँग मिल्दोजुल्दो हुनसक्छ । तपाईंलाई थाहा होला नेपालका निर्माता पृथ्वीनारायण शाहले १७४६ मा भनेका थिए — नेपाल दुई ढुङ्गाबीचको तरुल हो । अनि नेपालले चीन र भारत दुवैलाई सन्तुलन गर्नुपर्छ । पृथ्वीनारायण शाहले भनेका कुरा अहिले पनि त्यत्तिकै सान्दर्भिक छ । केपी ओलीजी प्रधानमन्त्री बन्दै हुनुहुन्छ र त्यसमा अब कसैलाई शंका पनि नहोला । उहाँले भनिसक्नु भएको छ — ‘वी विल फलो अ ब्यालेन्स्ड पोलिसी बिटवीन इन्डिया एन्ड चाइना’ (हामी भारत र चीनबीच सन्तुलनको नीति अपनाउँछौं) । मलाई लाग्छ, ओलीजीले जे भनिरहनुभएको छ त्यसैगरी विदेशनीति पनि कार्यान्वयन गर्नुहुनेछ ।
अनि भारतले पनि अब नेपाल कम्युनिस्ट देश बन्नेछ, चीनतर्फ बढ़ी बफादार हुनेछ भनी सोच्नु भएन । भारतले अब नेपाललाई बड़ो ध्यानपूर्वक हेर्नुपर्ने हुन्छ । चीनले श्रीलंका, पाकिस्तान, बर्मा, अफगानिस्तान अनि अफ्रिकी देशहरूमा के गरेको छ भनी भारतले हेर्नुपर्छ । नेपाललाई श्रीलंकाको दृष्टिकोणले हेर्नुभएन नि भारतले । अर्को कुरा के हो भने भारत र नेपालबीच लक्ष्मणरेखा पनि छ ।
नेपाल र भारतबीचको सम्बन्धमा चीनका लागि केही रेड लाइन्स अर्थात् लक्ष्मणरेखाहरू पनि छन् । चीनले त्यो कुरा स्मरण गर्नु जरूरी छ । चीनले नेपालमा केही हाइड्रो प्रोजेक्ट वा एक्सप्रेसवे वा हाउजिङ प्रोजेक्ट्स लगायत थुप्रै परियोजना लागू गर्न चाहेको छ । चीनले रेल्वे लाइन लुम्बिनीसम्म लग्न चाहेको छ । अन्य थुप्रै कतिपय परियोजनाहरू ऊ लागू गर्न चाहन्छ । त्यो परिस्थितिमा भारतसँग नेपालले अवश्य नै कुरा गर्नुपर्ने हुन्छ ।
दोस्रो कुरा के हो भने नेपालको तराई मधेश क्षेत्रमा नेपाल र भारतबीच समझौता नै भएको छ । सम्झौताअनुसार, चीनको कुनै पनि परियोजना तराईमा बन्दैन । जस्तै, सन् १९८५ मा पूर्व–पश्चिम कोहलपुर राजमार्ग बन्न लाग्दा चीनले सबभन्दा कम बोली लगाएको (लोवेस्ट बिडर) थियो । तैपनि राजा वीरेन्द्रले चीनलाई त्यो परियोजना दिएनन् । भारतले मधेशमा चीनको लगानी होस् भन्ने चाहँदैन किनभने चीनको मजदूर सँगसँगै सेना पनि परियोजनामा काम गर्न आउने गर्छ । चिनियाँ सेना र नेपाली सेनाबीच साटासाट भयो भने वा सेनाको संख्या बढ्यो भने भारतले त्यसको विरोध गर्नेछ ।
नेपालले भारतमा थुप्रै नेपाली सैनिकहरू कार्यरत छन् भन्ने बुझ्नुपर्छ । त्यसैले नेपाली सेना र चिनियाँ सेनाबीचमा बड़ो सावधानीपूर्वक सम्बन्ध स्थापित हुनुपर्दछ । त्यसको कुनै पनि नकारात्मक असर भारतलाई नपरोस् भनी सचेत हुनुपर्छ । चीन नेपालको तराईसँग सम्पर्क (कनेक्टिभिटी) को बहानामा आफ्नो क्रियाकलाप (एक्टिभिटी) गर्न चाहन्छ । त्यसैले नेपालमा बन्ने नयाँ सरकारले यी कुराहरूमाथि अवश्य नै सोचविचार गर्नेछ । सन् १९५० को शान्ति तथा मैत्री सम्झौता अझै पनि कायम छ । दुवै देशले यो कुरा बिर्सनुहुँदैन । केपी ओलीजी प्रधानमन्त्री भएको बेलामा चीनसँग १० वटा सम्झौता गर्नुभएको थियो, त्यसैले स्वाभाविक रूपमा भारतमा पनि के भावना छ भने ओलीजीले चीनतर्फ बढ़ी झुकाव राख्नुहुनेछ । चीनसँग वहाँले भारतको स्वार्थ र सुरक्षाको सरोकारमाथि प्रश्न उठ्नेगरी सम्झौता गर्नुहुँदैन ।
विगतमा भारतसँग ओलीजीको सम्बन्ध तिक्ततापूर्ण रह्यो । के अब सम्बन्धमा सुधार आउला ?
अवश्य नै सुधार आउँछ । उहाँले नेपालमा सरकार बनाउनुहुनेछ । ओलीजी नेपालको प्रधानमन्त्री बन्नुहुनेछ । कमसेकम दुईदेखि पूरै पाँच वर्षका लागि प्रधानमन्त्री उहाँ नै रहनुहुनेछ । नेपालको जनताले वाम गठबन्धनलाई भोट दिएका छन् । लेफ्ट अलायन्सको प्रधानमन्त्री केपी ओली नै हो । एक जमानामा ओलीजी विदेशमन्त्री हुँदा भारतसँग उहाँको धेरै नै राम्रो सम्बन्ध थियो । पछिल्लो समय नाकाबन्दी भएपछि नेपाली जनतालाई धेरै नै चोट पुगेको थियो । त्यो चोटको राजनीतिक फाइदा ओलीजीले धेरै राम्रोसँग उठाउनुभयो । नाकाबन्दीकै कारण उहाँ आफ्नो देशमा राष्ट्रवादी नेताको रूपमा उदाउन सफल हुनुभएको हो ।
उहाँलाई नेपाली जनताले पत्याएका छन् । नाकाबन्दीबाट यदि कसैलाई फाइदा पुगेको छ भने त्यो ओलीजीलाई मात्र हो । नाकाबन्दीकै कारण उहाँको नजर चीनतर्फ पुग्यो । नाकाबन्दी नभइदिएको भए शायद उहाँले चीनसँग ती सम्झौताहरू नै गर्नुहुन्थेन । उहाँले केही सम्झौता नाकाबन्दीको दबाबका कारण गर्नुभयो भने केही सम्झौता भारतलाई सन्तुलनमा राख्नका लागि गर्नुभयो । यो त राजनीतिको तरिका नै हो । त्यो त पृथ्वीनारायण शाहले सिकाएको तरिका नै हो ।
तर अब उहाँले दुई छिमेकीबीच सन्तुलन कायम राख्छु भनिसक्नुभएको छ । त्यसैले अब सम्बन्ध सुध्रिन्छ । उहाँ प्रधानमन्त्रीको रूपमा भारतको भ्रमणमा आउनुभएको बेलामा थियो मैले उहाँलाई सोधेको पनि थिएँ — भारतसँग तपाईंको सम्बन्ध कस्तो छ ? अनि उहाँले मलाई भन्नुभएको थियो — केही असमझदारी मात्र भएको हो । त्यो असमझदारी हामीले हटाइसकेका छौं । तर मलाई त्यो असमझदारी अझै पनि छँदैछ जस्तो लाग्छ । तर कÞुराकानीको माध्यमले त्यो हट्नसक्छ ।
मलाई लाग्छ, उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई राम्ररी बुझ्नुभएको छ । नेपाल र भारतबीच खुला सिमाना छ, १९५० को सन्धि छ, हाम्रो इतिहास, भूगोल, रोटीबेटीको सम्बन्धको तुलना चीनले कहिल्यै पनि गर्न सक्दैन । त्यसैले भारत आफ्नो ठाउँमा छ, चीन आफ्नो ठाउँमा छ । त्यो कुरालाई ओलीजीले राम्रो तरिकाले बुझ्नुभएको छ ।
भारतको नेपाल नीति फेल खायो भनेर यहाँ टिप्पणी हुन्छ । के भारतले नेपाल नीतिमा समीक्षा गर्ला त ?
भारतबाट अलिकति गल्ती त भएकै हो । भारतले संविधानलाई जसरी स्वागत गर्नुपर्ने थियो, त्यो नगरेर गल्ती गरेकै हो । त्यसको ठाउँमा भारतले खासगरी मधेशी समुदायको आधारभूत अधिकारहरू संविधानमा समेटेर समावेशी संविधान बनाओ भनेर भनेको हो । भारतले त्यसैको प्रचार गर्ने कोशिश ग–यो । भारतको भनाइ ठीक थियो तर तरिका एकदमै गलत थियो । नाकाबन्दी नगर्नुपर्ने थियो । भारतको कूटनीति त्यहाँ फेल भएकै हो ।
नाकाबन्दीका कारण नेपाली जनताले जे झेल्नुप–यो, त्यो कुराले नेपालमा भारतविरोधी भावना बढ्यो । त्यसले गर्दा आज ओलीजीको पक्षमा बहुमत आएको छ । मलाई लाग्छ, त्यसपछि भारतले संविधानको विषयमा धेरै कुरा भनेको छैन । समावेशी बनाऊ मात्र भनेको हो । संविधान संशोधनको विषय संसदमा लगिएको पनि थियो तर ओलीजीको विरोधका कारण पारित हुनसकेन ।
के संविधान संशोधनको विषय अब सकियो ?
त्यो मुद्दा त रहिरहन्छ । ओलीजीले अहिले तत्कालै संशोधन नगरेपनि पछि त गर्नैपर्छ किनभने लेफ्ट अलायन्समा प्रचण्डजी पनि हुनुहुन्छ । उहाँले संशोधन प्रस्तावलाई समर्थन गर्नुभएको छ । केही वर्षपछि भएपनि संशोधन त गर्नैपर्छ ।
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...