चर्चित गायिका रमिला भन्छिन्– काम गरेर तल परिन्न

पुस १०, २०७४

लोक गायिका रमिला न्यौपाने र गायक खुमन अधिकारीको आवाजमा नयाँ गीति एल्बम ‘तल परिन्न’ सार्वजनिक भएको छ । 

आफ्नो काम गरेर तल परिन्न भन्ने बोलको गीत रमिला न्यौपाने र रामप्रसाद कँडेलले बजारमा ल्याएका हुन् । 


गीतमा छोरा र छोरीले गर्ने काम भनी कामको वर्गिकरण भन्दा सक्ने काम सवैले गर्नुपर्छ भन्ने चेतनामुलक सन्देश दिन खोजिएको छ । समाजको पुरानो मानसिकतामा परिवर्तको आवश्यकता भएको भन्दै गायिका न्यौपानेले आफूले सकेको काम महिला वा पुरुषको भन्दै छाड्नु नहुने बताइन् । आफ्नो काम गरेर सानो नहुँने भन्दै उनले बरालिएर बस्नु भन्दा महिला र पुरुषको सहकार्यबाट काम गर्दा राम्रो हुने बताइन् । 

आफ्नो कामलाई घृणा गर्ने आफै पछि पर्छन् भन्दै गीतमा भनिएको छ, राम्रो सोचाइ हुनेहरुले राम्रो काम गर्छन्   । 

काम गरेर खाने मान्छे कहिले पनि भोकै मर्नु पदैन् उनले भनिन ‘मनोरञ्जनसँगै सन्देश मुलक गीत हो,यसले समाजमा केहि सन्देश पनि दिन्छ ।

खुमन अधिकारीको लय तथा रमिला न्यौपानेको शब्दमा रहेको उक्त गीत आशिष म्युजिक प्रा ली बाट बजारमा आएको छ भने चर्चित निर्देशक प्रकाश भट्टले उक्त भिडियोमा निर्देशन गरेका छन् । राजेश घिमिरेको छायांकबनमा रहेको उक्त भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् । भिडियोमा खुमन र रमिलाले आफैले अभिनय गरेका छन् । रमिलाले यसअघि आज भेट्न आउँदिन है सानु, पंखा चलाइदेउ लगायका चर्चित गीत बजारमा आइसकेका छन् । 

पुस १०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस