×

NMB BANK
NIC ASIA

बिमाकुमारी दुरा जसले वीरेन्द्रको जुठो रक्सी खाएर गीत गाइन् !

पुस १४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

छुट्यो मायाजाल’ शीर्षकको गीत गाउँदा शायद उनलाई लागेको थिएन होला, पहिलो एल्बमको गीतको बोल जस्तै हुन जाला जीवन ।

Muktinath Bank

बिमा कुमारी दुरा नेपाली लोकदोहोरी गायनमा आकाश छोएको नाम हो । लमजुङको दुराडाँडामा २०२८ सालमा जन्मेकी दुराले ६ हजार जति गीतमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । बिमा कुमारी दुरा ‘लाइछु माया अर्कैको नासो’ भन्ने गीतबाट गायन यात्राको औपचारिक शुरुवात गरेकी दुराको वास्तविक जीवनमा पनि यस्तै नै भयो । आफूले माया गरेको मान्छे अर्कैको नासो भएको थाहा पाएपछि दुरा अहिले एकमात्र छोरीसँग बस्दै आएकी छिन् । काठमाडौंको भीडभाडबाट टाढा काभ्रेस्थलीमा बस्ने दुरालाई पोहोरको भुँइचालोले नराम्रोसँग तर्साएको रहेछ र त गोंगबुमा भएको आफ्नो साढे चार तले घर भाडामा लगाएर यहाँ टहरा बनाएर बसेकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 २०४७ सालमा रेडियो नेपालले आयोजना गरेको प्रतियोगितात्मक लोकगीत सम्मेलनमा प्रथम भएपछि उनले आफ्नो सक्रिय गायन यात्राभर कसैसँग प्रतिस्पर्धा गर्नुपरेन । “एक नम्बर’की गायिकाका रूपमा स्थापित गायिका बिमा कुमारी दुरा आफ्नो जमानाकी अब्बल गायिकाको रूपमा रहिरहिन् । उनको पहिलो एल्बम ‘छुट्यो मायाजाल’ त्यतिखेरको सबैभन्दा बढी बिकेको एल्बममा पर्छ । संयोग नै मान्नु पर्छ उनको पहिलो गीत र पहिलो एल्बमले उनको जीवनको वास्तविकता पहिले नै बोलिसकेका थिए ।


Advertisment
Nabil box
Kumari

“विवाहमा धोका”

Vianet communication
Laxmi Bank

आमाबाबुको सहमतिविना नै दुराले बागलुङका भक्त श्रीषसँग लगनगाँठो कसिन् । तर उनको दुर्भाग्य, आफ्नो सर्वस्व सुम्पेर गएको मान्छे अर्कैको नासो भएको पछि मात्र थाह पाइन् । एउटी छोरी जन्मेपछि उनको श्रीमानसँग बस्ने सपना अधुरै रह्यो । अहिले संसार हेरेर आफूले चित्त बुझाउने गरेको बताउने दुरा आफ्ना श्रोताहरुलाई नै आफ्नो जीवनसाथी भन्न रुचाउँछिन्

२०४५ सालमा पहिलोपल्ट काठमाडौं देखेकी बिमा कुमारी दुरा तत्कालीन राजा वीरेन्द्रको जन्मदिनमा दोहोरी गाउन यहाँ आएकी थिइन् । तृतीय पुरस्कार जितेकी दुरालाई त्यसैबेला म्युजिक नेपालले एउटा एल्बम गर्ने अवसर प्रदान गर्यो । एल्बम रेकर्ड गरेर गाउँ नै फर्केकी उनी रेडियो नेपालको लोकप्रिय कार्यक्रम चौतारीमा गीत गाउन फेरि आइन् काठमाडौं । यसरी काठमाडौं आउने जाने गर्दा गर्दै दुरा नेपालकै चर्चित गायिकाका रूपमा स्थापित भइसकेकी थिइन् ।

 “नपढेकोमा गुनासो छैन”

 स्कूलमा पाइला समेत नटेकेकी दुरालाई बाबुले खरानीमा अक्षर लेख्न सिकाएका हुन् । कखरा मात्र सिकेकी दुरा अहिले सामाजिक सञ्जाल चलाउनुका अलावा अंग्रेजी पनि बुझ्छिन् ।
छोरीलाई पढाउने संस्कार नभएको बेलामा आफ्ना अभिभावकले पनि त्यही संस्कारलाई पछ्याएको उनको ठम्याइ छ । बेलामा पढ्न पाएको भए आफू देशमा मात्र नभई विदेशमा समेत चर्चित हुने उनको बुझाइ छ । तर पनि पढेका मान्छेले काम नपाएको अहिलेको अवस्था देख्दा नपढेकोमा उनको गुनासो छैन ।

मेलापातमा गीत गाउँदा नै उनको मनमा एउटा सपना थियो, देशको लोकप्रिय गायिका बन्ने । भयो पनि त्यस्तै । रेडियो नेपालका गीतहरू नै उनका प्रेरणाका स्रोत हुन् । उनलाई न गीतको गुरु थाप्नु पर्यो न त उनलाई कुनै वाद्ययन्त्र बजाउन नै आउँछ । गाउन कुनै रियाजसम्म नगर्ने दुरा साँच्चिकै सरस्वतीको प्रसाद नै हुन् भन्दा अत्युक्ति नहोला । दोहोरी गाउँदा अब्बल ठानिएका गायक गायिकाहरूलाई समेत हराएको अनुभव छ उनीसँग । ‘यो दाजुको मिर्मिरे आँखा’ गायक प्रवीण गुरुङसँग गाएको गीतले त उनलाई अझ नयाँ चिनारी थपिदियो ।

‘वीरेन्द्र सरकारको जुठो रक्सी’

 गायिकाको रूपमा सांस्कृतिक संस्थानमा जागिर पनि खाइन् दुराले । अस्थायी जागिर पाँच वर्षभन्दा टिकेन । दरबारकी गायिकाको रूपमा समेत दुई वर्ष गीत गाएकी दुरा राजा वीरेन्द्रको अगाडि गीत गाउँदा आफूलाई झन् बढी उत्साह थपिने गरेको अनुभव सुनाउँछिन् । ‘वीरेन्द्र सरकार’सँग बोल्न नपाएपनि गीत गाउने क्रममा राजा वीरेन्द्रको जुठो खाएको स्वीकारिन् । ‘सरकारको जुठो रक्सी खाएँ, यो भन्न मलाई लाज लाग्दैन’, सगर्व उनले भनिन् ।
 

अन्य गायक गायिकाहरूको एल्बममा पर्म गरेर गाउने प्रचलन थियो उतिबेला । बमबहादुर कार्कीसँग बिमाले धेरै गीत गाइन् । उनीहरूको ‘जोडी’ले गाएको दासढुङ्गा एल्बमको बिक्रीको रेकर्ड त नेपालमा अहिलेसम्म कसैले बनाउन नसकेको दुराले बताइन् । फुल्यो निमपत्ता, चिनो र छुट्यो मायाजाल एल्बम आफ्ना सबैभन्दा सफल मान्छिन् उनी तर आफूले गाएका सबै गीत अजर रहने उनको दाबी छ ।

एकदिनमा ६ वटासम्म गीत रेकर्ड गरेकी दुराले पछिल्लोपटक आफू चर्चामा रहँदा एउटा गीत गाएको १० हजारसम्म लिन्थिन् । तर सबैसँग उनले यो रकम लिइनन् । कहिलेकाहीँ रहर गरेर एल्बम गर्न खोज्नेलाई सित्तैंमा पनि गाउँथिन् ।

विदेशमा हुने कार्यक्रममा पनि बाक्लै उपस्थिति रह्यो उनको । आफ्नै कमाइमा बनाएको काठमाडौंको घर हेरेर आफ्ना विगतका दुःखका दिन सम्झने दुरा अहिले त्यही घरको भाडाबाट छोरी पढाउँछिन् ।

दुराको स्वरलाई मन पराउने भक्त श्रीषसँग २०५३ सालमा बिहेबन्धनमा बाँधिएकी दुरा अहिले यो कुराले चिमोटिरहन्छ । तीन वर्षको प्रेमपछि लुकीछिपी बिहे गरेकी दुरालाई एउटी छोरी चिनो दिएर भक्त छुट्टिएर बसे । सरकारी शिक्षक भक्त श्रीषसँग उनको भेट नभएको पनि अहिले १० वर्ष भइसक्यो । आफ्नो असफल वैवाहिक सम्बन्धलाई लिएर उनलाई कहिले पनि खल्लो लागेको छैन ।
 

‘राजीखुशी’ले श्रीमान्सँग अलग भएर बसेकी दुराको भविष्यको सहारा आफ्नी एकमात्र छोरी भएको बताउँछिन् । सपनाको संसारलाई ‘हुरीले उडायो’ भन्ने जस्तो लागेपनि गायनमै व्यस्त हुने भएकोले पतिसँग बिछोडिँदा पनि खासै नरमाइलो महसुस नभएको दुराको भनाइ छ ।
अचेल घर व्यवहार चलाउनैमा व्यस्त आफू जन्मेको ठाउँमा केही गरेर आफूलाई ‘अमर’ बनाउने उनको धोको छ । गाउँमा केही चिनो दिने विचार छ उनको । अबको बाँकी जीवन घरव्यवहार चलाउने, छोरीलाई स्थापित गराउनेमा आफू केन्द्रित रहने दुराले बताइन् ।
 

आफ्ना शुभचिन्तकको मायाको कारणले आफू स्थापित भएको उनको ठम्याइ छ । श्रोताहरूले माया गरेर गीतहरू सुनिदिएका कारण आफूले मनग्गे पैसा कमाएको दुरा बताउँछिन् । आफ्ना समकक्षीहरूसँग कहिल्यै प्रतिस्पर्धाको सोच नराखेको उनको दाबी छ ।
 

एकल जीवन बिताउन अलि कठिन हुने उनको अनुभव छ । आफूलाई फेरि नयाँ जीवन शुरु गर्नुपर्छ भनेर उकास्ने मान्छे भएपनि आफूलाई यस विषयमा सोच्ने फुर्सदै नभएको दुरा बताउँछिन् । आमा बाबुले यो कुरामा केही भन्ने आँट नगरेपनि आफूलाई चाहिँ प्रस्ताव राख्लान् कि भनेर डराउँछिन् दुरा ।
 

अहिलेका गीतहरू जति नै चर्चित भनेपनि उतिखेरका गीत जति कहिल्यै पनि हिट नहुने उनको ठहर छ । प्रविधिमा आएको बदलावले गर्दा गीतहरूमा चोरी हुने भएकोले कलाकार अहिले मर् नेगरेको दुराले बताइन् ।

आफ्ना गीतहरू कहिल्यै पनि नमर्ने उनको दाबी छ । लोकदोहोरी रेष्टुरेन्टहरूमा अहिले पनि आफ्ना गीत गाइने हुनाले नयाँ गीतको भन्दा पुरानै गीत अमर रहने विश्वास दुरामा छ ।
 

कुराकानीको अन्त्यमा दुराले लोकान्तर मार्फत सञ्चारमाध्यमहरूलाई जथाभावी शब्द र दृश्य भएका गीतहरू प्रसारण नगरिदिन अनुरोध गरिन् । अश्लील प्रकारका शब्द र दृश्यहरूले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा समेत बदनाम भइरहेकोमा उनको गुनासो छ ।

अार्काइभबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x