माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सन् २०१८ मा भारतलाई छिमेकी मुलुकहरूबाट नयाँ चुनौती आउनसक्ने सम्भावना छ । लगभग सबै छिमेकीमा आगामी १६ महिनामा चुनाव हुने भएका छन् ।
भारतका साथ बन्दै अनि बिग्रँदै गरेको सम्बन्धका बीच केही देशमा सत्ता परिवर्तनको संकेत पनि पाइएको छ । दोक्लम विवाद सुल्झाउनमा प्रमुख भूमिका खेल्ने विजय केशव गोखले आगामी विदेश सचिव बन्दैछन् । यस्तोमा छिमेकीहरूसँग भारतको सम्बन्ध कुन दिशामा अघि बढ्छ भनी हेर्नुपर्ने हुन्छ ।
नेपालमा केहि दिनमा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना छ । उनी भारतविरोधी र चीनसमर्थक मानिन्छन् ।
पाकिस्तानमा यसै वर्षको जुन महिनामा चुनाव हुने भएको छ । पाकिस्तानसँग भारतको सम्बन्ध लगातार बिग्रिरहेको छ ।
माल्दिभ्समा सेप्टेम्बरमा राष्ट्रपति निर्वाचन हुने भएको छ । त्यहाँका राष्ट्रपति अब्दुल्ला यमीन पनि भारतविरुद्ध बोलिरहेका छन् ।
दोक्लम विवादपछि भुटानको महत्त्व पनि भारतका लागि धेरै बढेको छ । नयाँ सरकारले भारतप्रति कस्तो दृष्टिकोण राख्छ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ ।
अर्को छिमेकी मुलुक बंगलादेशमा पनि सन् २०१८ को अन्त्य वा सन् २०१९ को आरम्भमा चुनाव हुनसक्छ । भारतका लागि बंगलादेशको चुनाव धेरै महत्त्वपूर्ण हुन्छ किनकि भारतले शेख हसिना र उनको सरकारसँग मिलेर धेरै काम गरेको छ र त्यहाँ भारी लगानी पनि गरेको छ ।
तर हसिनाले सत्ताविरोधी लहरको सामना गरिरहेकी छन् । त्यसैले त्यहाँको चुनावी परिणामले भारतसँगको द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सम्बन्धमा निश्चित रूपमा असर पार्छ ।
त्यसैगरी अफगानिस्तानमा यसै वर्ष जुलाइमा संसदीय चुनाव हुँदैछ भने राष्ट्रपति निर्वाचन अप्रिल २०१९ मा हुनेछ ।
सन् २०१९ को लोकसभा चुनावभन्दा पहिले श्रीलंकाबाहेक अन्य सबै छिमेकी मुलुकका राजनीतिक समीकरण बदलिएका हुनेछन् । भारतको काम दुई कारणले अप्ठ्यारो हुने देखिन्छ ।
पहिलो, वर्तमानको सफलता भविष्यको असफलताजस्तो लाग्छ र यो लगातार कूटनीतिक चुनौती बनेको छ ।
अर्को, चीनले भारतका सबै छिमेकी मुलुकहरूका साथ सम्बन्ध विस्तार गरिरहेको छ ।
खासगरी नेपालसँगको सम्बन्धका विषयमा भारतबाट ‘ठूला गल्ती’ भएका छन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् परियोजना चीनबाट खोसेका थिए तर नयाँ सरकारले चीनलाई यो परियोजना फर्काउने वाचा गरेको छ । मोदी बिमस्टेक शिखर सम्मेलनमा भाग लिनका लागि नेपाल जान सक्छन् तर ठूलो प्रश्न यो छ ः ओली सरकारले भारतलाई पहिलेको जत्तिकै महत्त्व देला त ?
पाकिस्तानको कुरा गर्नुपर्दा भारतसँग उसको सम्बन्ध पहिलेदेखि नै खराब छ । दुई देशबीच कुनै आधिकारिक कुराकानी भएको छैन । पाकिस्तानलाई चीनको समर्थन, चीन–पाकिस्तान आर्थिक कोरिडोर र आतंकवादको मुद्दामा पाकिस्तानको दोहोरो भूमिकाले द्विपक्षीय सम्बन्धमा खराब असर पारेको छ ।
माल्दिभ्सका साथ भारतको सम्बन्ध बिग्रँदै गएको छ । हालै माल्दिभ्स सरकारले भारतीय राजदूत अखिलेश मिश्रासँग भेटघाट गरेको भन्दै तीन पार्षदलाई निलम्बन गरेको थियो ।
यस घटनालाई भारत र माल्दिभ्सको कमजोर हुँदै गएको सम्बन्धका रूपमा हेरिएको छ । माल्दिभ्सले चीनसँगको सम्बन्ध पनि बढाएको छ । सबभन्दम चिन्ताको विषय त भारतसँग उसको सम्बन्धमा उसले विश्वास घटाएको छ ।
अर्कोतर्फ बंगलादेश, म्यान्मार र भुटानसँग भारतको सम्बन्ध बलियो छ । भारतले खासमा बंगलादेशमा धेरै लगानी गरेको छ । त्यहाँ ठूला कनेक्टिभिटी परियोजनाहरूमा भारतले पैसा लगाएको छ । त्यसबाहेक भारतले त्यहाँ विकास र रक्षाको क्षेत्रमा पाँच अर्ब डलर लगानी गर्ने प्रस्ताव गरेको छ । रोहिंग्या संकटको समयमा पनि भारतले शेख हसिना सरकारसँगको सम्बन्धलाई ध्यानमा राख्दै आफ्नो अडानमा परिवर्तन गरेको थियो ।
म्यान्मारसँगको सम्बन्धमा सन्तुलन कायम राख्नका लागि भारतले रखाइन प्रान्तमा अढाइ करोड डलरको सामाजिक आर्थिक विकास योजना प्रस्ताव गरेको छ । यसमार्फत केही रोहिंग्याहरूलाई फर्काउने योजना छ ।
भुटानको कुरा गर्दा दोक्लम विवादका बेलामा उसको भूमिका महत्त्वपूर्ण रह्यो तर भुटानका लागि महत्त्व राख्ने मुद्दामा भारतको ढिलासुस्ती पनि देखियो । भुटानको युवापुस्ताले भारतसँग निकटता अनुभव गर्दैन भन्ने आँकलन गरिएको छ । भुटानमा चुनाव हुन लागेको अवसरमा भारतले सम्बन्ध सुदृढीकरणमा काम गर्नुपर्नेछ ।
नवभारत टाइम्समा प्रकाशित इन्द्राणी बागचीको विश्लेषणको भावानुवाद
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...