मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पुस १९, २०७४
रामेछाप, १९ पुस– रामेछाप सदरमुकाम मन्थलीबाट १६ किलोमिटर पश्चिम हिँडेपछि पुगिन्छ, ग्वादी गाउँ । रामेछाप नगरपालिकाको ४ नम्बर वडामा पर्ने यो गाउँको कुनै विशिष्ट पहिचान त छैन । तर यहाँ बसोबास गर्ने ‘हायु’ समूदायका व्यक्ति भने आफ्नो पहिचान नै मेटिने हो कि भन्ने चिन्तामा छन् ।
देशभर २ हजार ९ सयको संख्यामा रहेका ‘हायु’ समूदायका मानिसको मुख्य पेषा साहुको ‘नोकरी’ गरेर गुजारा चलाउनु हो । तराई क्षेत्रमा थारु समुदायका व्यक्ति साहुको घरमा ‘कमैया’ बसेजस्तै रामेछापलगायत पहाडी क्षेत्रमा ‘हायु’ समुदायका पुरुष ‘कमारा’ बस्छन् ।
‘हायु’ जातिका व्यक्तिहरु आफ्नो पूर्खाको विकास रामेछापको सिकाजोल भन्ने ठाउँबाट भएको मान्छन् । अहिले यो समुदायका मानिस काभ्रे, सिन्धुली, रामेछाप, सर्लाही, महोत्तरी लगायत जिल्लामा पनि फैलिएका छन् ।
रामेछापको ग्वादी गाउँमा करिव १ हजार ७ सयको हाराहारीमा यो जातिका मानिसको बसोबास छ । अरुको घरमा काम गरेर जीविका चलाउने यो समुदायका मानिसको आर्थिक अवस्था दयनिय छ ।
अहिले भने शिक्षा मन्त्रालय र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) संयुक्त पहलमा ‘हायु’का बालबालिकाहरु विद्यालय जान थालेका छन् ।
युएनडिपीसँगको सहकार्यमा नेपाल सरकारले सञ्चालन गरेको ‘मेडेप’ नामक परियोजनाले हायु समुदायका व्यक्तिका लागि आम्दानीमूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । हालै मात्रै १५ दिने व्यवसायिक मौरीपालन तालिम सञ्चालन गरिएको परियोजनाका संयोजक भुमी भण्डारीले जानकारी दिए ।
उक्त तालिमबाट हायु समुदायका ८० घर लाभान्वित भएका छन् । उनीहरुलाई प्रतिव्यक्ति २ का दरले मौरीका घार समेत उपलब्ध गराइएको कार्यक्रम संयोजक भण्डारीले बताए ।
हायु समुदायमा औषधिको रुपमा लिइने चिउरीको मह उत्पादन गर्न विशेष जोड दिइएको छ । ‘ग्वादी माहुरी कृषि लघुउद्यमी समूह’मा आवद्ध भएर चिउरीको मह उत्पादन गर्दै आएका हायु समुदायका व्यक्तिले राजधानी काठमाडौंसम्म आफ्नो उत्पादन पुर्याउँछन् ।
हायु समुदायले उत्पादन गर्ने महका लागि काठमाडौंको गण्डकी बी कन्र्सनले बजार व्यवस्थापन गर्दै आएको छ । त्यहाँ उत्पादित मह गण्डकी बीले एकमुस्ट रुपमा प्रतिकिलो ७०० रुपैयाँ दरले खरिद गर्छ ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...