मंसिर १४, २०८०
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
काठमाडौँ, २१ पुस–जनसांस्कृतिक महासंघको सभाकक्षमा जनवादी गायक जेबी टुहुरेले एकदेव ज्ञवालीको पुरानो ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीत गाउँदा उपस्थित दर्शकले पनि स्वरमा स्वर मिलाएर गाए ।
जनसंगीत मञ्च नेपालले आयोजना गरेको ‘आरोह जनसंगीत यात्रा–२५’मा टुहुरेको एकल गान कार्यक्रममा स्रोेताले पनि गीतमा स्वर मिलाउँदै गाए । करिब १० वटा गीत गाउनुभएका टुहुरेले उक्त गीत अन्तिममा गाउँदा स्रोता झन् उत्साहित हुँदै थिए ।
गीत गाउने क्रममा उनले पहिले चुलोचौका गर्ने महिलाहरु अहिले राज्यको प्रमुख स्थानमा पुगेकामा खुशी व्यक्त गरे । ‘‘पहिला उक्त गीत आमा, दिदी बहिनीको वेदना देखेर गाए पनि अहिले भने परिवर्तन आएको छ,’ उनले भने, ‘अहिले हाम्रा आमा, दिदीबहिनी राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखसम्म बन्नुभयो ।’
कार्यक्रममा मदन भण्डारीको निधन, विदेशमा श्रम गर्दाका समस्या, बसाइँ सर्नेको व्यथा, राष्ट्रिय एकता, छुवाछुतविरुद्ध, गाउँमा उकालीओराली गर्दाको दुःख विसं २०४५ माघ १ मा पञ्चायतले पिस्करमा गरेको दमनजस्ता विषयका १० गीत गाएका थिए ।
‘साना साना ढुङ्गा माटो मिली अग्लो पहाड बन्छ, साना साना खोलाखोली मिली ठूलो नदी बन्छ, सागर बन्छ’, ‘पानी चल्दैन रे तर रगत चल्दछ, कहिलेसम्म यस्तो ढोंगी जगत् चल्दछ’, ‘पसिना झार्दै तरर, चार दिनको बाटो कटारी बजार ’ जस्ता बोलका गीत गाउँदा ७३ वर्षीय टुहुुरेमा तीसको दशककै जस्तो जोश थियो ।
उनलाई गायनमा माधव प्रधान, डम्बर पहाडी, आकाश गोर्खाली, भागीरथ सुस्लिङ र वेदनिधि नेपालले संगीतमा साथ दिएका थिए । आफ्ना गीतहरु गाउनुपूर्व उहाँले गत मंसिर ६ गते निधन हुनुभएका जनवादी गायक खुशीराम पाख्रिनका गीत गाएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं ३ मा नवनिर्वाचित कृष्ण राईले मदन भण्डारीलाई आफूहरुको सांस्कृतिक अभियानले नै शुरुमा प्रस्तुत गरेको जानकारी दिए । नेकपा एमाले संस्कृति विभाग प्रमुख तथा महासंघका अध्यक्ष खगेन्द्र राईले जनसंगीत यात्रामा नयाँ पुराना दुवै प्रतिभालाई स्थान दिइने बताए ।
महासंघका महासचिव प्रेमनाथ अधिकारीले टुहुरेका गीतले वास्तविक समाजको चित्रण गर्ने बताए । मञ्चले हरेक महिनामा एक जनवादी गायकलाई एकल प्रस्तुति गर्ने अवसर दिँदै आएको छ ।
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...