×

NMB BANK
NIC ASIA

सुत्केरी हुँदा पानी त पैंचो मागेर पिए, कहाँबाट पाउनु पोषिलो खानेकुरा ?

पुस २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धादिङ, २५ पुस– ‘पानी लिन जान एक घण्टाको पैदल हिँड्नुपर्छ । मलाई त दुई घण्टा नै लाग्छ,’ कोखमा ६ महिनाको बच्चा खेलाउँदै गरेकी फुलमाया चेपाङले भनिन् । 

Sagarmatha Cement
Muktinath Bank

धादिङको ब्रुसवाङकी फुलमायाले पहिलो बच्चा पाउँदाका पीडा सुन्दा मात्रै पनि आङ सिरिङ हुन्छ । ‘बुढा घरमा छैनन् । पानी पनि आफैंले ल्याउनु पर्छ । सुत्केरी हुँदा त मैले सासुससुराबाट पानी पैंचो मागेर खाए,’ फुलमायाले आफ्ना पीडा यसरी सुनाइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुत्केरी हुँदा पानी समेत पैंचो मागेर खानु परेको पीडा भोगेकी फुलमायालाई पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने थाहा नभएको हैन । उनको पनि चाहना थियो, बच्चा र आफ्नो स्वास्थ्यका लागि पौष्टिक आहार खाने । तर चाहँदैमा कहाँ पूरा हुन्छ र ? 


Advertisment
Nabil box
Kumari

‘तीर्खा मेट्ने गरी पानी समेत पिउन पाइँदैन । पौष्टिक आहार भनेको के हो ?’ फुलमायाले प्रश्न गरिन् । 

Vianet communication
Laxmi Bank

पुस्तौंदेखि तीर्खा मेट्ने पानी र भोक मेट्ने खानाका लागि संघर्ष गरिरहेका दक्षिणी धादिङको ब्रुसबाङका चेपाङ समुदाय भएको बस्तीमा स्थलगत अवलोकन गर्न पुगेको जिल्लाको उच्चस्तरीय टोलीसँग फुलमायाजस्तै गुनासो गर्ने धेरै भेटिए । 

‘सुत्केरी हुँदा पानी त पैंचो मागेर खाए, कहाँ बाट पाउनु पोषिलो खाना ? हामी चेपाङले अन्नपानी खान, स्वास्थ्य, शिक्षाको अवसर कहिले पाउछौं सर ?’ धादिङबेशीबाट गएको टोलीलाई फुलमायाले प्रश्न गरिन् । 

दक्षिणी धादिङको ब्रुसवाङमा रहेका ३६ घर चेपाङ परिवार वरिपरिको विकास हेरर बसेका छन् । आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य र खानेपानीको सुविधाको माग गर्दै उनीहरुले धेरै पटक सदरमुकाम धादिङबेशी पुगेर स्थानिय प्रशासनमा आफ्नो ससमस्या बताइसकेका छन् ।

सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीको व्यवस्था गर्न नसक्ने भए बस्ती नै स्थानान्तरणको माग गदैं आएका छन् । तर सरकारले न उनीहरुको समस्या समाधान गरिदिएको छ नत सुविधा भएको ठाउँमा सार्न सकेको छ । सरकारले सुविधा दिने आसामा वर्षौं बितेपनि उनीहरुको समस्या भने उस्तै छ ।

‘हाम्रा लागि कि खानेपानी ल्याइदिनुस् कि घरजग्गासहित पानी, स्कुल भएको ठाँउमा बस्ती सारीदिनुस्,’ स्थानीय  प्रेम बहादुर चेपाङले उच्च स्तरिय टोलीसँग आग्रह गरे, ‘शिक्षा नभइ काम गर्न नपाउने अवस्था छ, हाम्रा बालबालिकाले बाल शिक्षाकै भरमा भविस्यमा के काम पाँउछन्  ? पढ्ने अवसर पाए हाम्रा बालबच्चाले  पनि अरु जातिसरह हुन सक्थें ।’

चोपाङ समुदायको गुनासो सुनेपछि धादिङका प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले पानीको व्यवस्थापन गर्न नसकिने भएकाले बस्ती स्थानान्तरण गरिने आश्वासन दिए ।

‘वस्ती पहाडको चुचुरोमा भएको र आसपासका डाँडाहरुमा पानीका मुहान नभएका कारणले पानीको व्यवस्था गर्न सहज छैन,’ प्रजिअ भण्डारीले भने, ‘त्यसको विकल्पमा बस्ती स्थानान्तरण गर्न सकिन्छ । रोकारवालाहरु मिलेर खानेपानी, आवास, स्कुल, स्वास्थ्य चौकी भएकोे क्षेत्र आसपास बस्ती सार्नुपर्छ ।’

ब्रसवाङको बस्ती स्थानान्तरण गरी एकीकृत सुविधा सहितको नयाँ बु्रसवाङ निमार्ण गर्न जिल्ला समन्वय समिति धादिङले यस अघि नै प्रतिवद्धता जनाएको जिल्ला समन्य समितिका प्रमुख जगन्नाथ नेपाले बताए । 

‘३६ परिवार ब्रुसवाङका चेपाङ समुदायले खानेपानी र खाद्यन्नको संकटमा जीवन गुजारीरहेका छन्,’ नेपाल चेपाङ संघका अध्यक्ष जीतेन्द्र चेपाङले भने, ‘यहाँका चेपाङ समुदायको विषयमा  ६ वर्षदेखि निरन्तर छलफल मात्रै चलिरहेको छ । समस्याको समाधान अहिलेसम्म भएको छैन ।’ 

उच्चस्तरीय टोलीमा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी, देवीदत्त गणका गणपति प्रमुख सेनानी भरत बुढाथोकी, बेनीघाट गाँउपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम बहादुर केसी, गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, वडा अध्यक्ष टंक बहादुर थापा, खाद्य अधिकारकर्मी, सञ्चारकर्मी सहितको टोलीले चेपाङ मसुदायसंग सामुहिक र व्यक्तिगत छलफल गरेको थियो ।

बस्ती पहाडको चुचुरो, हिमालको सामुन्ने छ । समुद्री सतहदेखि १ हजार ८ सय ४५ मिटर उचाइमा रहेको यो बस्तीमा गर्मीयाममा पनि हिउँदको जस्तै चिसो हुन्छ । 

यहाँ बस्ने ३६ परिवार १७० जना चेपाङसँग फेर्ने कपडा पनि छैन । जिउमै लगाएको कपडाको भरमा चिसा रात काट्न बाध्य छन् उनीहरु । 

खरको अभावका कारण धेरै जनाले घरको छानो समेत हाल्न पाएका छैनन् । पूरा रात तारा हेरेर बिताउनुपर्ने बाध्यता छ । 

खेतीको नाममा मकै मात्र फल्छ । त्यो पनि वर्षमा ६ महिना मात्रै खान पुग्छ । बाँकी ६ महिना जंगलका गिठा, सिस्नुका जरा र मुना खाएर बाँच्नुपर्छ । 

बाँस र निगालोका डोका, भकारी बनाउन सके केही आम्दानी हुन्छ । तर बजारसम्म पुर्याउनै मुश्किल पर्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x