बिहेको सिजन शुरु हुनै लाग्दा बढ्यो सुनको भाउ

पुस २७, २०७४

काठमाडौं, २७ पुस– बिहेको सिजन शुुरु सुरु हुनै लाग्दा सुनको भाउ बढेको छ । बिहिबार सुनको भाउ प्रतितोला रु ४०० ले बढेको छ ।

हिजोको तुलनामा आज छापावाला सुनको मुल्य ४ सयले बढेर प्रतितोला ५६ हजार ४ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको तोलाको ५६ हजार १ सयमा कारोबार भइरहेको छ । चाँदी आज तोलामा ७५० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 

पुस २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस