एयर एसियाले भाका सार्‍यो, विमानस्थललाई तिर्नुपर्ने २० करोड फागुनमा तिर्ने

पुस २७, २०७४

काठमाडौं, २७ पुस- मलेसियाको वायुसेवा कम्पनी एयर एसिया एक्सको नेपालका लागि आधिकारिक टिकेटिङ कम्पनी इन्सेन्टिभ गु्रपले त्रिभुवन बिमानस्थललाई तिर्नुपर्ने बक्यौता रकमको भाका फेरि २ महिना पर सारेको छ ।

एयरलाइन्सले विमास्थललाई तिर्नुपर्ने बक्यौता २३ करोड रकम तिर्न पाएको गत पुस २३ गते (जनवरी ७ तारिख) आईतबारको अन्तिम म्याद पाएकोमा सारेर फागुन १६ गते (फेबु्रअरी २८) का लागि सारेको हो । 


ADVERTISEMENT

विमानस्थल प्रशासनले गत पुस २३ गते अन्तिम अल्मिेटम भन्दै बक्यौता नतिरे २४ गते सोमबारदेखि नै उडान बन्द गर्ने चेतावनी दिए पनि एयरलाइन्सले फेरि झुक्याएर म्याद सारेको छ । 

एयरलाइन्सका नेपाली एजेन्ट रहेका इन्सेन्टिभ गु्रपका सञ्चालक हरिभान लामाले नेपाल सरकारका विभिन्न निकायलाई तिर्ने शुल्क बिगत ३ वर्षदेखि नतिर्दा विमानस्थलले पाउनेपर्ने २३ करोड रकम रोकिएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिए ।  

उपाध्यायका अनुसार अहिलेसम्म ३ करोड ५० लाख रुपैयाँ मात्रै तिरेको बताएका छन् । उनले दिएको अन्तिम म्यादमा समेत रकम तिर्न नसके आवश्यक कारबाही गर्ने उपाध्यायले बताए । 

विमानस्थल कार्यालयकाअनुसार एयरलाइन्सले विमानस्थललालाई तिर्नुपर्ने बिसान शुल्क (ल्याण्डिङ चार्ज), सञ्चार तथा उड्डयन सहायक सेवा (एयर नेभिगेसन), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतको शुल्क तिर्न बाँकी रहेको हो भने इन्सेन्टिभ गु्रप अन्तर्गतकै ट्राभल एजेन्सीले पर्यटन सेवा शुल्क बापत यात्रुबाट उठाएको रकमसमेत तिर्न बाँकी छ । 

प्राधिकरणले पुस २३ गते आईतबार विमानस्थललाई तिर्नुपर्ने पुरा २३ करोड नतिरे सोमबारबाटै उडान रोक्ने अन्तिम अल्मिेटम दिए पनि आईतबार अन्तिम समयमा आएर २ करोडको चेक र त्यसपछि डेढ करोड गरी साढे ३ करोड रुपैयाँ मात्रै भुक्तानीमा छाडेको छ ।

लामाको कम्पनीले विमानस्थललाई तिर्नुपर्ने रकमसँगै आफ्नो ट्राभल एजेन्सीले उठाएको नेपाल पर्यटन बोर्डलाई बुझाउनुपर्ने पर्यटक सेवा शुल्क वापतको ७ करोड २३ लाख रकम समेत नबुझाइएको बताइएको छ ।  

सन् २०१४ सम्ममा लगातार सात वर्ष उत्कृष्ट बजेट एयरलाइन्स बन्न सफल भएको मलेसियाको एयर एसियाले नेपालमा तिर्नुपर्ने सामान्य शुल्क समेत तिर्न नसकेको हो  । विमानस्थललाई तिर्नुपर्ने शूल्कको बिषयमा कुरा गर्न

खोज्दा इन्सेन्टिभ गु्रपका आधिकारीक व्यक्तिहरु सम्पर्कमा आउन चाहेनन् । 

यो पनि पढ्नुस्

एयर एसियाका नेपाली एजेन्टको ‘ठगी’ : ३० करोड तिरेनन्, १८ लाखको नक्कली चेक बुझाए

फेरि झुक्यायो एयर एशियाले, अन्तिम दिनमा २ करोडको खाली चेक

 

पुस २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार