×

NMB BANK
NIC ASIA

नेपालमै पहिलो प्रयोग : मोबाइल एप्सबाट सिँचाइका लागि पानी

पुस २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी २८ पुस– बेनी नगरपालिका २ खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा आएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो । तरकारी खेतीको पकेट क्षेत्र खबरामा “लिफ्ट” प्रविधिको आयोजनामार्फत हाँडेभिरस्थित म्याग्दी नदीको किनारबाट पानी तानेर सिँचाइ सुविधा पुर्याइएको हो । 

Sagarmatha Cement
Muktinath Bank

सो आयोजनाको गएको आइतबार प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरेका छन् । करिब एक वर्षको अवधिमा निर्माण भएको सो आयोजनाबाट तरकारी खेतीमा आबद्ध स्थानीय कृषकलाई राहत मिलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कूल रु १८ लाख खर्च भएको यस आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्ला कृषि विकास कार्यालयले दश लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । त्यस्तै, रु ४ लाख बराबरको श्रमदान समुदायबाट गरिएको र रु ४ लाख रुपैयाँ ऋण खोजेर आयोजना सम्पन्न गरिएकोे उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए । 


Advertisment
Nabil box
Kumari

अहिले लभ्ली हिलको नजिकै पु¥याइएको पानीलाई संकलन केन्द्रमार्फत दोस्रो चरणको लिफ्ट प्रविधिको सहायताले खबराका अधिकाँश सर्वसाधारणको पहुँचमा पु¥याउने योजना रहेको अध्यक्ष कार्कीले जानकारी दिए । लभ्ली हिलको पुछारमा रहेको हाँडेभिरस्थित म्याग्दी नदी किनारमा दश मिटर गहिरो इनार बनाइएको छ । सो इनारबाट विद्युतीय उपकरणको सहायताबाट पानी तानेर २५० मिटर माथि लभ्ली हिलको डाँडामा पानी पु¥याइएपछि स्थानीयबासी हर्षित बनेका छन् । 

Vianet communication
Laxmi Bank

इनारदेखि पाँच सय मिटर ६० एमएमको पाइपबाट लभ्ली हिलमा पुर्याइएको पानी रिजर्भ टंकीमा संकलन गरेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । पानी तान्न २० हर्स पावर क्षमताको पम्प जडान गरिएको र प्रतिघण्टा १० हजार लिटर पानी तान्न सक्ने क्षमता रहेको सो आयोजनाका प्रविधिज्ञ कृष्ण खत्रीले बताए । 

यस आयोजनामा पानी खोल्न र बन्द गर्न मोबाइल एप्सको प्रयोग गरिएको छ । पानी खोल्न र बन्द गर्न खोलामा पुग्नुपर्ने झण्झटबाट मुक्त हुन मोबाइल एप्समार्फत (अन÷अफ) खोल्ने र बन्द गर्ने प्रविधि जडान गरिएको हो । हालै मात्रै नेपालमा भित्रिएको लिफ्ट सिँचाइको प्रयोजनका लागि लिफ्टिङ आयोजनामा मोबाइलमार्फत पानी खोल्ने र बन्द गर्ने प्रविधि धौलागिरिमै पहिलो रहेको प्रविधिज्ञ खत्रीको दाबी छ । 

मोबाइल एप्समा सेटिङ मिलाएपछि अन बटन थिचेको करिब १० सेकेन्डमा पानी आउने र अफ बटन थिचेको करिब ६ सेकेण्डमा पानी बन्द हुने भएकाले उपभोक्ताहरुलाई यो प्रविधि बढी लाभदायी हुने विश्वास गरिएको छ । अहिले लभ्ली हिल नजिकै पुर्याइएको पानीलाई दारिमपाटासम्म पुर्याएर थप विस्तार गर्ने उपभोक्ता समितिले जनाएको छ । ब्यावसायिक तरकारी खेतीका हिसाबले प्रशस्त सम्भावना बोकेको खबरामा सिँचाइको समस्या समाधानका लागि कृषकहरुले म्याग्दी नदीको पानीलाई आधुनिक लिफ्ट प्रविधिमार्फत गाउँमा पुर्याउन सफल भएका हुन् । 

फेदीको पानी डाँडामा पुग्दा कृषकहरु समेत दंग छन् । बेनी बजार नजिकै रहेको यस गाउँमा लिफ्ट प्रविधि मार्फत सिँचाइ पुगेपछि यहाँका कृषकहरुले तरकारी खेतीतर्फ थप उत्साहित भएर लाग्ने प्रतिकृया दिएका छन् । 

जिल्लाका अन्य धेरै क्षेत्रमा सिँचाइको मार खेपेका कृषकहरुको लागि पनि गाउँदेखि तल भएर बग्ने खोलाहरुबाट पानी तानेर सिँचाइ गर्ने लिफ्टिङ प्रविधि उपयोगी बन्ने देखिएको छ । 

– कमल खत्री 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x