×

NMB BANK
NIC ASIA

सन् २०१७ मा अफगानिस्तानमा २० जना पत्रकारको हत्या

पुस २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काबुल, २८ पुस -अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ । 

‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ ले शुक्रबार सो विषयमा जानकारी दिएका छन् । 

गत बर्ष अर्थात सन् २०१७ मा अफगानिस्तानमा पत्रकारहरुमाथि माथि भीषण आक्रमण भएको पनि सो समाचारमा जनाइएको छ । 

पत्रकार हत्यामा विशेषगरी अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरुकै बढी हात रहेको पनि समाचारमा जनाइएको छ । 

सन् २०१७ मा २०१६ को तुलनामा सञ्चारकर्मीमाथिको आक्रमण ६७ प्रतिशतले बढेको एजेएससीले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा जनाकारी दिइएको छ । 

एजेएससीका अनुसार सन् २०१७ मा अफगानिस्तानका पत्रकारहरुमाथि हत्या, हिंसा कुटपिट, ज्यान मार्नेे धम्की र चेतावनी जस्ता १६९ वटा घटना पनि दर्ता भएका थिए । 

एजेएससीद्वारा जारी विज्ञप्तिकाअनुसार सन् २०१७ मा तालिबान र इस्लामिस्ट स्टेट्स (आइएस) आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २० सञ्चारकर्मीको मृत्यु भएको छ । 

अफगानिस्तानमा यस प्रकार भएका पत्रकारमाथिका हत्या हिंसाका घटनाप्रति अमेरिकाले ठूलो चिन्ता व्यक्त गरेको छ । 

अफगानिस्तानको पत्रकारिताको इतिहासमा सन् २०१७ इतिहासकै सबैभन्दा खतरनाक वर्षका रुपमा रहेको पनि पाइएको समाचारमा जनाइएको छ । 

एजेएससीका प्रमुख नाजिब सरिफले भन्नुभएको छ– अफगानिस्तानमा पत्रकारहरुमाथि बढ्दै गएको यो हत्या हिंसाका कारण यहाँको प्रेस स्वतन्त्रता एवम् पत्रकारहरुको सुरक्षामाथि नै ठूलो प्रश्न उठेको बताउनुभयो । 

युद्धले आक्रान्त बनाएको अफगानिस्तानमा सन् १०१६ मा भएका विभिन्न आक्रमणहरुमा १३ जना सञ्चारकर्मी मारिएका थिए । त्यसको तुलनामा गत वर्ष पत्रकारहरुमाथि ठूलो हिंसा भएको हो । 

यस वर्ष अफगानिस्तानमा प्रेस स्वतन्त्रताको हनन्का पनि कैयौँ घटनाहरु भएको पाइएकोले आगामी दिनमा पत्रकारिता पेशा र पेशाकर्मीहरुको सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको अधिकारकर्मीहरुको भनाई छ । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x