बारले भन्यो- आफ्नो अनुकुल फैसला नभए अनशन गलत

काठमाडौं २८ पुस– नेपाल बार एशोसिएशनले सडकबाट प्रधानन्यायाधीशको राजीनामा माग्नु अनुचित भएको बताएको छ । 

नेपाल बारको शुक्रवार बसेको सचिवल बैठकले अनसन तोडन डा गोविन्द केसीलाई आग्रह गरेको हो । बैठकपछि महासचिव खम्मबहादुर खातीले जारी गरेको विज्ञप्तिमा फैसला आफ्नो अनुकुल नभए अनसन बस्नु गलत भएको उल्लेख छ ।

संविधान भन्दा माथि कोही नरहेको भन्दै बारले अदालतको निर्णय मान्नु पर्ने बताएको छ । 

सर्वोच्चको फैसला आएलगत्तै डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अभिव्यक्ति दिनु आफू अनुकुल फैसला नआएपछिको आक्रोश भएको बारको निश्कर्ष छ । 

डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुली मार्फत लगाएको आरोप सर्वोच्चप्रति लक्षित भएको बार पदाधिकारीको बैठकको निश्कर्ष रहेको बैठकमा सहभागि एक पदाधिकारीले जानकारी दिए ।

‘संविधान वमोजिम सर्वोच्चको फैसला सबैले व्यक्तिले मान्न बाध्यकारी हुनुपर्छ भन्ने बारको निश्कर्ष हो’ सदस्य अरुण पोडेलले लोकान्तरसँग भने । प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागगर्दै डा केसीले अनसन शुरु गरेपछि बारले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको हो ।

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार