कहाँ गए २५ हजार ६ सय ५० मोबाइल

काठमाडौं, २९ पुस– ‘हाइटेक’ अपराधको चुनौति झेलिरहेका राजधानीका प्रहरी हराएका मोबाइल फोन खोज्नमा अल्मलिनुपरेपछि हैरानीमा परेका छन् । हराएका मोबाइल फोन खोजिदिन भन्दै दबाब दिनेको  संख्या दैनिक बढ्न थालेपछि प्रहरी हैरानीमा परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्ला दिनमा दैनिक ७० देखि ८० वटा मोबाइल फोन हराएका उजुरी दर्ता प्रहरीमा हुन्छन् । कहिलेकाहीँ त मोबाइल फोन हराएको उजुरी दिनेको संख्या सय नै पुग्ने गरेको छ । प्रहरी परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले पछिल्ला दिनमा मोबाइल फोन हराएका उजुरी दिनेको संख्या बढेको बताए । 

परिसरका अनुसार दुई वर्षयता शाखामा मात्रै २८ हजार पाँच सय ४७ वटा उजुरी परेका छन् । त्यसमध्ये दुई हजार ८ सय ९७ वटा मात्र मोबाइल भेटिएका छन् । हराएका २५ हजार ६ सय ५० वटा मोबाइल अझै फेला परेका छैनन् । 
प्रहरीका अनुसार २५ सय रुपैयाँ देखि एक लाख रुपैयाँसम्मका मोबाइल फोन हराएको उजुरी पर्ने गरेको छ, नयाँ पत्रिकामा खबर छ ।
 

पुस २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार