×

NMB BANK
NIC ASIA

ट्यांकरबाट चलानभन्दा कम निस्कन्छ तेल, डिजलमा भन्दा पेट्रोलमा बढी समस्या

पुस २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

डोटी, २९ पुस- नेपाल आयल निगमबाट चलान भएर आउने टयांकरमा पेट्रोलियम पदार्थ कम निस्कँदै आएको छ । 

व्यवसायीका अनुसार निरन्तर रुपमा प्रतिट्यांकर चार प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ निस्किरहेको छ जसले आफूहरुलाई मर्का परिरहेको व्यवसायीको गुनासो छ । “म प्रत्येक पटक पेट्रोल उठाउँदा छ हजार लिटरको भुक्तानी दिएर चलान मगाउँछु । आयल निगमले पनि छ हजारकै बिल बनाउँछ”, दिपायल सिलगढी नगरपालिका–५ स्थित एसजी फ्युल सेन्टरका सञ्चालक प्रेमबहादुर भण्डारीले भन्नुभयो, “तर प्रत्येक पटक हामीले डिप लिँदा २०० देखि ३०० लिटर कम आउँछ जुन रकममा ठूलै हुन आउँछ ।” यस्तै समस्या डिजलमा पनि रहेको तर पेट्रोलमा बढी रहेको उहाँले बताउनुभयो । 

अछाम साँफेबगरस्थित इन्द्रसरा आयल स्टोरका सञ्चालक भीमबहादुर कुँवरले आफूले उठाउने १२ हजार लिटरमा निरन्तर ५०० लिटर बाटामै हराउने बताउनुभयो । उहाँले भन्नुभयोे, “लैजाँदा १२ हजारको रकम तिरेर लैजान्छाँै तर हाम्रो ट्यांकीमा ११ हजार ५०० भन्दा बढी झर्दैझर्दैन ।” 

निगमका कर्मचारी र ट्यांकरका चालकको मिलेमतोमा यस्तो समस्या आइरहेको व्यवसायीको आरोप छ । “आयल निगमकै कर्मचारी नै ट्यांकरका चालकसँग मिलेका हुन्छन् । बाटोमै बेचेर हामीलाई कम तेल थमाउँछन्”, व्यवसायी भण्डारीले भन्नुभयो, “आयल निगमले तापक्रमको समस्यालगायतका अनेकन प्राविधिक समस्या देखाएर हामीलाई बाध्य पार्छन् ।” 
निगम शाखा कार्यालय दिपायल र जिल्ला प्रशासन कार्यालय डोटीमा निवेदनसमेत दिइएको व्यवसायी भण्डारी बताउनुहुन्छ । “पटक पटक निवेदन दिएको छु । जानकारी गराएको छु, कुनै प्रतिक्रिया नै आउँदैन”, उहाँले भन्नुभयो । निरन्तर समस्या आउन थालेपछि उहाँले दुई सातायता पेट्रोलको माग गर्नुभएको छैन जसले गर्दा डोटीमा पेट्रोलको हाहाकार शुरु भएको छ । भण्डारीको पेट्रोल पम्प डोटीको एक मात्र पेट्रोल बेच्ने पम्प हो । त्यसैले डोटीमा व्यापक समस्या उब्जिएको छ । 

अछामका व्यवसायी कुँवर पनि यही अवस्था रहे पेट्रोल नबेच्ने निर्णयमा पुगेको बताउनुहुन्छ । “घरखेत बेचेर सेवा गर्न सकिँदैन । मुनाफाका लागि काम गर्ने हो”, उहाँले भन्नुभयो, “हाम्रो मुनाफा ट्यांकर चालक र आयल निगमका कर्मचारीले बाटोमै खाइदिन्छन् । अनि कसरी व्यवसाय गर्ने ?” 

तापक्रम समस्या 

तापक्रमअनुसार पेट्रोलियम पदार्थको आयतनमा तलमाथि हुन्छ । सोही कुरालाई आधार बनाएर निगमले ट्यांकर चालकलाई बचाउँदै आफूहरुलाई घाटामा फसाइरहेको व्यवसायीको आरोप छ । “डिजलमा त केही राहत छ तर पेट्रोल धनगढीबाटै लोड भएर आउँछ जसमा १ डिग्री मात्रै तापक्रम कम हुँदा ट्यांकरमा १५ लिटर कम भए हाम्रा टाउकामा हाल्छन्”, व्यवसायी भण्डारी भन्नुभयो, “सोही कुरालाई आधार बनाएर हामीलाई फसाउँदै आएका छन् ।” यस्तै अवस्थामा धनगढीमा लोड हुँदाको तापक्रमभन्दा यताको तापक्रम १०÷१५ डिग्री तल देखाएर आफूलाई फसाउने गरेको व्यवसायीको आरोप छ । स्रोतका अनुसार बाटामा ट्यांकर चालकले १५० लिटरसम्म गरेको बदमासी सहजै लुक्छ । त्यसभन्दा माथिको तापक्रमलाई हवाला दिएर उम्काउन सकिन्छ । 

निगमको दिपायलस्थित शाखा कार्यालयका प्रमुख निरन मगरातीले यस्तो समस्या तापक्रमकै कारणले सिर्जना भइरहेको बताउनुहुन्छ । “तापक्रमले पेट्रोलियम पदार्थको आयतनलाई तलमाथि पार्छ”, उहाँले भन्नुभयो, “आजभोलि चिसोको मौसम चलिरहेकाले झन् समस्या देखिन्छ ।” 

व्यवसायीले उठाएको समस्या दिपायल शाखाबाट समाधान गर्न कठिनाइ रहेको उहाँ बताउनुहुन्छ । “हामीसँग भण्डार नभएकाले समस्या भएको हो । स्टोरेज नभएकाले हामी पेट्रोलको ट्यांकर धनगढीबाटै मगाएर पम्पलाई आपूर्ति दिन्छौँ । जसमा तापक्रमको समस्याले आउने समस्या उहाँहरुले नै जिम्मा लिनुपर्ने हुन्छ ।” तापक्रमबाहेकले आउने कमीलाई ट्यांकर चालकबाटै भराउने गरेको उहाँले जिकिर गर्नुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x