आँखा शिविरमा ७० जना लाभान्वित

पुस २९, २०७४

लहान, २९ पुस- चौधरी आँखा अस्पतालको तत्वावधान र माछापुच्छ«े बैंक लहानको आयोजनामा लहान नगरपालिका वडा नं २४ स्थित लेखनाथ निमाविमा शुक्रबार भएको आँखा शिविरमा ७० जनाको आँखा जाँच गरेको छ ।

 
तीमध्ये २२ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया भएको व्यवस्थापन स्वयंसेवक राजकुमार कोइरालाले जानकारी दिनुभयो । 


ADVERTISEMENT

पुस २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस