पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
नेपाल भारतबीच रहेका सबै सन्धिसम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को छैटौ बैठक भर्खरै सम्पन्न भएको छ ।
पुस २७ र २८ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न छैठौ बैठकमा आइपुग्दा हामीले नेपाल र भारतका बीचका सम्बन्धमा रहेका सबै पक्षलाई टेवलमा, छलफलमा ल्याएका छौ । छलफलमा आएका बिषय मध्ये कतिपय बिषयमा हामी सहमतिको नजिक पुगेका छौ ।
जुन बिषयहरु कम विबादित बिषयहरु थिए, विगतमा पनि विभिन्न अभ्यासद्वारा तिनीहरुको बीचमा सहमति खोज्ने कोशिष गरिएको थियो । ती बिषयमा हामी सहमति नजिक पुगेका छौ । कतिपय बिषयमा इतिहासमा हामी पहिलो पटक छलफल आरम्भ गरेका छौ, इपीजि समूह मार्फत । यो समूह मार्फत गरिएका बिषयमा छलफल निरन्तर जारी छ ।
उदाहरणको लागि हामीले सहमतिमा पुग्न लागेको बिषयहरु जस्तो द्विपक्षीय व्यापारको बिषय, पारबहनको बिषय, सामाजिक सांस्कृतिक सम्बन्धलाई अगाडि बढाउने बिषय, यस्ता बिषयमा हामी एक ढंगले सहमति नजिक पुग्दैछौ भने जलस्रोतको बिषय, सीमा व्यबस्थापनको बिषय, विदादित सीमाको हल गर्नेदेखि लिएर सीमा सुरक्षाको बिषय, दजगजाको समस्याको बिषय, आवत जावतको सहजतालाई कसरी सहजिकरण गर्ने भन्ने बिषय, सन् १९५० को सन्धी (नेपाल भारत शान्ति तथा मैत्री सन्धि) को बिषय, त्यो सन्धिसँग जोडिएका थुप्रै धारा उपधारासित जोडिएका बिषयका बारेमा हामी निरन्तर छलफलमा छौ र छैटौ बैठकमा पनि छलफल निरन्तर जारी राखेका छौ । र, हाम्रो बुझाइ छैटौ बैठकमा आइपुग्दा हामी सकारात्मकता तर्फ उन्मुख छौ । हामीले एउटै प्रतिवेदन आउने साउन १५ अर्थात जुलाईको अन्तिम सम्ममामा बुझाउनु पर्नेछ । त्यो साउन १५ सम्म हामी बुझाउन सक्नेछौ भन्ने हाम्रो विश्वास रहेको छ ।
यो बैठकबाट हामीले थप निर्णय के गरेका छौ भने, प्रतिवेदनको प्रारम्भिक खाका लेखन शुरु गर्नुपर्छ भन्ने निर्णयमा पुगेर हामीले यो बैठक पछिको अर्को बैठकको बीचको समयमा लेखनको कामलाई अगाडि बढाउँदै छौ । आउने फ्रेबुअरी २४ र २५ मा सातौ बैठक काठमाडौंमा बस्न गइरहेका छौ ।
सन् १९५० को सन्धी पुनरावलकोलक गर्न भारत तयार भएको हो, पुनरावलकोन गर्नकैलागि हाम्रो प्रबुद्ध व्यक्तिको समूह गठन भएको हो । पुनरवालकोलन हुन्छ, पुरानो अबस्थाकमा १९५० को सन्धि रहनु हुदैन भन्ने हाम्रो भनाइ हो ।
सहमति भएका कुरा प्रतिवेदनको खाकामा राख्दै जाने र सहमति नभएका कुरामा सहमति खोज्दै जाने कुरा हुन्छ । आउने जुलाइमा प्रतिवेदनलाई अन्तिम रुप दिइन्छ । नमिलेको बिषय यही भनेर बाहिर भन्ने पक्षमा छैनौ । हामीले मिलाउने कोशिष गरिरहेका छौ, मिलाउने तर्फ उन्मुख छौ । सकारात्मक दिशातर्फ छलफल अगाडि बढिरहेको छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा हामी बिषय प्रवेशै गरेनौ, हामी जे बिषयका लागि गएका हौ त्यसैमा केन्द्रीत रह्यौ । हामीलाई नेपाल भारत सम्बन्धका पुराना सन्धि, सम्झौता, अहिलेको वर्तमान सन्धि सम्झौता सहमतिहरुको पुनरावलोकन गर्ने र अब सम्बन्ध कस्तो हुन्छ भन्ने बारेमा छलफल गर्ने भएको हुनाले नेपालको आन्तरिक राजनीतिको बिषयमा त्यहाँ छलफल गर्ने कुरा हुँदैन । त्यो गर्ने ठाउपनि होइन ।
साउनसम्ममा हामीले काम सक्छौ, अहिलेसम्मको छलफल हेर्दा एउटै प्रतिवेदन बुझाउछौ र समयमा बुझाउछौ भन्ने छ । त्या भन्दा उता यसको म्याद थप्नै मिल्दैन । त्यसकारण हामीले साउन १५ सम्म बुझाउनै पर्छ ।
(नेपाल भारत प्रबुद्ध व्यक्तिहरुको समूहका एकजना नेपाली सदस्य डा.राजन भट्टराइसँग लोकान्तरले गरेको कुराकानीमा आधारित)
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...