×

NMB BANK
NIC ASIA

ट्रम्पको 'शिटहोल' टिप्पणीलाई कुन देशका मानिसले कसरी बुझे ?

माघ १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ माघ — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार हाइटी, एल साल्भाडोर र केही अफ्रिकी मुलुकलाई शिटहोल (दिसाको खाल्डो) भनी टिप्पणी गरेपछि संसारभरिका पत्रकारमाझ यो कसरी उद्धृत गर्ने होला भनी बहस चल्यो । 

ट्रम्पको टिप्पणीका विषयमा के गर्ने अनि यसलाई सेन्सर गर्ने कि नगर्ने भनी अमेरिकाका पत्रकार नै रनभुल्ल परे । यो अश्लील शब्दावली पत्रिका वा टीभीमा प्रसारण गर्न योग्य थिएन । 

अझ अर्को भाषामा यसलाई कसरी अर्थ्याउने भन्ने समस्या पनि आइलाग्यो । सबै संस्कृतिमा अश्लीलता हुन्छन् तर तिनलाई अनुवाद गर्दा अर्थ आउँदैन । 

सांसदहरूसँग आप्रवासन सुरक्षाका विषयमा कुराकानी गर्ने क्रममा ट्रम्पले केही देशलाई शिटहोल भनेको भनी द वाशिङटन पोस्टले लेखेको थियो ।

एल साल्भाडोरका दैनिक पत्रिकाहरूले यसलाई अगुजेरोस दे मिएर्दा अर्थात् दिसाका प्वाल भनी अनुवाद गरे । 

अरू पत्रिकाका सम्पादकले दिसे मुलुकहरू, फोहोरी देशहरू र सुँगुरको खोरहरू भनी अनुवाद गर्ने सोच बनाएका थिए । 

ट्रम्प राष्ट्रपति भएपछि अनुवादक र व्याख्याताहरूलाई टाउकोदुखाइ हुने गरेको छ । उनले सरल शब्द प्रयोग गर्दा त सजिलै हुन्छ तर ती शब्दहरू वाक्य र अनुच्छेदमा प्रयोग हुँदा मिसमास भएर कुरोको सिलसिला मिलाउनै गाह्रो पर्छ । 

ट्रम्पले निर्वाचन अभियानका बेलामा लीक भएको महिलाका सम्बन्धमा गरेको अश्लील टिप्पणी ‘ग्य्राब देम बाई द पुसी’ अर्थात् ‘महिलाहरूको गुप्तांग समात’ लाई चीनमा अनुवाद गर्न धौधौ प–यो । त्यहाँ पुसीका लागि शब्द नभएपछि उनीहरूले गुप्तांग वा तल्लो अंग भनी अनुवाद गरे । 

शिट र होल बेग्लाबेग्लै शब्दले अर्थ दिने भएपनि तिनलाई जोड्दा चाहिँ अर्थ निकाल्न गाह्रो पर्छ । केही देशमा यो शब्दावली प्रयोग गर्ने कसरी हो भनी अनुवादकहरूलाई गाह्रो प–यो । 

फिनल्यान्डमा यसलाई पेर्स्लापिमात भनी अनुवाद गरियो जसको अर्थ मलद्वार देशहरू भन्ने लाग्छ । 

स्वाहिली भाषामा ट्रम्पको शब्दावलीलाई बोंगो ल्यान्ड भनी अनुवाद गरिन सक्छ । गरीब वा असभ्य ठाउँलाई वर्णन गर्न यो प्रयोग हुन्छ । 

ताइवानमा चाहिँ यसलाई नियाओ बु शेङ दान दे गुओ जिया भनी अनुवाद गरियो जसको अर्थ चरीले अण्डा नपार्ने देश भनी लाग्छ । जापानमा यसलाई बेन्जो नो यो नी कितानाइ कुनी भनी अर्थ लगाइयो, भन्नाले शौचालय जस्ता फोहोरी देशहरू । 

दक्षिण कोरियाका सञ्चारमाध्यमले चाहिँ अंग्रेजी शब्द नै प्रयोग गरे । 

जर्मनीमा ड्रेकस्लोख शब्द प्रयोग भयो जसले फोहोर फाल्ने भाँडोको अर्थ दिन्छ । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x