×

NMB BANK
NIC ASIA

एमाले–माओवादीले राष्ट्रियसभा निर्वाचनमा ६०/४० भागबन्डा नगर्ने

माघ १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ माघ– प्रतिनिधि र प्रदेश सभा चुनावमा वामपन्थी गठबन्धन बनाएर चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी बाँडफाँट बुधवार टुंगाउने भएका छन् । 
हरेक प्रदेशमा क्लस्टर अनुसार उम्मेदवारी टुंगो लगाउने बिषयमा छलफल भएको कार्यदलका एमाले सदस्य सुरेन्द्र पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

Muktinath Bank

‘भोटको स्थिती के रहेछ भन्ने खाका तयार पारेका छौं, तीन गतेको बैठकमा राष्ट्रिय सभाको उम्मेदवारका लागि आफ्नो दाबी पेश गरेर बुधवार टुंगाउछौ’ पाण्डेले भने । प्रतिनिधि सभा र प्रदेश सभामा ६०/४० को अनुपातमा उम्मेदवारी दिएका एमाले/माओवादीले राष्ट्रिय सभामा भने संख्याको आधारमा उम्मेदवारी दिने विषयमा छलफल गरिरहेका छन् । तर माओवादीले भने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जस्तै ६० र ४० प्रतिशत भागवन्डा गर्नुपर्ने बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले नेताहरुले ६०/४० प्रतिशतकै आधारमा भागवन्डा गनर्दा प्रत्येक पदलाई छुट्टाछुट्टै रुपम हेर्ने र त्यसका आधारमा बाँडफाँट गर्नुपर्ने बताइरहेका छन् । 
यसो गरिए ६/६ जना मुख्यमनत्री र सभामुखमध्ये ४/४ जना मुख्यमनत्री र सभामुख एमालेको भागमा पर्छ । माओवादीको प्रस्तावमा एमाले नेताहरु मौन बसेका छन् । यो विषयमा अब शीर्ष नेताहरुबीच छलफल हुनेछ । 


Advertisment
Nabil box
Kumari

कार्यदलका एक सदस्यका अनुसार महिला, दलित, अपाङ्ग र खुल्ला गरी प्रत्येक प्रदेशमा दुवै दलले कुन उम्मेदवार छान्ने भन्ने पहिला दाबी गर्नेछन् । त्यसैका आधारमा उम्मेदवारी टुंगो लगाइने छ । कार्यदलले वामपन्थी गठबन्धनले प्रदेश अनुसार देशभर पाएको मतको विश्लेषणसहित उम्मेदवारी दिने छ । 

Vianet communication
Laxmi Bank

यस्तो छ मतको विश्लेषण

राष्ट्रिय सभामा प्रदेशसभामा विजयी सांसद, समानुपातिक सांसद, गाउँपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने छन् । दुई नम्बर प्रदेश बाहेक वाम गठवन्धनसँग सवै प्रदेशमा बहुमत रहेको छ । 

प्रदेश नम्बर एकमा वाम गठवन्धनको नेकपा एमालेसँग प्रतिनिधि र प्रदेशसभा गरि १९४ र माओवादी केन्द्रसँग ३६ मत रहेको छ । दुई दलको जोड्दा २३० मत वाम गठवन्धनसँग रहेको छ ।  

त्यस्तै दुई नम्बर प्रदेशमा एमालेसँग ६१ र माओवादीको ५५ गरि ११६ मत रहेको छ । 

प्रदेश तीनमा नेकपा एमालेको १९१ र माओवादी केन्द्रको ५० गरि २४१ मत वाम गठवन्धनसँग रहेको छ । 

प्रदेश चारमा नेकपा एमालेको ९९ र माओवादी केन्द्र २४ मत रहेको छ । जस अनुसार वाम गठवन्धन१२३ मत रहेको छ । 

प्रदेश पाँचमा नेकपा एमालेको १३१ र माओवादी केन्द्रको ५८ गरि १८९ मत रहेको छ । 

प्रदेश नम्बर ६ मा नेकपा एमालेको ७९ र माओवादी केन्द्रको ६७ गरि जम्मा १४६ मत रहेको छ । 

त्यस्तै प्रदेश नम्बर ७ मा एमाले १०८ मतमा रहँदा माओवादी ३४ गरि जम्मा १४२ मत रहेको छ । 

माघ २४ गते हुने राष्ट्रिय सभा चुनावका लागि माघ १० गते उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ । 

पावर शेयरिङ कसरी ?

राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार, मुख्यमन्त्री,  सभामुख र मन्त्रीको सिट बाँडफाँटको टुंगो लगाउने जिम्मा पाएको कार्यदलमा पावर शक्ति बाँडफाँटको बिषयमा छलफल शुरु भएको छ । माओवादीले भनेजस्तो ६०/४० भागबन्डा भएको खण्डमा दुईवटा प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री पाउँने छ भने नेकपा एमालेले ४ वटा मुख्य मन्त्री र दुईवटा सभामुख पाउने छ । 

दुई दलबीच केन्द्रमा पनि प्रधानमन्त्री र सभामुख बाँडफाँट गर्ने प्रस्तावमाथि छलफल शुरु भएको छ । 

आइतवार बसेको कार्यदल बैठकमा माओवादी केन्द्रले प्रदेशसभा र राष्ट्रियसभामा पद बाडफाँटका लागि प्रस्ताव पेश गरेको छ । प्रदेशसभामा एमालेले मुख्य मन्त्री पाएको ठाँउमा माओवादीको सभामुख र माओवादीले मुख्यमन्त्री पाएको ठाउँमा एमालेको सभामुख पाउनुपर्ने प्रस्ताव गरेको कार्यदलका एक सदस्यले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डबाट स्वदेश फर्किएपछि औपचारिक निर्णय गर्नेगरी कार्यदलमा छलफल भइरहेको नेता पाण्डेले बताए । कार्यदलका एमालेका तर्फबाट सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादीका तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मात्रिका यादव सदस्य छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x