×

NMB BANK
NIC ASIA

फेसबूक फर्कियो बेसिक फीचरतर्फ नै, अन्लाइन मिडियालाई घाटा

माघ १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ माघ — सामाजिक सञ्जाल फेसबूकका सीईओ मार्क जुकरबर्गले आगामी समयमा फेसबूकको न्युजफीडमा प्रयोगकर्ताले ठूलो परिवर्तन देख्न पाउने बताएका छन् ।

प्रयोगकर्ताहरूले यस प्लेटफर्ममा आफ्ना साथी र नातेदारका स्टोरी र भिडियोलाई सबभन्दा पहिले देखाइनेछ । 

फेसबूकमा प्राथमिकताका आधारमा न्युज पोस्टहरूलाई देखाइएकोमा प्रयोगकर्ताहरू रिसाएका कारण कम्पनीले बेसिक फीचरलाई फेरि ल्याउने फैसला गरेको हो । 

जुकरबर्गका अनुसार, अब प्रयोगकर्ताले साथी र आफन्तको पोस्ट पहिले देख्नेछन् । फेसबूकले अनुसन्धानबाट पत्ता लगाएअनुसार, प्रयोगकर्ताहरू आफ्ना बच्चाका तस्वीरलाई देखेर बढी खुशी हुन्छन् अनि उनीहरूलाई न्युजलिंकहरूको खासै मतलब हुँदैन । 

दुई अर्ब सक्रिय प्रयोगकर्ता फेसबूकमा छन् र मानिसहरूले न्युज पोस्टको बाढीका कारण त्यसमा कम समय बिताइरहेका छन् । यसकारण यसमा परिवर्तन ल्याइँदैछ । 

फेसबूकले आफ्नो व्यापार बढाउने र धेरै पैसा कमाउने उद्देश्यले न्युज पोस्टहरूलाई उच्च प्राथमिकताका साथ देखाउन शुरु गरेको थियो । न्युज बूस्ट गर्न लगाएर उसले थुप्रो पैसा कमाउन सफल भएको थियो । यसबाट फेसबूकले पैसा त कमायो तर फेक न्युजहरूको बाढी नै आयो । 

मानिसहरूबीच शत्रुता चर्काउने काम यसबाट भएको भनी फेसबूकको आलोचना भयो र उसको बदनामी भयो । तर यही कारणले नै बेसिक फीचरतर्फ फर्केको भनी फेसबूकले पुष्टि गरेको छैन । 

फेसबूकमा अब बूस्टहरू कम हुनेछन् । व्यापार, ब्रान्ड र मिडियासँग जोडिएका कन्टेन्टहरू कम देखिनेछन् र प्रयोगकर्ताको व्यक्तिगत क्षणहरूलाई उच्च प्राथमिकता दिइनेछ । 

जुकरबर्गका अनुसार, मिडिया कन्टेन्टलाई कम गरेर पर्सनल कन्टेन्टलाई बढाउँदा मानिसहरूबीच सम्बन्ध प्रगाढ हुन्छ । फेसबूकले प्रयोगकर्ताको मूड सही रहोस् र कम्युनिटी तथा बिजनेसका लागि पनि लाभदायक होस् भन्ने उद्देश्य राखेको छ । 

फेसबूकमा पोस्ट गर्ने अन्लाइन समाचार पोर्टलहरूलाई अब गाह्रो पर्नेछ । लिंक पोस्ट गरेपनि प्रयोगकर्ताकहाँ त्यो खासै पुग्न पाउनेछैन । 

जुकरबर्गको टोलीले प्रयोगकर्ताहरू फेसबूकमा लाइभ गराउन खुबै मन पराउने पत्ता लगाएपछि त्यस्ता भिडियोलाई नै अब प्राथमिकता दिइने भएको छ । फेसबूकले आफ्नो टीभी प्रोग्रामिङमा एक अर्ब डलर लगानी गर्ने र अमेजन तथा नेटफ्लिक्स जस्ता ओरिजिनल शोज पनि मानिससमक्ष पु–याउने योजना बनाएको छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x