×

NMB BANK
NIC ASIA

प्रदेश प्रमुखको नियुक्ति तत्काल गर्न सरकारलाई निर्वाचन आयोगको ताकेता

माघ १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ माघ- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका प्रभावित हुनसक्ने भन्दै प्रदेश प्रमुखको नियुक्ति तत्काल गर्न पुन: सरकारको ध्यानार्षण गराएको छ । राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै जतिसक्दो छिटो प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Muktinath Bank

'प्रदेश प्रमुखको नियुक्ति छिटो हुनुपर्छ भनेर हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेका छौं,' प्रवक्ता ढकालले लोकान्तरसँग भने, 'राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गर्नुअघि मतदाता तयार हुन् भन्ने हो ।' राष्ट्रियसभा निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यक्रम छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रियसभा सदस्य चुन्नका लागि स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखसँगै प्रदेशसभा सदस्यहरुले मतदान गर्नुपर्ने हुन्छ। तर, सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्न ढिला गर्दा निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरुको सूची सार्वजनिक गर्न पाएको छैन। प्रदेशसभा निर्वाचनको सम्पूर्ण परिणाम आएको ७ दिनभित्र प्रदेश प्रमुखसमक्ष नतिजा पेस गर्नुपर्ने कानूनी व्यवस्था छ।


Advertisment
Nabil box
Kumari

आयोग स्रोतका अनुसार सरकारले छिटो प्रदेश प्रमुख र मुकाम नतोकेको खण्डमा माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचन प्रभावित हुने खतरा छ । आयोगले मतदाता नामावली प्रकाशन गर्नुअगावै प्रदेश प्रमुख र मुकामको व्यवस्था नभए निर्वाचन कार्यतालिका प्रभावित हुने चेतावनी सरकारलाई दिएको छ । 

Vianet communication
Laxmi Bank

आयोगले यसअघि लिखित रुपमै पनि सरकारको ध्यानाकर्षण गराएको थियो । गत शुक्रबार बसेको आयोगको बैठकले यथाशीघ्र प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारलाई पुन: आग्रह गर्ने निर्णय गरेको थियो ।

यस्तो थियो आयोगको निर्णय -

निर्वाचन आयोगले कानूनी जटिलतालाई कारण देखाउँदै प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामसमेत सार्वजनिक गरेको छैन । आयोगले परिणाम सार्वजनिक गर्न राष्ट्रियसभा निर्वाचन कुरिरहेको अवस्थामा यो निर्वाचन प्रभावित भए नयाँ सरकार गठनमा समेत थप समय लाग्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x