×

NMB BANK
NIC ASIA

चिनियाँ इन्टरनेट सञ्जालमा नेपाल जोडिएपछि चीनले भन्यो, भारतले पुरानो सोच त्याग्नुपर्छ

माघ १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ माघ — नेपालको इन्टरनेट सेवा चिनियाँ फाइबर अप्टिक लिंकमा जोडिएपछि चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा एउटा विश्लेषण छापिएको छ । 

युआन जिरोङ र बाई तियानतियानको आइतवार प्रकाशित लेखमा नेपालको साइबर सञ्जालमा भारतको दशकौं लामो एकाधिकारलाई चिनियाँ इन्टरनेटले तोडेको लेखिएको छ । 

चाइना टेलिकम ग्लोबलका दक्षिण एसियाली प्रतिनिधि वाङ योङलिनले ग्लोबल टाइम्सलाई बताएअनुसार, परीक्षण परिणामले नयाँ फाइबर अप्टिक लिंकबाट काठमाडौं र हङकङको समयान्तर ७३ मिलिसेकेन्डले घट्नेछ । यो भारतीय ब्यान्डविथभन्दा ५० मिलिसेकेन्ड तीव्र गति हो । 

वाङले पहाडी इलाकामा बिछ्याइएको ८२ किलोमिटर लामो फाइबर अप्टिक लिंकले नेपालको इन्टरनेटको विविधता तथा सुरक्षालाई बढाउने अनि नेपालीहरूलाई सस्तो इन्टरनेट सुविधा उपलब्ध गराउने बताए । 

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलले शुक्रवार सेवा शुरु गरे । चीनको केरुङ र नेपालको रसुवागढीमा फाइबर अप्टिक केबल बिछ्याएपछि सेवा शुरु भएको हो । 

नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन–नेपाल फाइबर अप्टिक लिंकले दुई देशबीचको सम्पर्क बढ्ने अनि यसबाट द्विपक्षीय व्यापारमा वृद्धि हुने बताए । पेटी सडक परियोजनाअन्तर्गत चीन र नेपालबीचको सहकार्य परियोजनाको सफल उदाहरणका रूपमा फाइबर अप्टिक रहेको उनको भनाइ थियो । 

नेपालले पेटी सडक परियोजनामा सन् २०१७ मा प्रवेश गरेको थियो । 

वर्षौंसम्म नेपाल इन्टरनेटका लागि भारतीय टेलिकम कम्पनीहरू भारती एयरटेल र टाटा कम्युनिकेसन्सप्रति निर्भर थियो । यसकारण नेटवर्क बिग्रने समस्या भइरहन्थ्यो । 

स्थानीय इन्जिनियरहरूले भारतीइ साएबर सम्पर्क सञ्जालको अस्थिर इन्टरनेट पहुँच र चर्को मूल्यका बारेमा गुनासो गर्ने गरेको ग्लोबल टाइम्सले पत्ता लगाएको छ । 

इन्जिनियरहरूले नयाँ फाइबर अप्टिक लिंकबाट नेपाल अब भारत र चीनबीच डाटा ट्रान्सफरिङ हब बन्ने असन यसले नेपालको इन्टरनेट अर्थतन्त्र उकासिने तथा देशको आर्थिक समृद्धि सुनिश्चित गर्ने अपेक्षा राखेका छन् । 
नेपालमा दुई करोड ८० लाख मानिसमध्ये ६० प्रतिशतले इन्टरनेटमा पहुँच बनाएका छन् । 

चिनियाँ फाइबर अप्टिक लिंकलाई भारतीय सञ्चारमाध्यमले व्यापक रूपमा उल्लेख गरेका छन् । बेइजिङको प्रभाव नेपालमा बढेकोमा नयाँ दिल्ली चिन्तित छ । 

सन् २०१६ मा चीनले नेपाललाई तेस्रो मुलुकसँग सामानहरूको व्यापार गर्नका लागि बन्दरगाह दिने सहमति जनाएको थियो । दुवै देशले अन्तर्देशीय रेलमार्ग बनाउने सहमति पनि गरेका छन् । 

‘चीन र भारतबीच रहेको सानो मुलुकका रूपमा नेपालले आफ्नो राष्ट्रिय हितअनुकूल हुने गरी अन्य देशहरूसँग सहकार्य गर्ने अधिकार राख्छ । चीनले दक्षिण एसियामा भारतको अद्वितीय प्रभावलाई सम्मान गर्छ र क्षेत्रमा प्रभाव जमाउन प्रतिस्पर्धा गर्दैन । भारतले जिरो सम गेम खेल्ने सोच परिवर्तन गर्नुपर्छ,’ चाइनिज एसोसिएसन फर साउथ एसियन स्टडिजमा आबद्ध अनुसन्धानकर्ता कियान फेङ बताउँछन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x