×

NMB BANK
NIC ASIA

प्रचण्डले भने- 'ओलीजी र मैले पार्टी एकताबाट पछाडि नफर्किने संकल्प गरिसकेका छौँ'

माघ १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ माघ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले पार्टी एकताबाट कुनै पनि हालतमा पछाडि नफर्किने संकल्प गरेको बताएका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा आयोजित तारेभीर महोत्सवको सोमबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपाल राष्ट्र र जनताको आकांक्षाअनुसार अघि बढ्ने संकल्प आफूहरुले गरेको बताएका हुन् ।

Muktinath Bank

'नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीजी र मैले अब हामी कुनै पनि मूल्यमा पछि नफर्किने र नेपाल राष्ट्र तथा नेपाली जनताको आकांक्षाअनुसार अघि बढ्ने संकल्प गरेका छौं,' प्रचण्डले भने। यसले नयाँ युगको सुरुवात हुने उनको विश्वास छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले एकताको एजेण्डा र आफूहरुको घोषणालाई अनुमोदन गरेको भन्दै मतदातालाई धन्यवादसमेत दिए। 'जसरी हाम्रो घोषणालाई, प्रतिबद्धतालाई विश्वास गरेर, भरोसा गरेर अनुमोदन गर्नुभएको छ, यसका लागि तपाईंहरु दुवै पार्टीको र एकता संयोजन समितिको तर्फबाट धन्यवादको पात्र हुनुहुन्छ,' उनले भने ।


Advertisment
Nabil box
Kumari

अहिले मुलुक ३ तहको सरकार निर्माणको प्रक्रियामा रहेको भन्दै अध्यक्ष प्रचण्डले ७० वर्षपछि मुलुकले स्थायी सरकार पाउन लागेको दाबी गरे। 'हामी तीन तहको सरकार निर्माणको प्रक्रियामा छौँ । स्थानीय सरकार बनिसकेको छ, प्रदेश र संघीय सरकार पनि बन्दै छ,' अध्यक्ष प्रचण्डले भने, 'यो पटक हामीले ७० वर्षपछि देशलाई एउटा स्थायी सरकार दिँदैछौँ।'

Vianet communication
Laxmi Bank

नयाँ सरकारले ५ वर्षसम्म देशलाई विकासको गति दिने उनको जिकिर छ।

हेर्नुहोस् भिडियो-

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x