भदौ ७, २०८०
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
काठमाडौं— वर्ष सन् १२८०–१३३७ देश माली सम्पत्ति अनुमान लगाउन सकिने भन्दा बढी
इतिहासका सबभन्दा धनी व्यक्तिको परिचय मनी पत्रिकामा यिनै शब्दका साथ शुरु हुन्छ । मनसा मूसा प्रथम संसारकै सबभन्दा धनी व्यक्ति थिए । उनी तत्कालीन तिम्बुक्तुका राजा थिए । अहिले यो माली भन्ने अफ्रिकी देशमा पर्छ ।
मूसाले मालीमा राज्य चलाउँदा त्यहाँ खनिज पदार्थहरू विशेषगरी सुनको ठूलो भण्डार थियो । त्यतिखेर संसारभरि सुनको चरम माग थियो ।
मूसाको खास नाम मूसा कीटा प्रथम थियो तर सत्तासीन भएपछि उनी मनसा भनिन थालिए जसको अर्थ सम्राट् हुन्छ ।
मूसाको राज्य धेरै ठूलो थियो र त्यसको कुनै अन्त्य नै थिएन ।
अहिलेका मरिटानिया, सेनेगल, गाम्बिया, गिनी, बुर्किना फासो, माली, नाइजर, चाड र नाइजेरियासम्म मूसाको राज्यअन्तर्गत पर्थे । मनसा मूसाले धेरै मस्जिदहरू बनाएका थिए र तीमध्ये धेरै अहिले पनि छन् ।
मनसा मूसाको सम्पत्तिको हिसाबकिताब अहिलेको समयअनुसार गर्नु मुश्किल काम हो । तैपनि अन्दाज गर्दा मूसासँग लगभग चार लाख करोड रुपैयाँबराबरको सम्पत्ति थियो ।
अमेजनका संस्थापक जेफ बेजोस यही हप्ता संसारका सबभन्दा धनी मानिस बने । उनीसँग १०५.१ अर्ब डलर छ । मूसासँग बेजोसको भन्दा कैयौं गुणा बढी सम्पत्ति थियो ।
मुद्रास्फीतिको हिसाब नगर्ने हो भने बेजोससँग इतिहासका जीवित व्यक्तिहरूमध्ये सबभन्दा धेरै पैसा छ । तर मुद्रास्फीतिको हिसाब गर्दा पनि मूसासँग अरू कसैसँग नभएको अथाह सम्पत्ति थियो ।
मूसाको समयको सबभन्दा प्रसिद्ध कथा उनको मक्का यात्रासँग सम्बन्धित छ । सन् १३२४ को कुरा हो । यस यात्रामा मूसाले साढे ६ हजार किलोमिटर यात्रा गरे । मूसालाई हेर्न चाहने मानिसहरू उनको लावालश्कर देखेर तीनछक्क
परेका थिए ।
लावालश्करमा ६० हजार मानिस थिए र तिनमा १२ हजार त मूसाका नोकर मात्र थिए । मूसा चढेको घोडाअघि ५०० मानिसको टोली थियो । उनीहरूको हातमा सुनको छडी थियो । मूसाका ५०० सन्देशवाहकहरूले रेशमको उम्दा कपडा लगाएका थिए ।
यसबाहेक यस लश्करमा ८० वटा ऊँट पनि थिए । तिनमा १३६ किलो सुन लादिएको थियो । मूसा अत्यन्तै उदार थिए । उनले इजिप्टको राजधानी कायरोमा पुग्दा गरीबहरूलाई यति धेरै दान दिए कि त्यहाँ सबै कुरा महंगो हुन गयो ।
मूसाको यात्राका कारण उनको सम्पत्तिको कथा युरोपेली मानिसहरूको कानमा पुग्यो । उनीसँग साँच्चिकै यति धेरै सम्पत्ति छ त भनी हेर्नै मात्र पनि मानिसहरू आउन थाले ।
मूसाको सम्पत्ति पुष्टि भएपछि त्यतिखेरका महत्त्वपूर्ण नक्शा क्याटलन एटलसमा माली राज्य र त्यसको सम्राट्को नाम संलग्न गरियो । युरोपेलीहरूले थाहा पाएका सबै ठाउँको वर्णन एटलसमा गरिएको थियो ।
बीबीसीबाट
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...