×

NMB BANK
NIC ASIA

अमेरिकालाई सूचना चुहिने डर, चिनियाँ फोन हुआवेमाथि प्रतिबन्धको तयारी

माघ २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ माघ — सुरक्षासम्बन्धी चिन्ताका कारण चिनियाँ प्रविधि कम्पनी हुआवेमाथि प्रतिबन्ध लगाउने एक विधेयक अमेरिकाले प्रस्ताव गरेको छ । प्रस्तावअनुसार, चिनियाँ कम्पनीलाई अब अमेरिकामा कुनै पनि सरकारी ठेक्का दिइने छैन ।

सुरक्षाका कारण अमेरिकाको सरकारी कम्पनीले हुआवे र जेडटीईसँग काम गर्न पाउने छैनन् । 

एनग्याजेटको रिपोर्टअनुसार, बिल टाइटल एचआर ४७४७ मा डिफेन्डिङ युएस गभर्नमेन्ट कम्युनिकेसन एक्टअन्तर्गत अनेकौं जासूसी रिपोर्टहरूलाई उद्धृत गर्दै चिनियाँ दूरसञ्चार कम्पनीहरूले राज्यलाई प्रभावित गरेका छन् । 

सन् २०११ को प्रतिवेदनमा युनाइटेड स्टेट्स चाइना कमिसनले हुआवे र अन्य कम्पनीहरू चिनियाँ सरकारको प्रभावमा रहेको आरोप लगाएको थियो । सीआईए र एनएसएका माइकल हेडनले एक बयानमा यी टेलिकम कम्पनीहरू चिनियाँ सरकारको प्रभावमा रहेको र यिनीहरूले संवेदनशील जानकारी सरकारलाई बताउने गरेको आरोप लगाएका थिए । 

सन् २०१५ को एफबीआई रिपोर्टमा पनि यही चिन्ता दोहो–याइएको थियो । चिनियाँ सरकारले हुआवेमार्फत अमेरिकी व्यापारिक कम्पनीहरूमा सजिलै पहुँच बनाएको आरोप त्यसमा लगाइएको थियो । 

यसबाहेक सन् २०१७ मा जेडटीई कर्पोरेसनलाई अमेरिकी मूलका सामानहरूलाई इरानमा अवैध रूपमा जहाजमार्फत पु–याएको भनी दोषी पनि ठह–याइएको थियो । 

यसअघि सन् २०११ मा हुआवे र जेडटीई उपकरणहरूलाई प्रतिबन्धित गर्ने विषयमा हंगामा भएको थियो । यी दुवै कम्पनीले स्विच, रेडियो र एन्टिना संसारभरि सप्लाई गर्ने गरेका छन् । प्रतिवेदनमा बताइएअनुसार, दुवै कम्पनी चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशन मान्छन् । अमेरिकाको सुरक्षाका लागि यिनीहरूमाथि प्रतिबन्ध लगाउने विधेयक प्रस्ताव गरिएको हो । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x