×

NMB BANK
NIC ASIA

प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी, क-कसले पाउलान् जिम्मेवारी?

प्रदेशको अस्थायी राजधानी भने अन्योलमा

माघ २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २ माघ- सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी प्रदेश प्रमुखहरुको नियुक्ति गर्ने तयारी गरेको छ। मंगलबार प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी छ ।

Muktinath Bank

त्यसका लागि अपराह्न साढे ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको कृषि विकास मन्त्री रामकृष्ण यादवले लोकान्तरलाई जानकारी दिए । कानून मन्त्री यज्ञबहादुर थापाले पनि प्रदेश प्रमुख तोक्ने तयारी भएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्तिसँगै प्रदेशको राजधानी तोक्न सुझाव दिए पनि सरकारले राजधानीको ‘झमेला’मा नलाग्ने संकेत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पुस २४ गते भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले जनतालाई सुगम हुनेगरी प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई आग्रह गरेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

सरकारको सिफारिशमा राष्ट्रतिले प्रदेश प्रमुख नियुक्त गर्ने संविधानको धारा १ सय ६३ मा व्यवस्था गरिएको छ । प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष शपथ लिने छन् । अघिल्लो साता सर्वदलीय बैठकमा वामपन्थी गठबन्धनले प्रदेश प्रमूख नियुक्तिका लागि ‘मौन समर्थन’ जनाएको थियो ।

Vianet communication
Laxmi Bank

प्रदेश प्रमुख तोक्ने विषयमा प्रधानमन्त्री देउवाले नेकपा एमाले र माओवादी कोन्द्रका नेताहरुसंग औपचारिक/अनौपचारिक कुराकानी गरिरहेको देउवाका सहयोगीहरुले बताएका छन् ।

प्रदेशको अस्थायी राजधानी या मुकाम नतोकिए प्रदेश सभाका सांसदहरुको सपथ काठमाडौंमै हुनेछ । निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको समयमा सरकारले प्रदेश प्रमुख तोक्ने तयारी गरेको सरकारका अर्का एक मन्त्रीले बताए ।

आयोगले प्रदेश प्रमुख नियुक्त माघ ५ गते भन्दा ढिला गरे राष्ट्रिय सभाको चुनाव प्रभावित हुने चेतावनी दिएको थियो । निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र प्रदेश सभाको बैठक बस्नुपर्ने संविधानको व्यवस्था छ । 

प्रदेशको अस्थायी राजधानी तोक्दा कतिपय ठाउँमा जनआक्रोश बढ्ने भएकोले सरकारले त्यसको अपजस वामपन्थी सरकारको टाउकोमा हाल्न खोजेको छ । तर, एमालेले भने प्रदेश प्रमुखको नियुक्तिसँगै प्रदेशको अस्थायी राजधानी पनि तोक्न माग गरेको छ ।

सरकारले पहिलै अस्थायी राजधानी नतोकेमा प्रदेश सभाको पहिलो बैठकले प्रदेशको राजधानी तोक्ने छ । यसअघि सरकारले विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, दाङ, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको सूचना चुहिएपछि कतिपय ठाउँमा विरोध प्रदर्शन भएको थियो ।

प्रदेशको राजधानी माग गर्दै धनकुटा र डोटीमा आन्दोलन भए भने बुटवलमा कांग्रेसकै अगुवाईमा विरोध प्रदर्शन भएको थियो ।

प्रदेश प्रमुखमा जसको चर्चा छ

सरकारले समाजका ख्यातिप्राप्त व्यक्तिलाई प्रदेश प्रमुखको जिम्मेवारी दिने तयारी गरेको छ । भारतमा पनि समाजमा प्रतिष्ठित व्यक्तिलाई प्रान्त प्रमुख (गभर्नर) तोक्ने व्यवस्था छ ।

नेपाली कांग्रेस स्रोतका अनुसार प्रदेश प्रमुखका लागि पूर्वप्रधान सेनापति रुक्माङ्गत कटवालदेखि म्यागासेसे पुरस्कार विजेता महावीर पुनसम्मको चर्चा छ । सात प्रदेशमध्ये कम्तिमा दुईजना महिला नियुक्त गर्ने सरकारको तयारी छ।

माइती नेपालकी अध्यक्ष एवम् सिएनएन हिरो अनुराधा कोइरालाको नाम पनि प्रदेश प्रमुखको रुपमा चर्चा छ । पूर्वन्यायाधीश, नेपाल सरकारका पूर्वसचिव, त्रिभुवन र काठमाडौं विश्वविद्यालयका पूर्वकुलपतिसम्मको नाम चर्चामा रहेको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल तथा राम नगिना सिंहको नामसमेत चर्चामा छ । प्रदेश प्रमुखको नियुक्ति भएपछि प्रदेशसभाको अन्तिम नतिजा बुझाउन सजिलो हुने निर्वाचन आयोगले बताउँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x