×

NMB BANK
NIC ASIA

वामदेवको चेतावनी : सडकबाटै संसद बोलाएर देउवालाई फाल्छौँ

माघ २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर, २ माघ-नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न आनाकानी गरिरहे सडकबाटै संसद बैठक बोलाएर नयाँ सरकार गठन गर्ने चेतावनी दिएका छन्।

Sagarmatha Cement
Muktinath Bank

भक्तपुरमा मंगलबार समय संवाद साप्ताहिकको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले सो कुरा बताएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नेपालको संविधानले दिएको अधिकारलाई प्रयोग गरेर संसद बैठक हामी बोलाउँछौं, हामीले नै सञ्चालन गर्छौं, सरकारलाई बर्खास्त गर्छौं, सिंहदरबारमा जनताका प्रधानमन्त्रीलाई राखेर साशन गर्छौँ,' उनले भने, 'जनताको बीचमा जानेछौँ, लाखौँ करोडौं जनताको बीचबाट घोषणा गर्नेछौँ, अनि कांग्रेस सँधाका लागि समाप्त हुनेछ।'


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री देउवाले वाम एकतलाई भाँड्न सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेको आरोपसमेत उनले लगाए। 'निर्वाचन आयोगलाई कठपुतली बनाएर संविधानमा आफ्नो व्याख्या गरेर बसिरहनुभएको छ,' उपाध्यक्ष गौतमले भने, ' २/४ दिन अलि बढी टिकाउन सकिन्छ कि! अनि त्यो बीचमा षड्यन्त्र सफल हुन्छ कि ! भन्ने छ, कांग्रेसको इतिहास षड्यन्त्रबाहेक केही रहेनछ भन्ने यसले पनि पुष्टि गर्छ।'

Vianet communication
Laxmi Bank

सत्तामा टाँसिएर प्रधानमन्त्रीले आफ्नो शरीरको कपडा गुमाइरहेको भन्दै गौतमले एकदिन निर्वस्त्र हुने टिप्पणी गरे। 'डेढ महिना हुन लाग्यो, कति सक्नुहुन्छ लम्ब्याउनुस्। जति लम्ब्याउँदै हुनुहुन्छ त्यति कपडा उहाँको शरीरबाट बाहिर जाँदैछ। उहाँको शरीरमा कपडा नै बाँकी नरहेको निर्वस्त्र शेरबहादुर देउवा हुने दिन आउँछ,' गौतमले कटाक्ष गरे।

सो अवसरमा उनले निर्वाचनमा पराजित भएकोमा कुनै दु:ख नलागेको टिप्पणीसमेत गरे।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x