×

NMB BANK
NIC ASIA

त्रिविमा 'क्रेडिट ट्रान्सफर', विदेशमा बीचमै कलेज छाड्नेले समेत नेपालमा पढाइ निरन्तरता दिन सक्ने

माघ २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ माघ- त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ । त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालभित्र र नेपाल बाहिरका विश्वविद्यालयसँग यो व्यवस्था लागू गराएको हो । 

Muktinath Bank

विश्वविद्यालयका प्रा.डा. विनित अर्यालको संयोजकत्वमा गठित तीन सदस्यीय प्राविधिक समितिको सुझाव प्रतिवेदनअनुसार सो व्यवस्था कार्यान्वयन शुरु भएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । यो व्यवस्था उच्चशिक्षाको कुनै पनि विषयमा कम्तीमा ५० प्रतिशत कोर्स पूरा भएका र विद्यार्थी आदानप्रदान हुने विश्वविद्यालयको सम्बन्धित कोर्सका विषय ८० प्रतिशतसम्म मिलेको अवस्थामा लागू हुनेछ । त्रिविको विद्यमान नियमअनुसार कुनै पनि तहको अध्ययन भर्ना भएको बढीमा छ वर्षभित्र पूरा गर्नुपर्छ । ‘क्रेडिट ट्रान्सफर’ हुँदा पनि सोही अवधिभित्र हुनुपर्नेछ । काठमाडौं विश्वविद्यालयले यस्तो नीति यसअघि नै लागू गरिसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रजिष्ट्रार उप्रेतीले विदेशमा अध्ययन र काम गर्दै बसेका विद्यार्थीले स्वदेश फर्केर थप अध्ययन र रोजगारी गर्न चाहेमा यस नीतिबाट लाभ लिन सक्ने बताउनुभयो । कतिपय विदेशी विश्वविद्यालयमा पढाइ गाह्रो ठानेर पनि विद्यार्थी अध्ययन अधुरै छाड्ने गरेको सन्दर्भमा यो नीतिबाट लाभ लिन सक्नेछन्, तर हालसम्म यस्ता विद्यार्थी स्वदेश र विदेशमा कति छन् भन्ने स्पष्ट देखिएको छैन । 


Advertisment
Nabil box
Kumari

यो व्यवस्था सेमेस्टर प्रणाली लागू भएका विश्वविद्यालयमा कार्यान्वयन गर्न सहज हुनेछ । 'हामी आवेदकको आवश्यकता हेरी यसलाई क्रमशः लागू गर्नेछौँ । स्नातक तहमा त्रिविमा सेमेस्टर प्रणाली नहुँदा विद्यार्थीलाई ट्रान्फर गराउन त्यति सहज छैन, सोभन्दा माथिका विद्यार्थीका लागि सहजै लागू हुनेछ । 

Vianet communication
Laxmi Bank

त्रिचालिसौँ दीक्षान्त समारोह गरिसकेको मुलुककै जेठो र ठूलो विश्वविद्यालय त्रिविले हाल देश विदेशका १६० भन्दा बढी विश्वविद्यालय र अनुसन्धान केन्द्रसँग शैक्षिक, भौतिक, प्राज्ञिक र मानव संशाधनसम्बन्धी सहयोग आदानप्रदानको सम्झौता गरिसकेको छ । त्रिविअन्तर्गत ६० आङ्गिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पस छन् । हाल त्रिविमा ३०० भन्दा बढी विदेशी विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ता आबद्ध छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x