दयाहाङ अभिनित ‘नेप्टे’ को ‘सुपारी काँचो’ गीत रिलिज (भिडियो)

माघ २, २०७४

काठमाडौं, २ माघ-आर रोशफी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘नेप्टे’को लोकलयमा आधारित गीत सार्वजनिक भएको छ । रोहित रुम्बाको प्रस्तुतिमा निर्माण भएको सिनेमाले ‘सुपारी काँचो’ बोलको गीत रिलिज गरेको हो । फिल्म चैत ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।

गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, ओम सुनारको संगीत, भानुभक्त ढकालको शब्द छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई हरि लामाले खिचेका हुन् ।


ADVERTISEMENT

तारा थापाको सम्पादन रहेको सिनेमा निर्माता रुम्बा नै हुन् । देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । दयाहाङ राई, रोहित रुम्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रनिशा सिलवाल डेब्यु गर्दैछिन् । रोहितकै पटकथा तथा संवाद र संगीत किरण माइकलको छ । रोशन श्रेष्ठको एक्सन रहेको यो सिनेमाले सामाजिक कमेडी कथालाई उठान गरेको छ ।

हेर्नुस भिडियो:

माघ २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार