×

NMB BANK
NIC ASIA

नेपालमा कम्युनिस्टको सत्तारोहण, संसारलाई छैन मतलब

माघ २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ माघ — कम्युनिस्टहरू नेपालमा सत्तारोहण गर्दैछन् र कसैले पनि यसलाई वास्ता गरेको छैन । तीस वर्षअघि यसो भएको भए गम्भीर अन्तर्राष्ट्रिय संकटको स्थिति हुन्थ्यो होला । पचास वर्षअघि यसो भएको भए विदेशी सैन्य हस्तक्षेप हुन्थ्यो होला । अहिले कसैलाई मतलब छैन । नेपालबाहिर यसको खासै समाचार नै बनेन । 

महान् मार्क्सवादी परम्पराअनुसार, नेपालका कम्युनिस्टहरू विचारधारा र रणनीतिका साना विन्दुहरूका आधारमा पटकपटक टुक्रिएका छन् । तर हालै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन बनाएर आमनिर्वाचनमा विशाल विजय हासिल गरेका छन् । 

यसअघि विभिन्न कम्युनिस्ट नेताहरूले अस्थायी गठबन्धन सरकारहरूको नेतृत्व गरेका थिए । ती कुनै पनि एक वर्षभन्दा बढी टिकेनन् । लगभग १२ वर्षदेखि नेपाल संक्रमणकालमै छ तर वास्तवमा कम्युनिस्टहरू शक्तिमा छन् भन्न मिल्दैन । 

अब चाहिँ उनीहरू शक्तिमा छन् भन्न मिल्छ । एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा चुनाव लडेर लगभग दुईतिहाइ बहुमत ल्याए । यी दुई दलले ६ महिनाभित्र एकता गर्ने प्रतिज्ञा गरेका छन् र उनीहरूले सबै कुरा सही भएमा पाँच वर्ष शासन चलाउनेछन् । 

उनीहरू वास्तविक कम्युनिस्ट हुन् । माओवादीहरूले १० वर्षे क्रान्तिकारी छापामार युद्ध लडेका थिए जसमा १७ हजार मानिस मारिए । सन् २००६ मा युद्धविराम भयो अनि लोकतान्त्रिक संक्रमणकाल शुरु भयो । 

नेपाल सानो कुनाको असान्दर्भिक देश होइन । यहाँ अस्ट्रेलियाको भन्दा बढी जनसंख्या छ र यसले चीन र भारतबीचमा हिमालय सीमाको आधी भाग ओगटेको छ । विश्वका थिंकट्यांक र रणनीतिक अध्ययन संस्थानहरूका लागि यो महत्त्वपूर्ण रणनीतिक भूभाग हो । तर वाशिङटनले कम्युनिस्टहरू सत्तामा आएकोलाई वास्ता गरेको छैन अनि मस्कोलाई पनि मतलब छैन । 

नयाँ दिल्ली र बेइजिङले एसियाका सबभन्दा ठूला मुलुकका रूपमा पाल्ने प्रतिस्पर्धाको भावनाका कारण केही वास्ता गर्छन् । उनीहरू दुवै नेपालसँगको सम्बन्धलाई जिरो सम गेमका रूपमा लिन्छन् । भारतले परम्परागत रूपमा नेपालमा प्रभाव जमाउँदै आएको छ (सबै नेपालीहरू हिमालयको भारतीय साइडमा बस्छन्) र यो प्रभाव नेपाली कम्युनिस्टहरूले चीनका कम्युनिस्टलाई प्राथमिकता दिनाले जोखिममा परेको बताइन्छ ।

तर यसले साउथ ब्लक वा चाओयाङमा चिन्ता ल्याएको छैन । वास्तविकता के हो भने सन् २०१८ मा कम्युनिस्टहरू सरकारमा आउनुले संसारलाई केही फरक पार्दैन जसरी सन् १९७५ मा दक्षिण भियतनाममा कम्युनिस्टहरू सत्तामा आउँदा फरक परेको थिएन ।

कानूनी तथा लोकतान्त्रिक विधिले कम्युनिस्टहरू सत्तामा आउँदा कुनै तर्सिनुपर्ने कारण छैन । कम्युनिस्ट सरकारले नेपालीहरूको सेवा गर्छ कि गर्दैन हेर्न बाँकी छ तर नेपालका कम्युनिस्टहरू संसदीय लोकतन्त्रका नियमलाई सम्मान गर्नका लागि सार्वजनिक रूपमा प्रतिबद्ध छन् र बहुसंख्यक नेपालीहरूले उनीहरूलाई विश्वास गर्छन् । 

ब्यांगोर डेली न्युजमा प्रकाशित ग्विन डायरको लेखको भावानुवाद

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x