×

NMB BANK
NIC ASIA

'छ लेन' सडकमा ठेकेदारको लापरवाही, बिरुवा रोप्नुपर्ने ठाउँमा ढुङ्गाको थुप्रो

हरियाली बनाउन जुटे स्थानीय

माघ ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ३ माघ- बुटवल-बेलहिया 'छ लेन' सडकको हरियाली क्षेत्र (ग्रीन जोन) मा गम्भीर लापरवाही भएको पाइएको छ । ग्रीन जोनमा माटो मात्र भर्नुपर्नेमा ढुङ्गा र गिट्टीको मिस्कट पनि राखिएको पाइएको हो । स्थानीय बासिन्दाहरु ग्रीन जोनलाई हरियाली प्रवर्द्धन गर्न कस्सिँदा लापरवाहीको रहस्य बाहिर आएको हो । 

Muktinath Bank

ग्रीन जोनमा माटोसँगै ढुङ्गा, गिट्टी मिस्कट भरिएको पाइएपछि स्थानीय बासिन्दा बुटवल–बेलहिया व्यापारिक सडक विस्तार आयोजनाप्रति रुष्ट बनेका छन् । ‘माटो भर्नुपर्नेमा ढुङ्गा, गिट्टी मिस्कट भरिएपछि कहाँबाट बिरुवा हुर्किऊन् ?’ बुटवल–११, कालिकानगरकी शकुन्तला पुनले प्रश्न गरिन्, ‘ग्रीन जोनमा ढुङ्गा, गिट्टी भर्दा सडक आयोजनाले के हेरेर बसेको थियो ? यसको अनुगमन किन भएन ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिबेला बुटवल उप–महानगर र तिलोत्तमा नगरपालिकाका छ लेन आसपासका बासिन्दाहरु सडकको ग्रीन जोनलाई आकर्षक बनाउने अभियानमा लागेका छन् । स्थानीयको मेहनतका कारण कतिपय स्थानमा सडक निकै आकर्षक देखिएको छ । मणिग्रामबाट शुरु भएको सडक गार्डेनिङ अभियान अहिले त्यसमाथिको क्षेत्रमासमेत तीव्रताका साथ अघि बढिरहेको छ ।


Advertisment
Nabil box
Kumari

सडक दायाँबायाँको ग्रीन जोनमा माटो राख्नुपर्ने सम्झौता भए पनि ठेकेदार कम्पनीले ढुङ्गा र मिस्कट भरेर मापदण्डविपरीत काम गरेको हो । माटो भर्नुपर्ने ठाउँमा नदीजन्य पैदावारसमेत राखिँदा ग्रीन जोनमा सडक आयोजनाले लगाएका बिरूवाहरू हुर्कन सकेका छैनन् ।

Vianet communication
Laxmi Bank

तुलनात्मक रुपमा बुटवलको पश्चिम क्षेत्रको ग्रीन जोनमा बढी लापरवाही भएको पाइएको छ । ‘जसरी पनि भर्ने भन्ने मानसिकता ठेकेदारमा रहेको पाइयो । अरुतिर काम नलाग्ने मस्कट ग्रीन जोनमा हालिएको पाइयो,’ तिलोत्तमा–१ का सन्दीप कार्कीले भने । ठेकेदार कम्पनीले बुटवलको छ लेन सडक आयोजनालाई हस्तान्तरण गरिसकेको छ ।

आयोजनाको लापरवाहीले ग्रीन जोन उजाड बनिरहँदा स्थानीय हरियाली प्रवर्द्धन अभियानमा कस्सिएका हुन् ।

ग्रीन जोनमा शून्यदेखि ७० एमएम साइजको माटो राख्नुपर्ने सम्झौतामा उल्लेख छ । ग्रीन जोनको लेवलभन्दा माथि ३ फिट उठ्नेगरी मिस्कट भरिएको छ । राजमार्ग चौराहादेखि जानकीनगरसम्म (तीन किलोमिटर) सडक लुम्बिनी कन्टेक आशिष जेभी कन्ट्रक्सन प्रा.लि. काठमाडौंले ठेक्का लिएको थियो । उक्त ठेकेदार कम्पनीका तत्कालीन कन्ट्रयाक म्यानेजर विजय भट्टराईले आफूहरूले काम सकेर परियोजनालाई बुझाई सकेकोले ग्रीन जोनको विषयमा अब कुरा उठाउन आवश्यक नभएको भन्दै तर्किए ।

‘ढुङ्गा हालेर भर्दा हाम्रो लागत बढेको छ,’ भट्टराईले भने, ‘कहाँ जाने माटो खोज्न ? जे पाइयो त्यही हालेर भरियो । माटोभन्दा ढुङ्गा महंगो पर्छ । नोक्सान हाम्रै भयो । अब यस्तो सामान्य विषयलाई उठाउन आवश्यक छैन ।’ जानकीनगरदेखि मणिग्रामसम्म शर्मा लामा कान्छाराम जेभी कन्ट्रक्सनले निर्माण गरेको थियो ।

तीन किलोमिटर सडक ३ वर्ष अगाडि नै निर्माण सम्पन्न भएको हो । बुटवल–बेलहिया सडक विस्तार परियोजनाका इञ्जिनियर गोविन्द श्रेष्ठले ठेकेदार कम्पनीले ‘स्वाइल फिलिङ’ (माटो भर्नुपर्ने) क्षेत्रमा ढुङ्गा भरेर परियोजनाकै आँखा छलेको बताए । उनले भने, ‘वरिपरि माटो नभेटिएको नाममा जे पायो त्यहीँ मेटरियल राखेर पुर्ने काम गरेको पाइयो । ढिलो गरी जानकारी भयो । अब कारबाही गर्न सक्ने अवस्था पनि रहेन ।’

ग्रीन जोन र डिभाइडरमा बुटवलमा क्रियाशिल विभिन्न संघ-संस्था र क्लबहरूले बिरुवा लगाए पनि हुर्कन सकेका छैनन् । परियोजनाका तत्कालीन इञ्जिनियर लिलाबहादुर भण्डारी ग्रीन जोनका सन्दर्भमा ध्यान पुर्‍याउन नसक्दा कमजोरी भएको स्वीकार्छन् । ‘यो सडक बनाउने संक्रमणकाल हुँदा धेरै समस्या भयो,’ भण्डारीले भने, ‘शुरू–शुरूमा घरहरू भत्काउन पनि समस्या खड्कियो । भत्काएपछि समयमै काम हुन सकेन । त्यसपछि काम भयो । तर, ग्रीन जोनमा माटो भर्नुपर्ने कुरामा कसैको पनि ख्याल गएन । सडकतिरै सबैको ध्यान केन्द्रित भयो । अहिले समस्या सुन्नमा आइरहेको छ ।’

ग्रीन जोनमा अहिले सडक आसपासका ढुङ्गागिट्टी फालेर माटो र गोबर मल राखी ग्रीन बेल्ट बनाउने अभियानमै जुटेका छन् । अहिले स्थानीय तहले समुदायमा आधारित सरसफाई र हरियाली प्रवर्द्धन अभियान सञ्चालन गरेका छन् । बुटवल कालिकाचोककी पुनले ठेकेदारले ढुङ्गाले ग्रीन जोनलाई भर्दा आफूहरूलाई हरियाली प्रवर्द्धनमा समस्या भइरहेको बताइन् ।

‘ढुङ्गालाई निकालेर भए पनि हामीले फूल लगाउन थालेका छौँ । ग्रीन जोनलाई आकर्षक बनाएरै छाड्छौँ । तर, अब बन्ने सडकमा यस्तो लापरवाही नहोस्,’ उनले भनिन्। बुटवल–११, कालिकाचोकदेखि आवासपथसम्म उनीलगायतका स्थानीय बासिन्दाहरु अहिले ग्रीनरी अभियानमा जुटेका छन् । 

फोटो : सडक हरियाली अभियानका क्रममा बुटवल–११, कालिकाचोकदेखि आवासपथ चोकसम्मको ग्रीन जोनबाट निकालिएका ढुङ्गाहरु । स्थानीय बासिन्दाले ढुङ्गा निकालेर त्यहाँ गोबर मल बिच्छाएका छन् । 


माटो मात्रै भर्न नगरपालिकाको ध्यानाकर्षण

तिलोत्तमा नगरपालिकाले बुटवल–भैरहवा छ लेन सडकको ग्रीन जोन र डिभाइडरमा माटो मात्र भर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । निर्माणको क्रममा रहेको छ लेन सडकको ग्रीन जोन र डिभाइडरमा माटो मात्र भर्न नगरपालिकाले बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाको ध्यानाकर्षण गराएको हो ।

निर्माण सम्पन्न भएको सडकको ग्रीन जोनमा नदीजन्य पदार्थसमेत पाइएपछि आयोजनाको ध्यानाकर्षण गराइएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । नगरपालिकाले गत पुस १७ गते आयोजनालाई पठाइएको पत्रको बोधार्थ ठेकेदार कम्पनी कालिका रायमाझी जेभी र टी.सी.आई. एल.लाई दिइएको छ ।

पत्रमा ‘ग्रीनबेल्टमा खोलाको नदीजन्य पदार्थ प्रयोग गर्दा बोटबिरुवा हुर्कन नसकेकाले अब उप्रान्त उक्त क्षेत्रमा मल तथा माटो मात्रै फिलिङ गरी बोटबिरुवा हुर्काउन साथै हरियाली प्रवर्द्धनमा सहयोग गर्न’ अनुरोध गरिएको छ । तिलोत्तमा नगरपालिकाको मणिग्रामसम्म सिक्सलेन सडक निर्माण सकिएको छ भने बाँकी निर्माणको क्रममा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x