×

NMB BANK
NIC ASIA

नारायणगढ–मुग्लिन सडक : प्रभावकारी भएन रातिमा काम

माघ ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन, ३ माघ- नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको सममयमा यातायात रोकेर गरिएको काम प्रभावकारी हुन सकेको छैन । 

काम प्रभावकारी नभएपछि गत वर्ष झै दिउँसोमा सवारी रोकेर सडक विस्तारको काम गर्ने गृहकार्य थालिएको छ । पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ । बीचमा पुस २९ गतेबाट माघ २ गतेसम्म माघे सङ्क्रान्ति पर्वका कारण बाटो नरोकिए पनि आजबाट पुनः बाटो रोकेर काम गरिँदै छ । 

रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडक खण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ । जसका कारण दिनको काम पनि प्रभावित भएको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार गएको १२ दिनमा एक दशमलव पाँच प्रतिशत मात्रै प्रगति भएको छ । जबकी यो समयमा चार प्रतिशत कामको प्रगति गर्ने लक्ष्य राखिएको थियो । 

रातिमा ट्राफिक व्यवस्थापन गर्न झनै गाह्रो भएका कारण कामले गति लिन नसकेको हो, उहाँले भन्नुभयो “राति १० बजे अगाडि मुग्लिनबाट छुटेका सवारी रामनगर आइपुग्दा राति १÷२ बज्छ, रामनगरबाट छुटेका सवारी मुग्लिन पुग्न राति १÷२ बज्छ, कतिखेर काम गर्ने ?” रातिको समयमा सामान्य सवारी बिग्रँदा पनि घण्टौँ जाम पर्ने र ट्राफिक व्यवस्थापन गर्न नसकिँदा भित्तो काट्ने काम गर्न नसकिएको इञ्जिनियर खनालको भनाइ छ । उहाँले भन्नुभयो “रातिमा सामान्य जाम पर्दा पनि साना सवारीले ओभरटेक गरेर दुई लाइन सवारी भई दिँदा घण्टौँ सवारी जाम पर्ने समस्या देखिएको छ ।” 

रातको समयमा भन्दा कामलाई तीव्रता दिन दिउँसो नै सवारी आवागमन बन्द गरेर काम गर्नुपर्ने खनालले बताउनुभयो । उहाँले भन्नुभयो “यसअघिको जस्तै दिउँसो सवारी रोकेर कामलाई तीव्रता दिनुपर्छ भन्ने सोचमा आयोजना पुगेको छ ।” आयोजना प्रमुख चन्द्रनारायण यादवले केही दिनमा सरोकारवाला निकायबीच छलफल गरेर यस विषयमा निर्णय गरिने बतानुभयो । दिउँसोमा यातायात आवागमन रोकेर भित्तो काट्ने र कालोपत्रे गर्ने काम एकै पटक गर्न सकिने उहाँको भनाइ छ । 

पुस १८ गतेदेखि रातको समयमा यातायात रोकेर भित्तो काट्ने काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्रेको काम गर्ने निर्णय गरिएको थियो । रातिमा सवारी जाम पर्दा दिउँसोमा पनि त्यसको असर हुँदा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको यादवले बताउनुभयो । रातिमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने तर दिउँसोको समयमा ट्राफिक व्यवस्थापन गर्न सहज हुने उहाँको भनाइ छ । 

रातिको समयमा अत्यधिक चिसोका कारणले पनि काममा कठिनाइ भएको यादवले बताउनुभयो । “अन्य मौसम भएको भए केही सजिलो हुने भए पनि अहिले काम गर्न कठिन भएको छ ।” यादवले भन्नुभयो । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जाडो मौसम, बढ्दो सवारी चापलगायतका कारण कामको प्रगति नभएको भन्दै आयोजना र ठेकेदार कम्पनीले गत वर्षझैँ दिउँसो सवारी रोकेर काम गर्न दबाब दिइरहेको बताउनुभयो । उहाँले एक दुई दिनमा पुनः छलफल गरी कामलाई तीव्रता दिन आवश्यक कदम चालिने बताउनुभयो । रातमा सवारी रोकेर काम प्रभावकारी नभएमा दिउँसोमा रोकेर भए पनि काम गर्नुपर्ने उहाँको भनाइ छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त दिउँसोका सवारी दिउँसो नै कटाउन नसकिँदा रातिमा काम गर्ने वातावरण नबनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले काठमाडौँबाट आउने रात्रिबस १० बजेभित्र कटिसक्ने र काठमाडौँ जान आउने सवारी बिहानीपख मात्रै आउने अनुमानका आधारमा राति काम गर्न सहज होला भन्ने अनुमान गरेका थियौँ ।” तर अनुमान गरेजस्तो सहज हुन नसकेको प्रहरी निरीक्षक पन्तले बताउनुभयो । 

उहाँले भन्नुभयो “गाडी बिग्रने, सडकमा सवारी राखेर चालक सुत्ने, ओभरटेक गर्ने, पुलमा एकतर्फी हुने हुँदा सवारी सहज हुन सकेन ।” दिउँसो सवारी सहज नहुँदा त्यसको असर रातभर पर्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “अहिले पनि उक्त सडकखण्ड पार गर्न पाँच÷छ घण्टा समय लाग्ने गरेको छ ।” 

रातिको समय भन्दा दिउँसोको समयमा यातायात रोकेर काम गर्न सहज हुने देखिएको छ । दिउँसो काम भएमा राति यातायात सहज हुने गरी सडक सफा गर्नुपर्ने पन्तले बताउनुभयो । उहाँका अनुसार सो सडकखण्ड हुँदै दैनिक आठदेखि १० हजार सवारी आवागमन गर्छन् । 

सवारी रोकेर सो सडकको घुमाउने, १६ किलो र चेपाङ डाडामा भित्तो काट्ने काम भइरहेको छ । घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी छ । हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x